Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जब बाबुरामले झुक्किएर नेपालको प्रदेश ‘पंजाव’ हो भने...

\"baburam_rambrichha\"काठमाडौं । बुधबार एकिकृत नेकपा माओवादीले जनयुद्धको तयारीको चरणमा मारिएका आफ्ना नेता रामवृक्ष यादवको स्मृति कार्यक्रम आयोजना गरेको थियो ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ नआउने भएपश्चात अर्का नेता बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम हुँदै थियो ।   निर्धारित समयभन्दा केही अगाडी नै आइपुगेका भट्टराई पेरिसडाँडा कार्यालयमा रहेको आफ्नो कार्यकक्षमा केहीबेर बसे । बाहिर पानी सिमसिम परिरहेको थियो । विहानको ११ बजेका लागि आयोजना गरिएको कार्यक्रममा नेता–कार्यकर्ताहरुको उपस्थिति पातलो थियो ।   एमाओवादीका महासचिब कृष्णबहादुर महरा कार्यक्रम हलको ढोकामा बसेर भित्र र बाहिर च्याइरहेका थिए र भनिरहेका थिए–‘अब कार्यक्रम सूरु गरिहाल्ने हो’ । तर उनि र्काक्रममा झिनो उपस्थितिले निन्याउरो देखिन्थे ।   केही समयमै हल भरियो । महरा लगायतका नेताहरु अलि उज्याला देखिए ।   केही नेताहरु थपिए । सचिव वर्षमान पुन, कोषाध्यक्ष हरिबोल गजुरेल, नेतृ हिसिला यमि, अग्नि सापकोटा, झक्कु सुवेदी, गंगा श्रेष्ठ, शालिकराम जम्मकट्टेल लगायतका नेताहरु आए । रामचन्द्र झा समय अघि नै आइसकेका थिए । पत्रकारहरु बाक्लै थिए ।   अग्नि सापकोटाले संचालन गरेको कार्यक्रममा रामवृक्षप्रति माल्यर्पण तथा श्रदान्जली सकिनासाथ अर्का नेता रामचन्द्र झाले बोले । श्रादन्जली र रामवृक्षको चर्चाका अतिरिक्त  उनले प्रदेश नं. २ को सिमाकंन सहि रहेकोले भड्काउमा नलाग्न नेताहरुलाई सुझाए ।   नेता बाबुराम भट्टराईको पालो आए । उनले पनि यादवप्रति श्र्रदान्जली र उनको आदर्श जिवनको चर्चा गरे । अहिले भइरहेको मधेश आन्दोलनमा दिवंगत नेता यादव अभाव खड्किएको बताए ।   ‘अलिकति आजको राजनीतिको कुरा गरौं’ भन्दै भट्टराई संविधान निर्माण र संघियताको विषयमा प्रबेश गरे । भट्टराईले केही शिर्ष नेताहरुमा हठ र परिवर्तनलाई आत्मसाथ गर्न नसक्ने समस्या रहेको बताएपछि उनले खण्ड र अखण्डको बारेमा बोले ।   नेताहरुबीच सहमति भए मुताविक ६ प्रदेशमा केही नमिलेपनि शक्ति सन्तुलनको आधारमा हुने यक्ति हो भनेर स्पष्टिकरण दिए लगत्तै उनिपनि प्रदेश नं. २ मा प्रवेश गरे । साधनस्रोत नभएको र प्रदेश नं. लाई पहाडी भुगोलहरु पनि थप्न पर्ने कुराको खण्डन गर्दै उनले छिमेकी राष्ट्र भारतमा रहेको पन्जावको उद्धरण दिए । भने ‘मैले त ६,७ वर्ष उतै पढेको  । सम्म भुगोलमात्रै भएको आधारमा पन्जाव भारतको कुन प्रान्तभन्दा कमजोर छ र ?  मलाई केही ज्ञान छ –नेपालको पन्जाव प्रदेशमा कहाँ पहाड छ ?’   हलमा विस्तारै हाँसो छुट्यो । सूरुमा त भट्टराईले कुरा बुझेनन् । हाँसो बढ्दै गएपछि हलकालाई भट्टराईले सोध्न नपाउँदै हलबाट कसैले भट्टराईको भनाईलाई सच्यायो ‘भारतको पन्जाव’ !   भट्टराईले तत्कालै चतुर्याईपूर्वक सच्याए—‘ए मैले त्यसो भनेँ ? ठिकै छ । यताको उता जाने गथ्र्यो उताको यता ल्याइएछ, केही आपत्ति भएन’ ।   फेरी भट्टराई पत्रकारहरुतिर संकेत गर्दै हच्किए–‘खालि ठट्टा मात्रै हो है साथिहरु फेरी...’   हलभरी फेरी हाँसो गुन्जियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending