Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कालिज पालनमा रमाउँदै कृषक

खबरडबली संवाददाता

मोरङ । मोरङ मिक्लाजुङ गाउँपालिका–६ का कृषक सन्तोष बोहोराले व्यावसायिकरूपमा कालिजपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्। आफ्नै देशमा केही कृषिकर्म गर्ने सोचले २९ वर्षीय सन्तोषले हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरी व्यावसायिकरूपमा कालिजपालन गरेका हुन्।

कालिजपालनबाट अहिले खर्च कटाएर मासिकरूपमा एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको सन्तोषले बताए। उनले कालिजका लागि सम्भावना तथा बजारको अवस्था राम्रो रहेको उल्लेख गरे।

सुरूमा ब्रोइलर कुखुरापालन गर्नुभएका सन्तोषले यसबाट राम्रो आम्दानी हुन नसकेपछि बैंकको जागिर छाडेर रू १० लाख ऋण लगानीबाट कालिजपालन गर्नुभएको थियो। एक सय ५० वटा कालिजबाट सुरू गरेको फार्ममा अहिले एक हजार पाँच सय कालिज छन्। 

सन्तोषले भने, “आम्दानीको हिसाबले राम्रो रहेको कालिजपालन व्यवसायको बजारीकरणमा कुनै समस्या छैन।”

नेपाल सरकारले व्यावसायिक कालिजपालनलाई अनुमति दिएको चाल पाएर कृषिमा केही राम्रो काम गर्छु भन्ने सोचले अगाडि बढेको सन्तोषले उल्लेख गर्नुभयो। व्यावसायिकरूपमा विगत चार वर्षदेखि कालिजपालन गर्दै आउनुभएका सन्तोषले आफ्नै फार्ममा ह्याचिङ गरी चल्ला उत्पादन गरेर बजारमा अण्डा तथा मासु पनि बिक्रीवितरण गर्दै आएका छन्।

“स्थानीय बजारका साथै विराटनगर, झापा, तेह्रथुम, ताप्लेजुङ, धरान धनकुटालगायत कोशी प्रदेशभरि कालिजको बजार विस्तार गर्न सफल भएको छु”, उनले भने, “फार्ममा स्थानीय केही कामदारले रोजगारीसमेत पाउन सफल भएका छन्। एशियन मुलुकबाहेक युरोपको विभिन्न देशमा अहिले व्यावसायिक कालिजपालन फस्टाएको छ।”

कालिजपालनका लागि खासै तापक्रमले प्रभाव पार्न नसक्ने उनको अनुभव रहेको छ। “जहाँको मौसममा चल्ला उत्पादन गरियो त्यही मौसम तथा घामपानीमा कालिज पाल्दा उपयुक्त हुन्छ”, उनी बताउँछन्। कालिजपालन फरक व्यवसाय भएकाले यसबाट आत्मसन्तुष्टि मिल्नुका साथै आम्दानीको स्रोत बलियो बनेको उनले उल्लेख गरे।

“कालिज आठरनौ महिनामा बिक्री योग्य हुनेछ। स्वास्थ्य कालिजको तौल दुई केजीसम्म हुन्छ, पोथीले नौ महिना पुगेपछि अन्डा पार्न थाल्छ”, सन्तोषले भने, “बजारमा कालिज होलसेल भालेपोथी जोडीको रु चार हजारदेखि खुद्रा भाले जोडीको रु पाँच हजार तथा अन्डा रू ८०  सम्ममा बिक्री हुन्छ।” आफ्नो पाँच कट्ठा जग्गामा कालिजपालन गरेको जानकारी दिँदै उहाँले फार्ममा रू ४० लाख लगानी गरी सुरूआतको ऋण यसैबाट तिर्न सफल बताए। विदेश जाँदाको लगानी तथा मेहनत युवाले स्वदेशमै गर्दा राम्रो हुने बताउँछन्।

नेपालमा पछिल्ला दिनमा कुखुरा, हाँस, अष्ट्रिजलगायतका पक्षीको पालन गरिने पुरानै व्यवसाय भएको भए पनि कालिजलाई नौलो व्यवसाय मानिन्छ। नयाँ व्यवसायका रूपमा युवा किसानले व्यावसायिक कालिजपालन गरेर आफ्नो ठाउँलाई नै चिनाउने काम गरेको मिक्लाजुङ–६ का वडाध्यक्ष खडीबहादुर मगरले सुनाउनुभयो। उनले इच्छाशक्ति भए जुनसुकै राम्रो काम र व्यवसाय गरेर स्वदेशमै आम्दानी गर्न सकिने जनाउँदै सन्तोषलाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending