Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

समाज कल्याणको जग्गा भाडा प्रकरणः अख्तियार किन बन्दै छ रमिते ?

खबरडबली संवाददाता

काठमाडौं । कुनै पनि गलत क्रियाकलाप बारे सम्वन्धित ठाउँमा सही सूचना दिनु सच्चा नागरिकको कर्तब्य हो । तर, त्यसरी प्राप्त सूचना उपर आवश्यक समयभित्रै यथार्थ छानविन गर्नु सम्वन्धित निकायको दायित्व पनि हो । तर, जिम्मेवार प्राप्त त्यही निकाय समयमै सचेत भएन वा हुन चाहेन भने ?

सन्दर्भ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको सरकारी जग्गा भाडा प्रक्रियामा गरीएको अनुचित कार्य हो । समयमै उजुरी पर्दा समेत भ्रष्टाचार नियन्त्रण सम्वन्धमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आवश्यक कदम नचालेर ‘प्रारम्भीक अनुसन्धान’का नाममा समय खेर फाल्नु नै अख्तियारको दूरुपयोग होइन र ?

भृकुटी मण्डपमा रहेकाे समाज कल्याण परिषद्काे जग्गा भाडा प्रकरणका विषयमा अहिले यस्ता प्रश्न उठ्न थालेका छन् । के भ्रष्टाचार हुनका लागि लेनदेन गरिएकै हुनै पर्ने हाे ?  त्यो पनि देखाएरै  लेनदेन हुन पर्ने हाे ? अख्तियार दूरुपयोग अनुसन्धान आयोगको स्थापना, उसलाई प्राप्त दायित्व, जिम्मेवारी पनि त्यही हो ?  त्यसो भए अनुचित कार्य भनेको के हो ? जव अनुचित कार्यको सिलसिला अघि बढ्छ, त्यहीँबाट भ्रष्टाचारको गन्ध आउने होइन ? आयोगले मान्छे र अवस्था हेरेर मुद्दा लगाउँछ ? कारवाही प्रक्रिया अघि बढाउँछ ? आफैँले गरेका विगतका निर्णय नजिर मानिदैन ?

प्रसंग हो, २०७५ अर्थात् साढे चार वर्ष अघि समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित जग्गा काठमाडौं फनपार्कले ‘कौडीको भाउमा भाडामा लिएको’ भन्दै फनपार्क र जग्गाधनी समाजकल्याण परिषद्का पदाधिकारी विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्दा प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैया न्यूनतम मुल्य कायम गरेको थियो । अख्तियारको उक्त दावी अनुसारकै विशेष अदालतले फैसला पनि दिइसकेको अवस्था छ ।

तर, आयोगले काठमाडौं फनपार्कसँगै जोडिएको एकै किसिमको जग्गा गत वर्ष समाज कल्याण परिषद्ले भाडामा लगाउने क्रममा गरेको अनियमितता बारे उजुरी पर्दा समेत मौनता देखाउनु आश्चर्यकाे विषय  हैन र ? जबकी, काठमाडौं फनपार्कमाथि प्रति रोपनी न्यूनतम ७८ हजार ५ सय ७१ तोकेर आफैँले विशेष अदालतमा मुद्दा दायर गर्ने अनी २०७९ बैशाख ४ गते परिषद्का तर्फबाट प्रकाशित बोलपत्रमा २५ रोपनी जग्गाको मासिक न्यूनत मुल्य ८ लाख ६ हजार ६ सय ६७ रुपैया न्यूनतम मुल्य उल्लेख हुँदा मौनता देखाउने ? बोलपत्र सूचना प्रकाशित गरिँदा उल्लेखित रकम अनुसार प्रति रोपनी मासिक जग्गाभाडा ३२ हजार २ सय ६६ मात्र हुन आउँछ । बोलपत्रको सुरुवाती प्रक्रियामै अनुचित कार्यको गन्ध देखिनुका साथै उजुरी समेत पर्दा पनि अख्तियारले प्रारम्भिक अनुसन्धानका नाममा समय बर्बादी मात्रै गर्न मिल्ने विषय होइन ।

कम्तीमा त्यसैबेला बोलपत्र प्रक्रियामा हस्तक्षेप गरी नयाँ न्यूनतम मुल्य तोकेर अर्को बोलपत्र आह्वान गर्न आदेश दिनु पर्दैनथ्यो आयोगले । त्यसो गर्न कुनै अनुसन्धान गरिरहनु पर्ने अवस्था थियो र ? आँखैका अगाडी देखिने प्रमाण नै काफि थिएन र ? कि त्यसबेला आयोग चुक्यो ? वा, कोही व्यक्ति विशेषका लागि झुक्यो ? शंका/उपशंका र प्रश्न त सदा रहीरहने छन् ।

काठमाडौं फनपार्कका सन्दर्भमा अख्तियारले दायर गरेको मुद्दाको फैसला आएको पनि ३ महिना पुग्नै लाग्यो । तर, अचम्म आयोगको आँखा दुई तिहाई मुल्य कम गरी न्यूनतम मुल्य कायम गर्दै बोलपत्र आह्वान गर्ने निर्णयकर्ताहरु उपर अझै पुग्न सकेको छैन । सायद अझै पनि प्रारम्भिक अनुसन्धानकै नाममा उजुरीका चाङ आयोगमै थन्किएका छन् ।

अख्तियारले २०७९ जेठ १० गते दर्ता नम्बर सि-०४२३७९ लगायत परेका अन्य थुप्रै उजुरी उपर अविलम्ब अनुसन्धान अघि बढाओस् । साथै, पछिल्लो जानकारी अनुसार जग्गा भाडामा प्राप्त गर्ने व्यक्ति हरिगोपाल अमात्यले उक्त जग्गाको जिम्मेवारी अरु कसैलाई तोकेर आफू विदेशतर्फ पलायन भइसकेको अवस्था छ । सरकारी जग्गा टेण्डर प्राप्त व्यक्तिले सव-लिजमा दिने व्यवस्था नहुँदानहुँदै पनि यसरी गैरकानूनी तवरबाट ठेक्कामाथि ठेक्का लगाउँदा समेत समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय मौन रहनु अर्काे आश्चर्यको विषय बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending