Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सिकाइमा बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने अध्ययनको निष्कर्ष

खबरडबली संवाददाता

काठमाडौँ । बालबालिको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ ।

‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक माध्यमको सिकाइबारे कुनै एकरुप नीति नभएकाले कक्षाकोठा, कार्यस्थल र समाजमासमेत यसबारे स्पष्ट बुझाइ हुनुपर्ने सुझाव दिइएको हो ।

“नेपालमा सबै प्रकारका विद्यालयमा बहुभाषिकताका आधारमा सिकाइ हुनुपर्छ । यो सिकाइमा अवरोध या समस्या नभई सकारात्मक सोच हुनेछ,” अध्ययनको निचोडमा भनिएको छ, “सिकाइस्तरको मूल्याङ्कन पनि एकै भाषाका आधारमा नभई बहुभाषिकताका आधारमै हुनुपर्छ ।” संविधानत: सबै मातृभाषा राष्ट्रभाषा भनिए पनि व्यवहारत: सबै भाषाको समान मान्यता नरहेको अवस्थामा अध्ययन प्रतिवेदनले सबै भाषाको सवलीकरणका लागि सरकारको प्रतिबद्धता समानरुपमा व्यक्त हुन सकेमा न्याय र समानता मिल्ने उल्लेख गरेको छ । 

डा प्रेमप्रसाद पौड्याल र डा ट्रयासी कोष्टीले नेतृत्व गरेको सो अध्ययनले बहुभाषाका माध्यममा पढाइनुलाई समस्या वा चुनौती नठान्न भनिएको छ । बालबालिकालाई उनीहरुको बोलिचालीको भाषामा पढाएमा कक्षा कोठामा सहजता हुनाका साथै धेरै अन्तक्र्रिया भई सिकाइमा अभ्यस्त हुने र सिकाइको आधारस्तम्भ बलियो हुने अध्ययनको सार रहेको छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्राप्त सुझावलाई थप अध्ययन गरी शिक्षामा विद्यमान गुणस्तर सुधार्ने लक्ष्यका साथ नीतिगत परिवर्तन गरिने बताइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बहुभाषिक सिकाइ नीतिलाई चरणबद्ध कार्यान्वयनमा लान सकिने जानकारी दिए । बहुभाषी नेपालमा एक सय २४ मातृभाषा छन् भने करिब ४५ प्रतिशतले खस नेपाली भाषी छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...

भैंसी चोरीको आरोपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...

बाजुरामा दाँते ओखर खेतीप्रति किसानको आकर्षण बढ्दै

बाजुरा। बाजुराको पूर्वी क्षेत्रमा पछिल्लो समय किसानहरू दाँते ओखर खेतीप्रति आकर्षित बन्दै गएका छन्। कृषि क्षेत्रमा काम गर्दै आएका विभिन्न सरकारी तथा गै...

ट्राफिक कारबाहीमा छ लाख ४४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ७७३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक...

लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड छात्रवृत्ति

काठमाडौँ। सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष...

रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ

काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट...

बाल पोषण भत्तामा दोब्बर वृद्धि

काठमाडौँ। सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्...

शिक्षा क्षेत्रको सुधारका लागि दुईसय १८ अर्व ३० करोड

काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा। स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending