झापा । झापाको कनकाई नगरपालिका १ स्थित प्रजापति क्षेत्रमा कालोपत्रे गर्न तयारी गरीएको सडकमा डोजर चलाइएको छ । राती सडक पिच गर्न नपाएपछि ठेकेदारले सडकमा डोजर लगाएर सडक भत्काइदिएका हुन् ।
गत शुक्रवार राती सडक कालोपत्रे गर्न नपाउको झोँकमा ठेकेदारले सडक भत्काएको स्थानीय जनप्रतिनिधि बताउँछन् । रातको ९ बजे पछि हामी पिच गर्न लाग्यौ आउनुपर्यो भनेर ठेकेदारको फोन आएको कनकाई नगरपालिका १ नम्बर वार्डका वडाअध्यक्ष सुशिल पोखरेलले बताए । उनले रातीको काम राम्रो हुदैन पानी पनि पर्दैछ भनेको भए पनि विहान उठेर हेर्दा पिच गर्न नपाएको झोँकमा ठेकेदारले सडकमा हिडनै नमिल्ने बनाएर डोजर जोतेर गएका बताए ।
ठेकेदारले रोडा, गिटी र प्राइमर हालिसकेको अवस्थामा असारको २४ गतेसम्ममा चेक काटेर निकासा गरिसक्नुपर्ने भएर हुनसक्छ राती पिच नर्गनु भन्दा चेक रोकिने रिसले ठेकेदारले बाटै भत्काइदिएको हुनसक्ने वडाअध्ययक्ष पोखरेलको भनाइ छ ।
राती फोन गरेर, मैले रोडमा दुख्ख गरेको छु, हालेको गिटी निकालेर लैजान्छु भन्दैथिए, म त त्यतिक्कै भनेको ठानेको थिए तर रोड हिडनै नमिल्ने बनाएर जोतिदिएछन वडाअध्यक्ष पोखरेलले भने ।
कनकाईको वडा नं. १ नगरप्रमुख राजेन्द्रकुमार पोखरेललेको समेत गाउँ भएकोले रातीको काम त गर्ने हुदैन भनेको थिए ठेकेदारले रिसलाई नियन्त्रण गर्न सकेनन के गर्नु वडाध्यक्ष पोखरेलको गुनासो छ ।
सरकारले असार महिनामा मात्रै विकास बजेट बिनियोजन गरिदिदा असारको १५ गतेदेखि मात्रै सडक पिच लगायातका कामहरु तीव्र गतिमा हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: