Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

ओखलढुंगाको लिखु गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम अनियमितता

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना भएको छ । गाउँपालिकाको वडा नं. २ सिंहदेवीमा भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना भएको हो । 

वडा नं. २ मा रोजगारको लागि ३७–४१ जना सुचिकृत भएको भए पनि कार्यक्रमका लागि ९ जना बेरोजागार युवाहरुले रोजगार पाएको थिए । रोजगारका लागि गाउँपालिकाले अशोक महत, दुर्गा कुमारी बुढाथोकी, मेनुका भण्डारी, कमला नेपाली, मुनासेवा नेपाली, युवमाया दर्जी, खड्ग बहादुर दमाई, तोरण बहादुर्विक र बुना नेवालीलाई सय दिनको रोजगारी दिएको र उनीहरुको नाममा गाउँपालिकाले  ५ लाख ८० हजार ९३२ रकम निकासा गरेको लिखु गाउँपालिका रोजगार संयोजक सन्तोष खड्काले जानकारी दिए । 

सो वडामा ९ जनाले सयदिन रोजगार पाउनु पर्ने कानुनी प्रवधान भए पनि वडाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो सोलिङ गर्न ३० जनालाई तीन ग्रुप बनाएर परिचालन गरेको थियो । तीन ग्रुपमा रहेका टोलीले आफ्नो तोकेको काम  ८ दिन देखी १५ दिन लगाएर सकेका थिए । काम जति दिनमा सकेको भए पनि वडा अध्यक्ष रामकुमार बुढाथोकी र कर्मचारीको मिलेमतोमा सबैलाई बराबरी हिसाव लगाई रकम बितरण गरिएको रोजगार कार्यक्रममा सहभागी दुर्गा कुमारी बुढाथोकीले बताईन् । तोकेको काम आफ्नो समुहले  १५ दिनमा सकेको र  अर्को समूहकाले ८ दिनमा सकेको भएपनि पैसा सबैलाई १२ हजार ९ सयका दरले पैसा दिइएको उनको गुनासो छ ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न भएका अर्का युवा तोरण बहादुर वि.क. ले पनि आफूहरुको समूहले पनि प्रतिव्यक्ति १२ हजार ९ सय नै पाएको बताए । आफूहरुको समूहले तोकेको वाटो सोलिङको काम ९ दिनमा नै सकेको पनि बताए । आफूहरुले काम सकेपछि उपभोक्ता समितिका अध्यक्ष अशोक महतले चेकमा सहि गर्न भनेर चेक घरमा ल्याईदिएकोले सहि गरेर अध्यक्ष महतलाई नै दिएको उनले बताए । अध्यक्ष महतले खातामा पैसा आएको छ रे । तिमीहरु पालिका गएर आउदा जादा धेरै खर्च पनि हुन्छ । सबैजनाको म आफै गएर ल्याईदिन्छु भनेपछि आफु जाँदा खर्च पनि बढ्ने भएका कारण  चेकमा सहि गरिदिएको बताए  । उनले पैसा ल्याएर वडा अध्यक्ष पनि राखेर सबैलाई १२ हजार ९ सयका दरले पैसा दिएको तर खातामा कति पैसा आको थियो भन्ने आफुलाई थाहा नभएको उनको भनाइ छ ।

पैसाको अनियमितता भएको भनेर गुनासो आएपछि उपभोक्ता समितिका अध्यक्ष महतलाई काम लगाएर किन थोरै पैसा दिएको भन्दा आफुले ७ जनाको चेक लगेर पैसा ल्याएको बताए । ७ जनाको पैसा ल्याएर ६ जनाको पैसा एकै ठाउँमा राखेर सबैलाई जनही १२ हजार ९ सयका दरले वडा अध्यक्षलाई पनि राखेर बाँडीदिएको उनको भनाइ छ । उपभोक्ता समितिका अध्यक्ष महतले हाम्रो वडामा काम गरेका ७ जनाको पैसा पालिका गएर बैंक मार्फत आफुले ल्याएको र ६ जनाको सबैलाई बाडिदिएको बताए । उनले पैसा सबैलाई दिँदा वडा अध्यक्ष सहित सबैलाई राखेर दिएको बताए । 

एकजनाबापतकाे रकम वडामा खर्च

एकजनाको पैसा ६४ हजार ५ सय चाहिँ वडाको काममा खर्च भएकोले  त्यहाँ खर्च गर्नुपर्छ मलाई दिनुस भनेर वडाअध्यक्षले आफुसँग भनेका कारण एकजनाको रकम वडाअध्यक्षलाई दिएको महतको भनाइ छ ।

वडामा के काममा र केका लागि त्यो रकम खर्चिउको भन्ने विषयमा आफुलाई केही थाहा नभएको उनको भनाइ छ । बाटो सोलिङको काम गर्नका लागि ९ जनाको पैसा आएको भन्ने पनि गाउँपालिका केन्द्रमा पुगेर आफुले थाहा पाउको उनको भनाइ छ । 

बचाउमा बुढाथाेकी

यता वडाअध्यक्ष राम कुमार बुढाथाेकी भने सडकमा खर्च भएकाे रकम तीन समुहका ३० जनालाई तीन लाख सतासी हजार बितरण गरीएकाे र अद्दय रकम अरु कामकाे लागि खर्च गरीएकाे बताउँछन् ।  उनले वडामा बिद्युत तथा अन्य काम पनि भएका कारण साे रकम खर्चीएकाे बताए ।

पैसा अनियमितता भएको भन्ने आरोप लागेपनि वडा अध्यक्ष  बुढाथोकीले भने अस्विकार गरे । पैसा ९ जनाको आएको र सबै पैसा कामदारलाई बाडिदिएको बुढाथोकीको तर्क छ । उनले बाटोमा काम लगाइएकाहरुलाई ६ जनाको पैसा वितरण गरीएको र तीन जनाको पैसा अन्य कामका लागि खर्च भएको र अरुलाई वितरण गरएिको बताए । 

गाउँपालिकाको भवन अगाडी अघिल्लो कार्यकालमा ढलान गर्दा पैसा खर्च भएको र त्यसको खर्च प्रत्येक वर्ष फरकफरक वडाले तिर्ने पालिकामा छलफल भएअनुसार एकजनाको पैसा भने पालिकामा नै खर्च गरेको उनकोक भनाइ छ । । त्यसका लागि आवश्यक प्रक्रिया मिलाएको समेत वडा अध्यक्ष बुढाथोकीले बताए ।

उनले वडामा गरीएको स्टीमेट अनुसार काम सकाईएको र अनियमितता भने नभएको बताए । उनले केही मान्छेहरुले वडाबाट पाउने सुविधामा आफु नपरेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर आफ्नो बेइज्जती गरेको समेत आरोप लगाए । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा अनियमितताको बारेमा गाउँपालिकाको योजनाहरुको अनुमगन संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले आफूले पनि अनौपचारिक रुपमा गुनासो सुनेको बताइन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा योजना निर्माण, कार्यान्वयन तथा अनुगमनको पाटो त्यसैको शाखाले हेर्ने भएकोले आफु याे विषयमा बुझेर अगाडी बढ्ने उनकाे भनाइ छ । 

थप एक लाख भुक्तानी

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक सन्तोष खड्काले भने स्टीमेट अनुसार काम सम्पन्न भएपछि ९ जनाको सय दिनको दरले प्रतिव्यक्ति ६४ हजार ५ सय ४८ र ढुंगा ढुवानी र सामाग्री खरिद भनेर थप १ लाख भुक्तानी गरेको बताए । 

वडा अध्यक्ष बुढाथोकीले पालिकामा छलफल पश्चात एकजनाको पैसा पालिकामा खर्च गरेको बताएपनि त्यसको बारेमा आफुहरुलाई केही थाहा नभएको बताए । यदी पालिकामा कार्यपालिका बैठकमा छलफल भएर खर्च भएको रहेछ भने पनि प्रकृया गलत भएको  खड्काकाे भनाइ छ  ।

सँधै विबादमा बुढाथाेकी

गाउँपालिकाकाे वडा न‌ं २ का वडाअध्यक्ष प्रायः रकम हिनामिनाका विषयमा सँधै बिवादमा आउने एक पत्रका रुपमा रहेका छन् ।  तत्कालीन गाविस रहँदा पनि उनी विभिन्न गाविसका प्राविधिक रहेका थिए । त्यस बखत पनि अनेक बाहनामा याेजनाकाे पैसा असुलेकाे उनीमाथी बारम्बार आराेप लागी रहने गरेकेा थियाे । 

बुढाथोकी संघियता लागू भएपछि चम्पादेवी गाउँपालिकाका प्राविधिक पदमा काम गरेका थिए । प्राविधिक पदमा रहँदा त्यहाँ पनि उनीलाई बेलाबेलामा अनियमितता गरेको आरोप लाग्ने गरेकाे थियाे । 

हरेक समय सरकारी लाभ लिईरहेका उनी विभिन्न राजनीतिक दल नजिक रहेर काम गरेका थिए । हर्क पटक आफ्नाे सहजताका लागि कुनै न कुनै दल सँग नजिक रही रहने उनी  बुढाथोकी २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा  लिखु गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

याे पनि पढाैं 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: