Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

नयाँ बन्दै छ नयाँ बानेश्वर

खबरडबली संवाददाता

काठमाडौं । व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु भएको छ । 

दायाँ मोडमा विश्राम क्षेत्र अर्थात् ‘राइट टर्निङ होल्डिङ जोन’ नाम दिइएको सुधारको काम जापानी सहयोग नियोग जाइकाको सहयोगमा हुन थालेको हो । 

माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक सुशीलबाबु ढकालले अध्ययन प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका अति व्यस्त चोकमध्ये एक नयाँ बानेश्वरको ट्राफिक व्यवस्थापन तथा सो क्षेत्रमा हुने सवारी जाम घटाउन निर्माण सुरु गरिएको जानकारी दिए । नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा यस जोनको निर्माण भइरहेको छ ।

“निर्माण सुरु भइसकेको छ । त्यसै अन्तर्गत सो क्षेत्रमा माइतीघर–तीनकुने सडकखण्डको बिच (मेडियन) मा लगाइएका रुखबिरुवा उखेल्ने र तार पोल हटाउने काम भइरहेको छ,” उनले भने,  “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब साठी लाख रुपियाँ अनुदान सहयोगमा निर्माण भइरहेको छ । अब बढीमा डेढ महिनाभित्र निर्माण सम्पन्न हुन्छ ।’’

महानिर्देशक ढकालका अनुसार अहिले सडक बिचमा रहेको ‘मेडियन’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिने छ, जुन लेनबाट माइतीघरतिरबाट आउने सवारीसाधन शङ्खमूलतर्फ जाँदा अरू लेनका सवारीसाधन रोक्नु पर्दैन ।

त्यसै गरी तीनकुनेतिरबाट आउने सवारीसाधन पुरानो बानेश्वरतर्फ जाँदा अन्य लेनलाई असर गर्दैन । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुनुका साथै सो क्षेत्रमा सवारी जाम हुने छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending