Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए । साइबर अपराधका मेद्दा सबैभन्दा बढी उजुरी परेको जनाउँदै उनले प्रहरीले अघिल्लो तीन महिनाको तुलना गर्दा बैंकिङ कसुरका मुद्दा दोब्बरले बढेको बताए । उनका अनुसार प्राप्त विवरणमा गत वर्षको तीन महिनामा एक हजार आठ सयको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दर्ता भएकामा यस वर्ष त्यो सङ्ख्या बढेर तीन हजार पाँच सयभन्दा बढी छन् । 

प्रहरीका अनुसार यस अवधिमा कूल तीन हजार पाँच सय ६२ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । उनीहरुबाट एक हजार आठ सय ७० वर्ष १० महिना २५ दिन कैद असुल गरिएको छ भने तोकिएको रू ३० करोड ३८ लाख १६ हजार रकम असुल गर्नुपर्ने देखिएको प्रहरी प्रवक्ता कडायतले बताए । उनका अनुसार उक्त अवधिमा गाँजा मात्रै छ हजार नौ सय ६१ किलो, चरेस एक सय ७९ किलो, खैरो हेरोइन चार किलो २५ ग्राम र अफिम चार किलो ९८ ग्राम बरामद गरिएको छ । लागुऔषध ब्यूरोको विशेष अपरेसनमा रात्रिकालीन क्लबहरुमा गरिएको विशेष अपरेसनमा पाँच विदेशीसहित ११ जनालाई पक्राउ गरिएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार सहकारी ठगीका विषयमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका शाखा कार्यालयहरुबाट एक लाख ८९ हजार आठ सय ७९ निक्षेपकर्ताहरुको रू १२ अर्ब २३ करोड ५१ लाख रकम दुरुपयोग भएको भेटिएको कडायतले बताए । उनका अनुसार उक्त रकम दुरुपयोगका आरोपमा सहकारीका सञ्चालक केदारनाथ शर्मालाई पक्राउ गरी कानुनी कारबाही थालिएको छ । 

अन्य सहकारी ठगीतर्फ रू दुई अर्ब ४४ करोड २१ लाख बिगो कायम गरी अन्य सहकारी ठगीका आरोपीविरुद्ध पाँचवटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरिएको छ । यस अवधिमा लामो हतियार एक सय ५३, छोटा हतियार १६, गोली एक सय ४७ र म्यागजिन छ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छ हजारभन्दा बढी हातहतियार भने नष्ट गरिएका छन् । 

सवारी दुर्घटना 
प्रहरी प्रधान कार्यालयका अनुसार गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा छ हजार चार सय २० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर पाँच सय ८१ जनाको मृत्यु भएको छ भने एक हजार सात सय २१ जना गम्भिर घाइते भएका छन् । सवारी सम्बन्धमा सात लाख ३६ हजारलाई कारबाही गरिएको छ । कारबाहीबापत रू ५६ करोड ४६ लाख राजस्व सङ्कलन गरिएको कडायतले बताए । उक्त अवधिमा रू एक अर्ब ५९ करोड ६२ लाखको अवैध सामान बरामद गरिएको छ ।

विपद् व्यवस्थापनमा १० हजार जनशक्ति 

प्रहरी प्रधान कार्यालयका अनुसार विपद् व्यवस्थापनमा १० हजार ८५ जना जनशक्ति तयार पारिएको छ । उनीहरुलाई चौबिसै घण्टा परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ । प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्रको स्थापना र विभिन्न कसुरको अनुसन्धान गर्ने निकायबीच साझा प्लेटफर्मका रुपमा विकास गर्ने प्रारम्भिक समझदारी भएको जानकारी दिएको छ । साथै नेतृत्व तहमा रहेका प्रहरी कर्मचारीबीच समन्वय र निर्णय प्रक्रियामा सामूहिक भावनाको विकास  गर्न प्रहरी महानिरीक्षकबाट विभागीय प्रमुखलाई अधिकार प्रत्यायोजन गरिएको छ । 

निम्न दर्जाका प्रहरी कर्मचारीको चाहनाअनुरुप निवृत्तिभरणका लागि १६ वर्षमा नै अवकाशमा जान पाउने प्रावधानका लागि कानुन संशोधनको प्रस्ताव पेस गरिएको, अपराध अनुसन्धानमा लामो समय एकै ठाउँमा रहेका मुद्दा फाँटका कर्मचारीलाई सरुवा गरिएको, नयाँ भर्नाको दरखास्त प्रणालीलाई सहज बनाउन अनलाइन प्रणालीको विकास गरिएकोलगायत प्रशासनिक काम/कारबाही सुधार भएको प्रहरीले तीन महिने प्रगति विवरणमा उल्लेख गरेको छ । 

त्यस्तै नेपाल प्रहरीको शोध, अध्ययन अन्वेषण कार्यादेश–२०८० स्वीकृत भएको तथा विशिष्टीकृत जनशक्ति परिचालन कार्यविधि स्वीकृत गरी विशिष्टीकृत तथा वैत्रानिक अपराध अनुसन्धान प्रणालीको विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending