ताप्लेजुङ । गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएको पहिरामा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । अहिले स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् ।
सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो । चार जनामध्ये आइतबार बिहान एक जनाको शव भेट्टिएको थियो भने एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको र उनीहरूको खोजतलास तथा उद्धार जारी रहेको जानकारी दिए ।
जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा–६ मेहेलेमा पहिरामा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ । गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ का केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो । सोही पहिरामा परी ४५ वर्षीय राजकुमार राई गग्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो । घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८३ - २०:४६
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व चयनको बहस फेरि एकपटक रोचक मोडमा पुगेको छ। बाहिरबाट हेर्दा यो सामान्य ‘पद बाँडफाँड’ जस्तो देखिए पनि भित्रभित्रै...
बैशाख १४ गते, २०८३ - २०:३३
विभागहरूमा कसले ‘कमान्ड’ सम्हाल्ने भन्ने रस्साकस्सी
बैशाख १४ गते, २०८३ - २०:३०
सरकारी टोलीसँग संवाद गर्ने मौका मिलेन, हल्ला र सूचना फरक कुरा हो
बैशाख १४ गते, २०८३ - २०:१७
म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको ...
बैशाख १४ गते, २०८३ - २०:०५
उदयपुर । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका छन् । जि...
बैशाख १४ गते, २०८३ - २०:०२
चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेप...
बैशाख १४ गते, २०८३ - १०:३६
गर्भपतनकै जटिलतामा अकालमै गुमिरहेका छन् आमाहरू
बैशाख १४ गते, २०८३ - १०:१७
ओखलढुंगा । कहिलेकाहीँ राजनीतिमा परिणामहरू यस्ता आउँछन्, जसले केवल जित–हार मात्रै होइन, त्यसपछिको चरित्रलाई पनि परिक्षणमा राख्छ। गतज फागुनको निर्वाचन प...
बैशाख १४ गते, २०८३ - ०९:४५
काभ्रेपलाञ्चोक । शनिबार साँझको बाढीले थलिएको बीपी राजमार्ग अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मर्मतको प्रयास भइरहे पनि प्रकृतिको अर्को प्रहारले ...
बैशाख १४ गते, २०८३ - ०९:२९
भाेजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से ख...


प्रतिकृया लेख्नुहोस्: