Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

काठमाडाैंमा सबैभन्दा धेरै आगलागीका घटना

खबरडबली संवाददाता

काठमाडाैं ।   चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन् । यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको महानगरले जानाएको छ ।

ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा  क्षेत्रभित्र ग्यास चुहाव  भएर हुने आगलागी र बत्तीको पोलमा हुने आगलागीका  घटना बढी रहेका छन् ।

त्यसैगरी विद्युत् चुहावट भएर १०८, जल उत्पन्न प्रकोपको कारण २३, अन्य विविध विपद्का १०६ घटना घटेको बताइएको छ । विगतको वर्षहरुमा भन्दा यस वर्ष विपद्को घटना बढ्ने अनुमान कामपाले गरेको छ । गत आर्थिक वर्षमा विभिन्न प्रकारका गरी ३५५ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले  अस्तव्यस्त रुपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।   

त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिन्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रुपमा नफेर्दा आगोजन्य विपद्का घटना बढिरहेको उपरीक्षक जोशीको भनाइ छ । कामपाले आगामी आर्थिक वर्षको लागि विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण खरिद गर्नका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ । 

आगामी आवकै लागि कामपाले विभिन्न स्थानमा वर्षद्को समयमा हुने डुबान न्यूनीकरणका लागि “डुबान समाधान” स्वर्णीम कार्यक्रममार्फत खर्च गर्न सक्नेगरी  रु चार करोड रकम छुट्याइएको छ । केहीवर्ष अघिसम्म ढलमा परेर बालबालिकोको ज्यानैसम्म जाने गरेको उल्लेख गर्दै उपरीक्षक जोशीले अहिले ढलको कारण खासै समस्या नभएको बताए । 

 विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ । कृतिम अभ्यास अन्तर्गत सुरक्षित तवरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषय रहेका बताइएको छ  । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: