काठमाडौं । काठमाडौं महानगरपालिकासँग अनुमति नलिइ अबदेखि होस्टेल सञ्चालन गर्न नपाइने भएको छ। होस्टेललाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरिएको महानगरपालिकाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौं महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो। मापदण्ड असार ५ गते जारी भएको हो।
मापदण्डले महानगरपालिकाभित्र छात्राबास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ। आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ। स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ।
छात्राबासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ। यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ। कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ। कोठामा पर्याप्त प्रकाश हुनुपर्छ। हावा दोहोरो आउने जाने हुनुपर्छ।
आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ। कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटिभी क्यामरा जडान गर्नुपर्छ। हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्राबास राख्न हुँदैन। छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन। एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ। एकै सञ्चालकले दुवै छात्राबास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ।
सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन्। यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्नेछ।
महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ। बस्ने छात्रछात्राको हालसालै खिचेको तस्बिर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ। असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन। शैक्षिक वातावरण मिलाउनुपर्छ। कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन। सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० बर्ष पूरा भएको हुनुपर्नेछ।
मापदण्डमा छात्राबाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन्। शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: