Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब : जेठसम्म ४९ प्रतिशत मात्रै खर्च (प्रदेशगत विवरणसहित)

खबरडबली संवाददाता

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार रू तीन खर्ब छ अर्बमध्ये जेठ मसान्तसम्म रू एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९ दशमलव ४५ प्रतिशत हो । 

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१ दशमलव ४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६ दशमलव २५ प्रतिशत बजेट खर्च गरेका छन् । 

सो अवधिमा बागमती प्रदेशले ५० दशमलव ६२ प्रतिशत, गण्डकी प्रदेशले ४८ दशमलव १९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५ दशमलव ५४ प्रतिशत, कर्णाली प्रदेशले ४५ दशमलव ६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८ दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालुतर्फको औसत खर्च ५५ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फको औसत खर्च ४६ दशमलव ११ प्रतिशत छ ।

कोशी प्रदेश
कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल रू ३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू २४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ ।     

चालु आवका चालुतर्फ रू १६ अर्ब ६२ करोड र पुँजीगततर्फ रू २३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालुतर्फ रू ११ अर्ब ६५ करोड र पुँजीगततर्फ रू १२ अर्ब ८६ करोड खर्च भएको छ ।

मधेश प्रदेश
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कम छ । चालु आर्थिक वर्षका लागि कुल रू ४६ अर्ब ९८ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू १७ अर्ब तीन करोड खर्च भएको छ । जुन वार्षिक विनियोजनको ३६ दशमलव २५ प्रतिशत बराबर हो । 

मधेश प्रदेशले ११ महिनामा चालु शीर्षकमा ३३ प्रतिशत र पुँजीगत शीर्षकमा ३८ दशमलव ३४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ रू २० अर्ब ८० करोड बजेट रहेकोमा रू ६ अर्ब ९९ करोड ६७ लाख मात्रै खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रू २६ अर्ब १८ करोड बजेट रहेकोमा विनियोजनको ३८ प्रतिशत अर्थात् रू १० अर्ब चार करोड खर्च भएको छ ।

बागमती प्रदेश
बागमती प्रदेशले चालु आर्थिक वर्षका लागि रू ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएकोमा जेठ मसान्तसमममा ५० दशमलव ६२ प्रतिशत अर्थात् रू ३५ अर्ब ९१ करोड बजेट खर्च गरेको छ । 

यस अवधिसम्ममा बागमती प्रदेशको बजेट खर्च चालु शीर्षकमा ६१ दशमलव ६१, पुँजीगत शीर्षकमा ४६ प्रतिशत र वित्तीय व्यवस्थापन शीर्षकमा ३० प्रतिशत बराबर छ । 

चालु शीर्षकमा रू २६ अर्ब ८४ करोड बराबर बजेट रहेकोमा रू १६ अर्ब ५३ करोड, पुँजीगत शीर्षकमा रू ४२ अर्ब नौ करोड बजेट छुट्याइएकोमा रू १९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापन शीर्षकमा रू दुई अर्ब बजेट छुट्याइएकोमा रू ६० करोड खर्च भएको छ ।

गण्डकी प्रदेश
जेठ मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च ४८ प्रतिशत बराबर छ । यो प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा रू १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । 

यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । चालु शीर्षकमा रू १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा रू ६ अर्ब ९५ करोड र पुँजीगत शीर्षकमा रू २२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा रू १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा रू ५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।

लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशको बजेट खर्च चालु आवको जेठ मसान्तसम्म रु २३ अर्ब ७३ करोड बराबर छ । जुन चालु आर्थिक वर्षका लागि यो प्रदेशले छुट्याएको कुल विनियोजनको ५५ दशमलव ५४ प्रतिशत बराबर हो । 

चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल रू ४२ अर्ब ७३ करोड बराबरको बजेट ल्याएको थियो । चालु शीर्षकमा रू १७ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा ६१ दशमलव २० प्रतिशत अर्थात् रू १० अर्ब ९८ करोड र पुँजीगत शीर्षकमा रू २४ अर्ब ७९ करोडको बजेट ल्याइएकोमा ५१ दशमलव ४५ प्रतिशत अर्थात् रू १२ अर्ब ७५ करोड बराबर खर्च भएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशले चालु आवको जेठ मसान्तसम्म ४५ दशमलव ६० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि कुल रू ३२ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको कर्णाली प्रदेशले यो अवधिसम्ममा रू १४ अर्ब ९३ करोड बराबर बजेट खर्च गरेको देखिन्छ ।

 चालु शीर्षकमा ५३ दशमलव ६४ प्रतिशत र पुँजीगत शीर्षकमा ४० दशमलव २५ प्रतिशत बजेट खर्च भएको देखिन्छ । कर्णाली प्रदेशले चालु शीर्षकमा चालु आवका लागि रू १३ अर्ब आठ करोड बराबर विनियोजन गरेकोमा रू सात अर्ब एक करोड र पुँजीगत शीर्षकमा रू १९ अर्ब ६६ करोड विनियोजन गरेकोमा रू सात अर्ब ९१ करोड बराबर खर्च गरेको छ । 

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि रू ३६ अर्ब ७९ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा ४८ दशमलव ५४ प्रतिशत अर्थात् रू १७ अर्ब ८६ करोड बराबर खर्च गरेको छ । 

प्रदेशले चालु शीर्षकमा रू १२ अर्ब २५ करोड विनियोजन गरेकोमा ५५ दशमलव ३२ प्रतिशत अर्थात् रू छ अर्ब ७८ करोड खर्च गरेको छ । पुँजीगत शीर्षकमा रू २४ अर्ब २३ करोड विनियोजन भएकोमा ४५ दशमलव ७१ प्रतिशत अर्थात् रू ११ अर्ब सात करोड बराबर खर्च गरेको छ ।

 वित्तीय व्यवस्थापन शीर्षकमा रू ३० करोड बजेट छुट्याएको सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको ११ महिना अवधिसम्ममा उक्त रकम खर्च गर्न सकेको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending