काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावअघि नै तीन पार्टीका बीचमा मोर्चा बनाउने कुरामा सौद्धान्तिक सहमति गरेको बताएका छन्। उनले समाजवादी मोर्चा नयाँ र हतारमा आएको प्रष्ट्याए।
उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि सामेल भएपछि नयाँ परिस्थिति पनि निर्माण भएको उनको भनाइ छ।
अब त अवधारणपत्र अन्तर्गत हुन्छ । अब उहाँले जे परिवर्तन भएको छ, त्यसलाई स्वीकार गर्ने, रक्षा गर्ने, त्योभन्दा अझ अगाडि जाने भन्ने उहाँहरुको कुरा छ । आफ्ना कुराहरु उहाँहरुले आफ्नो मञ्चबाट भन्नुहुन्छ । हाम्रो साझा मञ्चमा साझा कुरा नै हुन्छ कान्तिपूर टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा भने, मैले एउटा कुरा भनेको थिएँ, सायद तपाईंहरुले पनि सुन्नुभयो र नोट पनि गर्नुभयो होला । हिजो नेकपा बनाउने, वाम आन्दोलनलाई एकीकृत गर्ने प्रस्तावक चाहिँ म नै हो । केपीजीकहाँ गएर पार्टी एकता गर्ने उद्देश्यका साथ चुनावमा मिलेर जाऔं मैले नै भनेको हो पहिला । तर, ‘प्राक्टिकल’ भएन ।
उनले बाबुराम भट्टराईसँग पार्टी नै एउटै बनाउने भन्ने उद्देश्यका साथ चुनाव एउटै चिन्हबाट लडेको उल्लेख गर्दै अहिले समाजवादी केन्द्रमा जाने भन्ने सौद्धान्तिक सहमतिका आधारमा अगाडि बढेको बताए। अहिले पनि बाबुरामजीसँग पार्टी एकताको सहमति भंग नभएको जिकिर गरे।
मेरो त राम्रै छ । उहाँ जनता समाजवादी पार्टीको नेता हुनुहुन्थ्यो । बढो तीतोसँग उपेन्द्रजी र बाबुरामजीको सम्बन्धविच्छेद भयो । त्यो भर्खरै सम्बन्धविच्छेद भएका हुनाले उपेन्द्रजीलाई अलिकति बढी नै असहज भयो । फेरि एउटै मोर्चामा बस्न निकै असहज भयो । मैले चाहिँ बाबुरामजीलाई राखौं, भोलि पार्टी एकता भएपछि त एकता भई नै हाल्छ भनेको थिएँ उनले भने।
उपेन्द्र यादवको पार्टीलाई सहज नभएको हुनाले बाबुरामलाई समेट्न नसकिएको प्रष्टीकरण दिए। उनले माओवादीसँग एकता भएपछि मोर्चामा जोडिने बताए।
उनले मोर्चाको अवधारणाभित्र आए एमालेलाई पनि ढोका खुला रहेको बताए। तर, अहिले तत्काल सम्भव नदेखेको उनको भनाइ छ। उनले शेरबहादुर देउवासमेत भएको बेलामा पहिलोचोटि समाजवादी मोर्चा बनाउने तीन दलबीच सहमतिपत्रमा हस्ताक्षर गरेको बताए।
उनले भने, शेरबहादुर देउवाजी चाहनुहुन्थ्यो कि छिटो तपाईंहरूको मोर्चा बनोस् । उहाँलाई विश्वास थियो । उहाँ भनिरहनुहुन्थ्यो कि छिटो मोर्चा बनाउनुस् भनेर । मोर्चा बनाउनु उचितै हो भन्नेमा उहाँको पनि सहमति छ ।
उनले कांग्रेसलाई गठबन्धनमा दबाबमा राख्न मोर्चा नबनाएको प्रष्ट्याए। उनले एमालेसँग भावनामा आएर गरिएकाले सफल नभएको बताए।
उनले भने, 'मैले कतिपय साथीहरूलाई, कतिपय प्रश्नकर्ताहरूलाई यो मोर्चा घोषणा हुन सायद अझै दुई–तीन महिना लाग्न सक्छ है, हामी सैद्धान्तिक रुपमा त सहमत छौं भनेको पनि थिएँ । जब माधव नेपालजी, उपेन्द्रजी, विप्लवजीसमेत छिटो घोषणा गरौं भनेर मकहाँ आएपछि ल तपाईंहरू नै सबै घोषणा गरौं भनें ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: