Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

लन्डनमा गोर्खा वारियरको प्रिमियरमा हर्क साम्पाङ सहभागी हुने

खबरडबली संवाददाता
खबरडबली संवाददाता

काठमाडौं ।  विश्व प्रसिद्ध नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ ।

त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार अर्थात आगामी २४ भदौमा गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ ।

अब सो भव्य प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले धरान पुगेर बुधबार मेयर साम्पाङलाई सो प्रिमियरमा निम्तो दिएका छन् ।

मेयर साम्पाङले आफुलाई धरानका विभिन्न परियोजनामा बेलायतबासी नेपालीहरुले धेरै नै सहयोग गरेको कुरा सो भेटमा निर्देशक चम्सलाई बताएका छन् । सो सहयोगको लागि धन्यबाद ज्ञापन गर्नका साथै अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भव्य प्रिमियरमा आफु अतिथिको रुपमा सहभागी हुन लन्डन जाने कुरा मेयर साम्पाङले निर्देशक चाम्सलाई बताएका छन् ।

प्रिमियर शोका लागि निम्तापत्र ग्रहण गर्दै मेयर साम्पाङले गोर्खालीहरुको सान मानिएको अन्तराष्ट्रिय चलचित्र गोर्खा वारियरले बीर नेपालीलाई विश्वव्यापी रुपमा चिनाउने विश्वास व्यक्त गरेका छन् । उनले सो प्रिमियरमा आफुलाई निम्ता गरेकोमा धन्यबाद ज्ञापन गरेका छन् ।

निर्देशक चाम्सका अनुसार यो  प्रिमियरमा हलिउडका विभिन्न सेलिब्रेटीहरु, हलिउडकै फिल्म डिस्ट्रिब्युटरहरुसँगै बेलायतका राजपरिवार, सांसदहरु, स्थानीय निकाय प्रमुखहरु, बेलायती सैनिकका जनरल, बृटिस गुर्खा सैनिकका विभिन्न ओहदाका अफिसरहरु, बेलायतमा रहेको नेपाली राजदुतावास, काउन्सिलका पदाधिकारीहरु, विभिन्न सरकारी र गैर सरकारी संघ संस्था एवम् निकायका उच्च ओहदाका व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ ।

यस्तै नेपालबाट नेपाल सरकारका विशिष्ट व्यक्तिहरुलाई पनि सो प्रिमियरमा निमन्त्रणा गरिने कार्यको थालनी भएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending