Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू

खबरडबली संवाददाता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् ।

राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे । 

उनले विद्यालयमा अध्ययनरत १५ वर्षमुनिका बालबालिकाका लागि खेलसम्बन्धी शिक्षा दिँदै सोही क्षेत्रबाट खेलकुदको विकास तथा विस्तारको थालनी गर्ने बताए । मन्त्री लिम्बूले देशका लागि पसिना बगाउने खेलाडीमा बीमाको समस्या रहेको भन्दै खेलाडीको जीवन बीमाको विषयमा छुट्टै नीति बनाउने गृहकार्य भइरहेको बताए । 

उनले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकाले आगामी दिनमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा छुट्टै एकाई निर्माण गर्ने तयारी गरेको जानकारी दिए ।

्उनले बच्चादेखि सिनियर नागरिकसम्मको चासो रहेको क्रिकेटको विकासका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मूलपानी, विराटनगर र नारायणी रङ्गशाला पर्साको भौतिक पूर्वाधारका निर्माणमा पूर्णता कायम गर्न आवश्यक रहेको भन्दै यसो गर्न सके नेपालमा १२ महिना नै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने

काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...

रास्वपाको महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् नि:शुल्क

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending