काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत केन्द्रीय तहमा गठबन्धन गरेका दलहरु सरकार बनाउनका लागि तीव्र छलफलमा लागेका छन् । प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको आह्वान हुने सम्भावना जीवित रहेको भन्दै उनीहरुले छलफल तीव्र पारेका हुन् ।
गठबन्धन दलका नेता तथा सांसदहरुले शुक्रबार नै प्रदेश प्रमुखलाई आफूहरुले बहुमत पुर्याएर सरकारको दाबी गर्ने जानकारी गराएका थिए। यसैका लागि केही नेताहरु काठमाडौं आएका छन् ।
तीनदलका नेताहरु केन्द्रीय तहमा छलफल र सहमतिका लागि काठमाडौं गएको र आइतबार फर्केपछि प्रदेशमा छलफल हुने माओवादी केन्द्रका १ जना प्रदेश सभा सदस्यले बताए । उनले प्रदेशमा राप्रपालाई सरकारमा ल्याउन सकेकाे खण्डमा गठबन्धनलाई सरकार बनाउन सहज हुने पनि बताए । त्यसका लागि नेताहरु काठमाडाैंमा रहेर गृहकार्य गरी रहेका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैको दाबी रहेको छ । कोशीमा हालसम्म नेकपा एमालेसँगको गठवन्धनमाा ४६ र विपक्षीसँग पनि ४६ मत रहेको छ । सरकार गठनका लागि ४७ मत आवश्यक रहेकाले एमालेले १ सिट भएको जसपालाई फकाउने प्रयास गरिरहेको छ भने गठबन्धन दलहरु ६ सिट भएको राप्रपालाई फकाउने प्रयास गरिरहेका छन् ।
कानुनतः धारा १६८ को उपधारा २ अनुसार आह्वान भएर बहुमत पुग्न नसकेमा उपधारा ३ अनुसार एमालेले नै पहिलो दलको रुपमा सरकार बनाउने अधिकार पाउने छ । सरकार गठन भएको ३५ दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रवधान रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: