धनुषा । धनुषाको सहिदनगर नगरपालिका ८ का निलम्बित वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि निलम्बनमा परेका वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई माओवादी केन्द्रले पार्टीबाट पनि निलम्वन गरेको हो ।
पार्टीको सहिदनगर नगर कमिटीका अध्यक्ष रहेका कुसियैतले पार्टीको विधानविपरित क्रियाकलाप गरेकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको माओवादी केन्द्र धनुषले जनाएको छ ।माओवादी केन्द्रको सहिदनगर नगर समितिका वरिष्ठ उपाध्यक्ष सुरेश कापर र सचिव रामकिशोर पासवानले आइतबार विज्ञप्ति जारी गरी यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएका छन् ।
यादवले पार्टीको नीति सिद्धान्त, मर्यादा र आचरणविपरीत गतिविधि गरेका प्रमाण भेटिएकाले उनलाई पार्टीबाट हटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ। असार १५ गते बसेको नगर कार्यसमितिको बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
यादवलाई पार्टीबाट निष्कान गर्ने निर्णयको बोधार्थ माओवादी केन्द्रको केन्द्रीय समिति, प्रदेश समिति र पार्टी केन्द्रीय सचिवालयलाई पठाइएको छ।
अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष रहेका यादवले २०७४ सालमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनी निलम्बनमा परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - ०९:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
जेष्ठ २५ गते, २०८३ - ०९:२७
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...
जेष्ठ २५ गते, २०८३ - ०९:२३
काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...
जेष्ठ २५ गते, २०८३ - ०९:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...
जेष्ठ २५ गते, २०८३ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...



प्रतिकृया लेख्नुहोस्: