काठमाडाैं । सार्वजनिक यातायातमा यात्रारत यात्रुको पैसा चार्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरका ३१ वर्षीय सञ्जिव तामाङ, काठमाडौंका ३३ वर्षीय आईतमान तामाङ, ललितपुरकी २१ वर्षीया सविना तामाङ र ५८ वर्षीया मंगललक्ष्मी श्रेष्ठ रहेका छन्।
उनीहरु यात्रुको रकम चोरेको आराेपमा प्रहरी नियन्त्रणमा परेका हुन् । उनीहरुले अस्ति ललितपुरको ग्वार्कोमा सार्वजनिक यातायातमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७४७ अमेरिकी डलर चोरेका थिए । नेपाली रुपैयाँ ९ लाख २३ हजार १५७ बराबरको डलर चोरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरकाे हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार मंगललक्ष्मी चोरीको डलर सटही गर्दै आएकी थिइन् । सोही क्रममा उनी ललितपुरको बकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जबाट २८ सय डलरसहित पक्राउ परेपछि चोरीमा संलग्न अन्य पनि समातिएका हुन् ।
प्रहरीले पक्राउ परेका उनीहरुलाई चोरीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...


प्रतिकृया लेख्नुहोस्: