काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत केन्द्रीय तहमा गठबन्धन गरेका दलहरु सरकार बनाउनका लागि तीव्र छलफलमा लागेका छन् । प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको आह्वान हुने सम्भावना जीवित रहेको भन्दै उनीहरुले छलफल तीव्र पारेका हुन् ।
गठबन्धन दलका नेता तथा सांसदहरुले शुक्रबार नै प्रदेश प्रमुखलाई आफूहरुले बहुमत पुर्याएर सरकारको दाबी गर्ने जानकारी गराएका थिए। यसैका लागि केही नेताहरु काठमाडौं आएका छन् ।
तीनदलका नेताहरु केन्द्रीय तहमा छलफल र सहमतिका लागि काठमाडौं गएको र आइतबार फर्केपछि प्रदेशमा छलफल हुने माओवादी केन्द्रका १ जना प्रदेश सभा सदस्यले बताए । उनले प्रदेशमा राप्रपालाई सरकारमा ल्याउन सकेकाे खण्डमा गठबन्धनलाई सरकार बनाउन सहज हुने पनि बताए । त्यसका लागि नेताहरु काठमाडाैंमा रहेर गृहकार्य गरी रहेका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैको दाबी रहेको छ । कोशीमा हालसम्म नेकपा एमालेसँगको गठवन्धनमाा ४६ र विपक्षीसँग पनि ४६ मत रहेको छ । सरकार गठनका लागि ४७ मत आवश्यक रहेकाले एमालेले १ सिट भएको जसपालाई फकाउने प्रयास गरिरहेको छ भने गठबन्धन दलहरु ६ सिट भएको राप्रपालाई फकाउने प्रयास गरिरहेका छन् ।
कानुनतः धारा १६८ को उपधारा २ अनुसार आह्वान भएर बहुमत पुग्न नसकेमा उपधारा ३ अनुसार एमालेले नै पहिलो दलको रुपमा सरकार बनाउने अधिकार पाउने छ । सरकार गठन भएको ३५ दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रवधान रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: