Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

गैंडाको माउ बच्चा मारेको आराेपमा पक्राउ परेका तीनजना सार्वजानीक

युट्युब हेरेर बन्याे गैंडा मार्ने योजना

खबरडबली संवाददाता

चितवन । गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको आरोपमा ३ जना पक्राउ परेका छन् ।  दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्नको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१८ घरमपुर बस्ने कृष्णबहादुर महतो र खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक पक्राउ परेका हुन् ।

उनीहरुलाई गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ ।

यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई चितवन राष्ट्रिय निकुञ्जले वुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरेको खाग र मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँच पछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

६ माघ २०७९ मा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा भेटिएका थिए । १४ बर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेर खाग काटिएको थियो । खाग काटिएको ठाउँबाट बगिरहेको रगत पानीमा मिसिएको दृश्य घटनास्थलमा देखिथ्यो ।

माउ मारेको केही मिटर पर खागसमेत नपलाएको चार बर्षको केटो गैंडा मृत अवस्थामा भेटिएको थियो । घटनास्थलको झण्डै ३५० मिटर नजिकै सैनिकहरुको भूताहा पोष्ट रहेको  छ । निकुञ्जको कोर क्षेत्रमा अर्को शहरी पोष्ट छ । तस्करहरुले सैनिकको आँगन अगाडि खुला ठाउँमा हृदय विदारक ढंगले गैडा मारेका थिए ।

निकुञ्जले यो घटनापछि सहायक संरक्षण अधिकृत शान्तबहादुर मगरलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डिभिजन वन कार्यालय पश्चिम नवलपरासी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई १२ जेठमा पक्राउ गरेको थियो ।

सीआईबीका प्रहरी कर्मचारीले गैंडाको खाग किन्ने ग्राहक बन्दै महंगो शुल्क दिने लोभ देखाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरूको साथबाट लु ४५ प ५११७ नम्बरको मोटरसाइकल, ४ वटा मोवाइल, गैंडाको खाग, बाँसको किल्ला र बेण्डिङ तार बरामद गरिएको छ ।

घटनास्थल मध्यवर्ती क्षेत्र र पूर्वी नवलपरासी भएकाले गत जेठ ३० गते जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा चितवन राष्ट्रिय निकुञ्जलाई पक्राउ परेका अभियुक्तहरुसहित वरामद गरिएका सम्पूर्ण सामाग्रीहरू बुझाइएको थियो ।

निकुञ्जले ४१ दिनदेखि पक्राउ परेकाहरुसँग सोधपुछ र अनुसन्धान गरिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि वुधबार नै लैजाने जानकारी दिए ।

थप कसैको संलग्नता अनुसन्धानको क्रममा खुल्न आएमा पुनः अनुसन्धान गरी पूरक अभियोग पत्र दायर गर्ने मागदाबीसहित मुद्दा दायर गर्न लागेको उनले बताए ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को उपदफा १ को खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेकोले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ५ देखि १० लाखसम्म जरिवाना, ५ देखि १५ बर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था छ ।

गैंडा मार्ने अभियोगमा पक्राउ परेका कृष्णबहादुर महतो डकर्मी हुन् । युटुबमा गैंडाको खाग बेचेर पैसा कमाउन सकिने देखेको र आफूले पनि गैंडा मार्ने योजना बनाएको उनको भनाइ छ ।

निकुञ्जका अधिकारीसमक्ष दिएको वयानका अनुसार उनले त्यसपछि गैंडा बढी ओहोरदोहोर गर्ने ठाउँको पहिचान गरे । पहिला उनले पोलबाट विजुली हुक गरेर गैंडा मार्ने प्रयास गरे । पछि उनले नजिकै रहेको मन्दिरबाट जीआई तारबाट करेन्ट लगाएर गैंडा मार्न सफल भएका निकुञ्जका अधिकारीहरु बताउँछन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार कृष्णबहादुर यसभन्दा अगाडि गैंडा मात्र होइन कुनै पनि वन्यजन्तु मार्ने काममा संलग्न थिएनन् । ६ माघको घटना उनको पहिलो संलग्नता हो ।

खाग बिक्री आरोपमा पक्राउ परेका सिखाराम कृष्णबहादुर महतोका फुपाजु हुन् । सिखाराम भने यसअघि पनि यस्ता घटनामा संलग्न भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । यो गिरोह ब्यवसायिक गिरोह नभएको प्रमुख संरक्षण अधिकृत पुनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: