Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

समाज कल्याणको जग्गा भाडा प्रकरणः अख्तियार किन बन्दै छ रमिते ?

खबरडबली संवाददाता

काठमाडौं । कुनै पनि गलत क्रियाकलाप बारे सम्वन्धित ठाउँमा सही सूचना दिनु सच्चा नागरिकको कर्तब्य हो । तर, त्यसरी प्राप्त सूचना उपर आवश्यक समयभित्रै यथार्थ छानविन गर्नु सम्वन्धित निकायको दायित्व पनि हो । तर, जिम्मेवार प्राप्त त्यही निकाय समयमै सचेत भएन वा हुन चाहेन भने ?

सन्दर्भ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको सरकारी जग्गा भाडा प्रक्रियामा गरीएको अनुचित कार्य हो । समयमै उजुरी पर्दा समेत भ्रष्टाचार नियन्त्रण सम्वन्धमा विशेष भूमिका निर्वाह गर्दै आइरहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आवश्यक कदम नचालेर ‘प्रारम्भीक अनुसन्धान’का नाममा समय खेर फाल्नु नै अख्तियारको दूरुपयोग होइन र ?

भृकुटी मण्डपमा रहेकाे समाज कल्याण परिषद्काे जग्गा भाडा प्रकरणका विषयमा अहिले यस्ता प्रश्न उठ्न थालेका छन् । के भ्रष्टाचार हुनका लागि लेनदेन गरिएकै हुनै पर्ने हाे ?  त्यो पनि देखाएरै  लेनदेन हुन पर्ने हाे ? अख्तियार दूरुपयोग अनुसन्धान आयोगको स्थापना, उसलाई प्राप्त दायित्व, जिम्मेवारी पनि त्यही हो ?  त्यसो भए अनुचित कार्य भनेको के हो ? जव अनुचित कार्यको सिलसिला अघि बढ्छ, त्यहीँबाट भ्रष्टाचारको गन्ध आउने होइन ? आयोगले मान्छे र अवस्था हेरेर मुद्दा लगाउँछ ? कारवाही प्रक्रिया अघि बढाउँछ ? आफैँले गरेका विगतका निर्णय नजिर मानिदैन ?

प्रसंग हो, २०७५ अर्थात् साढे चार वर्ष अघि समाज कल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित जग्गा काठमाडौं फनपार्कले ‘कौडीको भाउमा भाडामा लिएको’ भन्दै फनपार्क र जग्गाधनी समाजकल्याण परिषद्का पदाधिकारी विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्दा प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैया न्यूनतम मुल्य कायम गरेको थियो । अख्तियारको उक्त दावी अनुसारकै विशेष अदालतले फैसला पनि दिइसकेको अवस्था छ ।

तर, आयोगले काठमाडौं फनपार्कसँगै जोडिएको एकै किसिमको जग्गा गत वर्ष समाज कल्याण परिषद्ले भाडामा लगाउने क्रममा गरेको अनियमितता बारे उजुरी पर्दा समेत मौनता देखाउनु आश्चर्यकाे विषय  हैन र ? जबकी, काठमाडौं फनपार्कमाथि प्रति रोपनी न्यूनतम ७८ हजार ५ सय ७१ तोकेर आफैँले विशेष अदालतमा मुद्दा दायर गर्ने अनी २०७९ बैशाख ४ गते परिषद्का तर्फबाट प्रकाशित बोलपत्रमा २५ रोपनी जग्गाको मासिक न्यूनत मुल्य ८ लाख ६ हजार ६ सय ६७ रुपैया न्यूनतम मुल्य उल्लेख हुँदा मौनता देखाउने ? बोलपत्र सूचना प्रकाशित गरिँदा उल्लेखित रकम अनुसार प्रति रोपनी मासिक जग्गाभाडा ३२ हजार २ सय ६६ मात्र हुन आउँछ । बोलपत्रको सुरुवाती प्रक्रियामै अनुचित कार्यको गन्ध देखिनुका साथै उजुरी समेत पर्दा पनि अख्तियारले प्रारम्भिक अनुसन्धानका नाममा समय बर्बादी मात्रै गर्न मिल्ने विषय होइन ।

कम्तीमा त्यसैबेला बोलपत्र प्रक्रियामा हस्तक्षेप गरी नयाँ न्यूनतम मुल्य तोकेर अर्को बोलपत्र आह्वान गर्न आदेश दिनु पर्दैनथ्यो आयोगले । त्यसो गर्न कुनै अनुसन्धान गरिरहनु पर्ने अवस्था थियो र ? आँखैका अगाडी देखिने प्रमाण नै काफि थिएन र ? कि त्यसबेला आयोग चुक्यो ? वा, कोही व्यक्ति विशेषका लागि झुक्यो ? शंका/उपशंका र प्रश्न त सदा रहीरहने छन् ।

काठमाडौं फनपार्कका सन्दर्भमा अख्तियारले दायर गरेको मुद्दाको फैसला आएको पनि ३ महिना पुग्नै लाग्यो । तर, अचम्म आयोगको आँखा दुई तिहाई मुल्य कम गरी न्यूनतम मुल्य कायम गर्दै बोलपत्र आह्वान गर्ने निर्णयकर्ताहरु उपर अझै पुग्न सकेको छैन । सायद अझै पनि प्रारम्भिक अनुसन्धानकै नाममा उजुरीका चाङ आयोगमै थन्किएका छन् ।

अख्तियारले २०७९ जेठ १० गते दर्ता नम्बर सि-०४२३७९ लगायत परेका अन्य थुप्रै उजुरी उपर अविलम्ब अनुसन्धान अघि बढाओस् । साथै, पछिल्लो जानकारी अनुसार जग्गा भाडामा प्राप्त गर्ने व्यक्ति हरिगोपाल अमात्यले उक्त जग्गाको जिम्मेवारी अरु कसैलाई तोकेर आफू विदेशतर्फ पलायन भइसकेको अवस्था छ । सरकारी जग्गा टेण्डर प्राप्त व्यक्तिले सव-लिजमा दिने व्यवस्था नहुँदानहुँदै पनि यसरी गैरकानूनी तवरबाट ठेक्कामाथि ठेक्का लगाउँदा समेत समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय मौन रहनु अर्काे आश्चर्यको विषय बनेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending