Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पीडा मेटाउन पीडित भेट्दै खोटाङ प्रहरी

खबरडबली संवाददाता

ओखलढुंगा । शुक्रबार अचानक प्रहरी आफ्नो घरमा आएको देखेर खोटाङको जन्तेढुंगाका मानबहादुर विक अचम्मित भए । प्रहरी निरीक्षक राजु निरौलले नमस्कार गर्दै उनको हालखबर सोधेपछि उनलाई थप कौतुहलता जाग्यो । 

२०७४ सालमा उनकी श्रीमतीको हत्या भएको थियो । अहिलेसम्म आरोपितको न पहिचान भएको छ, न समातिएका छन् । उनलाई प्रहरी घरैमा आएर सोधिखोजी गर्दा न्याय पाइने आश जागेको छ । 

उनले हत्यारालाई कारवाही हुने आश मारिसकेका रहेछन् । प्रहरी घरैमा आएर सोधिखोजी गर्ने कुरा कल्पना समेत नगरेको बताए । उक्त घटनाका पीडितको घरमा प्रहरी ‘पीडितसँग पुनः भेटघाट’ (भिक्टिम रि–भिजिट) कार्यक्रम अन्र्तगत पुगेको थियो । यसले पीडितलाई न्याय पाइने आश पनि जगाएको छ । 

हलेसी, कात्तिकेकी जेष्ठ नागरिक सानिका राईलाई प्रहरी आइपुग्दा पुरानो घटनाले झस्कायो । उनीमाथि ज्यान मार्ने उद्योग गर्ने आरोपित जेलमा छन् । उनको सामाजिक अवस्था बुझ्न प्रहरी शुक्रबार पुगेको थियो । अपराध पीडित नागरिकको सामाजिकीकरणको अवस्थाका बारेमा बुझ्न प्रहरी घर घरै जान थालेको छ । यसबाट पीडितहरुको मनोबल बढ्ने र अपराध अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीको विश्वास छ । 

जिल्ला प्रहरी कार्यालय खोटाङले प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अनुमति लिएर ‘पीडितसँग पुनः भेटघाट’ कार्यक्रम शुरु गरेको छ । जिल्लाका १० स्थानीय तहमा ११ जना फोकल पर्सन तोकर कार्यक्रम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएस्पी मञ्जिल मुकारुङले बताए ।

प्रहरीले तराइका केही जिल्लामा यस्ता कार्यक्रम विगतमा ल्याए पनि पहाडी जिल्लामा भने पहिलो पटक शुरु गरिएको छ । यस्ता कार्यक्रमले पीडितलाई राज्यले हेर्दै छ है भन्ने भरोसा हुने र अपराध अनुसन्धानका लागि सुचना प्राप्त हुने, स्थानीय भूगोल र सामाजिक अवस्थितिका बारेमा पनि जानकारी सहज रुपमा प्राप्त हुने डिएस्पी मुकारुङको भनाइ छ । प्रहरीले शुक्रबार मात्रै ३४ जना पीडितहरुलाई भेटघाट गरेर अपराध अनुसन्धानको अवस्था र न्यायिक प्रकृयाका बारेमा समेत जानकारी गराएको छ । 

प्रहरीबाट आफू विरुद्ध हत्या प्रयास गरेका आरोपित भदौमा छुट्न लागेको जानकारी पाएकी हलेसीकी सानिका राईले जेलबाट छुटेपछि ती आरोपितबाट आफु असुरक्षित हुने अवस्था रहने भन्दै सुरक्षा प्रबन्ध गर्न अनुरोध गरेकी छिन् । प्रहरीले सुरक्षाको सुनिश्चिता गर्ने प्रतिबद्धता जनाएर फर्किएको छ । भिक्टिम रि भिजिटमा प्रहरीले बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरुलाई भने गोपनियता भंग हुने भएकाले भेटघाट गरेको छैन ।

अभियानले नागरिक–प्रहरी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने र प्रहरीले हाम्रो पक्षमा काम गरिरहेको छ भन्ने सन्देश प्रवाह हुने कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले बताए । खोटाङबाट परिक्षणका रुपमा शुरु गरिएको कार्यक्रम प्रभावकारी देखिएकाले अर्को हप्ताबाट अन्य जिल्लाहरुमा विस्तार गरिने पनि डिआइजी बास्तोलाले जानकारी दिए । 

घटना घट्दा तत्काल सुवत प्रमाण र घटनाको पृष्ठभूमिमा केन्द्रित हुने प्रहरी त्यसपछि फर्किएर नजाँदा त्रसित भइरहने पीडितको पछिल्लो अवस्था थाहा पाउन यस्ता कार्यक्रम प्रभावकारी हुने स्थानीय बताउँछन् । बेलाबेलामा पीडितसँग भेटघाट गर्दा पीडामा रहेलाई सान्त्वना प्राप्त हुने, अनुसन्धानमा थप कुरा पत्ता लाउन पनि सहयोग पुग्ने अपेक्षा लिइएको छ । यस्ता कार्यक्रमले प्रहरी गाउँ गाउँमा पुगिरहने भएकाले अपराधका घटना पनि कम हुने सरोकारबालाको भनाइ छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending