काठमाडौं । आज देशभर धान दिवस मनाइएको छ । केही वर्ष सम्म धानखेतीका लागि उर्वर भुमीका रुपमा रहेका फाँटहरु यतिबेला क्रंकिटले भरीएका छन् ।
तराइका समथर भू-भाग देखी पहाडी भूगाेलमा रहेका खोला किनारका फाँटहरुमा यतिबेला धान हैन विदेशमा कामाइ भएको पैसाकाे लागनी क्रंकिटका घरहरू धमाधम निर्माण भइ रहेका छन् ।
धान खेतीका लागि देशका झापा मोरङ, चितवन, बारा, पर्सा लगायतका जिल्लाहरु प्रसिद्ध रहेका छन् । केही वर्षअघिसम्म धान खेती यहाँका अधिकांश किसानको मुख्य पेशा हुने गरेको भए पनि पछिल्लो समय भने अव्यवस्थित भवन निर्माण र बजारिकरणले गर्दा खेतीयोग्य जमिनको आकार तीव्र रुपमा घट्दो छ । यद्यपि असार १५ अर्थात् धान दिवसमा विभिन्न जिल्लाहरुमा रोपाइँका औपचारिक कार्यक्रम भव्य रुपमा मनाइएको छ ।
आज चितवनमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रोपाइँ कार्यक्रमका लागि अघिल्लो दिन नै चितवन पुगेका थिए ।
चितवन मात्रै हैन, ललितपुरकाे खुमलटारमा कृषिमन्त्रीले ट्याक्टरबाट नै धान राेपे । अधिकांश जिल्लाहरूमा मन्त्रीहरूसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू आफ्ना संगठनका ब्यानरसहित खेतमा उपस्थित हुन भ्याएका छन् । उनीहरूलाइ कार्यकर्ताकाे बीचमा धान राेपाइँ र हिलाे खेलेका फाेटा खिच्न भ्याइनभ्याइ समेत भएकाे देखिएकाे छ ।
मन्त्री देखी सांसदहरु र दलका जिल्ला स्तरीय नेतहरु रोपाइँ कार्यक्रममा सहभागि भएर सामाजिक सञ्जालमा फोटाहरु प्रदर्शन गर्न भ्याइ नभ्याई रहेको अवस्था छ । वास्तविक किसान भने कहिले मल अभावमा त कहिले बाढीपहिरोले बाली बगाइदिँदा समस्यामा पर्ने गरेका छन् । यसपटक त लम्पी स्किन संक्रमणले गोरु थलिएर रोपाइँका लागि तयार नहुँदा ठूलो संख्यामा किसानको रोपाइँ नै प्रभावित बन्न पुगेको छ । यता तिर भने कसैको ध्यान गएको देखीँदैन ।
मन्त्री, सांसद तथा दलका नेताहरू खेतमा पुगेर धान रोपेका तस्बिर त खिचाए । तर, हरेक वर्ष किसानलाई चिन्तित बनाइरहेको मल अभाव र लम्पी स्किनको समाधान भने नेताहरूले पनि दिन सकेनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: