काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिकामा असार लागे सँगै असार १५ देखी लाखौंका योजनाहरु पास भएका छन् । असार लागे सँगै गाउँपालिकाकामा लाखौंका योजनाहरु १५ असार देखी २५ असारमा पास भएका हुन् ।
महिनौ अगाडी वडाका योजनाहरुको काम सकिए लगतै गाउँपालिकामा अन्तिम निकासाका लागि जाँदा अनुगमन नगरी निकासा रोकीएको थियो । तर, असार मसान्तमा गाउँपालिकामा दर्जनौ योजनाहरु नत अनुगमन भयो नत उपभोक्ता समितीका सदस्य नै गाउँपालिकामा जान पर्यो ।
वडा अध्यक्ष र समाजका केही अगुवाहरुको नेतृत्वमा गाउँपालिकामा दर्जनौ योजनाहरु काम नै नभइ पास भएका छन् । तत्कालीन जिल्ला विकास समितिको झल्को आउने गरी यो असारमा गाउँपालिकामा वडामा रहेका टाठाबाठाहरुले लाखौं रकम निकासा गरेका स्थानीयको भनाइ छ ।
अधिकाँश योजनाहरु काम नै नभइ कर्मचारी र वडा अध्यक्षहरुको मिलेमतोमा पास भएका सर्वसाधरण बताउँछन् । केही वडामा त कतिपय योजनाको नामै नसुनीएको तर गाउँपालिकाबाट रकम निकासा भएको स्थानीयको आरोप छ ।
गाउँपालिकाको वडा नं. ८ मा कुण्डलेश्वर महादेव मन्दिर जाने बाटोमा बनाइएको प्रतिक्षलयको कार्य सम्पन्न गरी गत पौषमा उपभोक्ता समिति अन्तिम निकासाका लागि गाउँपालिका जाँदा आफुले अनुगमन नगरी निकासा गर्न रोक्ने गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले असारको १५ पछि दर्जनौ योजनाहरुमा अनुगमन गर्न नपर्ने भन्दै अनुगमन नगरी योजना पासका लागि सिफरिस गरीएको गाउँपालिकाकै जननिर्वाचित जनप्रतिनिधिहरु बताउँछन् । कतिपयले त थापा सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा सक्रिय रहने तर जनताको काममा ध्यान नदिने समेत आरोप लगाउन थालेका छन् ।
असार लागे सँगै गाउँपालिका केन्द्रमा केही वडा अध्यक्षहरुले त योजनाको कामै नभएको उपभोक्ता समितीका सदस्यहरुको किर्ते हस्ताक्षर गरेर रकम निकासा गरेको बताइएको छ । कतिपय वडा अध्यक्षहरुले कर्मचारी सँगको मिलेमतोमा लाखौंको योजनाहरु पास भएको लिखुका जनप्रतिनिधिहरु नै बताउँछन् ।
गाउँपालिकामा कतिपय योजनाहरु त कामै नभइ असार मसान्तको नाममा रकम निकासा भएको र उक्त रकम कागजी प्रकृया मलिाएर जनप्रतिधि र कर्मचारीले खाने गरेको आफु प्रष्ट भएको एक निर्वाचित वडासदस्यले बताए ।
असारको पहिलो हप्ता देखी प्राय वडा अध्यक्षहरु गाउँपाकिा केन्द्रमै देखीएका र केही वडाहरुमा योजना संझौता भएका योजना बाहेकका नयाँ योजना समेत बनेर केही रकम गएको गुनासो आएको गाउँपालिका अध्यक्ष अशोक कार्कीले बताए । यसरी कामै नगरी रकम निकासा गरेकेा पाएकाे खण्डमा कर्मचारी र जनप्रतिनिधि दुबैलाई कारबाही गरीने उनकाे भनाइ छ । उनले असारको पहिलो हप्तादेखी अन्तिम समय सम्म आफैलाई पनि गाउँपालिका केन्द्रले तत्कालिन जिल्ला विकास समितिको झल्को दिएको भने स्वीकार गरे ।
कागजी प्रकृया पुगेका योजनाहरुलाई आफुले रोक्न नमिल्ने भएका कारण पनि कतिपय योजनाहरुलाई बिना अनुगमन पास गरीएको कर्मचारीहरु बताउँछन् । कतिपय योजनाहरु काम सम्पन्न भएको कागजहरु आइ सके पछि त रोक्नै नमिल्ने र अनुगमनको पाटो आफ्नो नभएको नाम नबताउने सर्तमा गाउँपालिकाका एक कर्मचारीले बताए ।
गाउँपालिकामा कामै नभई र उपभोक्ता समिति गाउँपालिका केन्द्रमै बसेर बनाई एक दर्जन बढी योजनाहरु पास भउको र रकम निकासा भएको बताइएको छ ।
गाउँपालिका केन्द्र यसमको एउटा कोठामा बसेर उपभोक्ता समिति बनाउँदै किर्ते हस्ताक्षर गर्दै योजना सम्झौता गरेर लाखौं रकम हिनामिना गर्नेलाई कारबाही कसले गर्ने ? अहिले सबैले यो प्रश्न गरी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: