Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

पीडा मेटाउन पीडित भेट्दै खोटाङ प्रहरी

खबरडबली संवाददाता

ओखलढुंगा । शुक्रबार अचानक प्रहरी आफ्नो घरमा आएको देखेर खोटाङको जन्तेढुंगाका मानबहादुर विक अचम्मित भए । प्रहरी निरीक्षक राजु निरौलले नमस्कार गर्दै उनको हालखबर सोधेपछि उनलाई थप कौतुहलता जाग्यो । 

२०७४ सालमा उनकी श्रीमतीको हत्या भएको थियो । अहिलेसम्म आरोपितको न पहिचान भएको छ, न समातिएका छन् । उनलाई प्रहरी घरैमा आएर सोधिखोजी गर्दा न्याय पाइने आश जागेको छ । 

उनले हत्यारालाई कारवाही हुने आश मारिसकेका रहेछन् । प्रहरी घरैमा आएर सोधिखोजी गर्ने कुरा कल्पना समेत नगरेको बताए । उक्त घटनाका पीडितको घरमा प्रहरी ‘पीडितसँग पुनः भेटघाट’ (भिक्टिम रि–भिजिट) कार्यक्रम अन्र्तगत पुगेको थियो । यसले पीडितलाई न्याय पाइने आश पनि जगाएको छ । 

हलेसी, कात्तिकेकी जेष्ठ नागरिक सानिका राईलाई प्रहरी आइपुग्दा पुरानो घटनाले झस्कायो । उनीमाथि ज्यान मार्ने उद्योग गर्ने आरोपित जेलमा छन् । उनको सामाजिक अवस्था बुझ्न प्रहरी शुक्रबार पुगेको थियो । अपराध पीडित नागरिकको सामाजिकीकरणको अवस्थाका बारेमा बुझ्न प्रहरी घर घरै जान थालेको छ । यसबाट पीडितहरुको मनोबल बढ्ने र अपराध अनुसन्धानमा थप सहयोग पुग्ने प्रहरीको विश्वास छ । 

जिल्ला प्रहरी कार्यालय खोटाङले प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अनुमति लिएर ‘पीडितसँग पुनः भेटघाट’ कार्यक्रम शुरु गरेको छ । जिल्लाका १० स्थानीय तहमा ११ जना फोकल पर्सन तोकर कार्यक्रम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएस्पी मञ्जिल मुकारुङले बताए ।

प्रहरीले तराइका केही जिल्लामा यस्ता कार्यक्रम विगतमा ल्याए पनि पहाडी जिल्लामा भने पहिलो पटक शुरु गरिएको छ । यस्ता कार्यक्रमले पीडितलाई राज्यले हेर्दै छ है भन्ने भरोसा हुने र अपराध अनुसन्धानका लागि सुचना प्राप्त हुने, स्थानीय भूगोल र सामाजिक अवस्थितिका बारेमा पनि जानकारी सहज रुपमा प्राप्त हुने डिएस्पी मुकारुङको भनाइ छ । प्रहरीले शुक्रबार मात्रै ३४ जना पीडितहरुलाई भेटघाट गरेर अपराध अनुसन्धानको अवस्था र न्यायिक प्रकृयाका बारेमा समेत जानकारी गराएको छ । 

प्रहरीबाट आफू विरुद्ध हत्या प्रयास गरेका आरोपित भदौमा छुट्न लागेको जानकारी पाएकी हलेसीकी सानिका राईले जेलबाट छुटेपछि ती आरोपितबाट आफु असुरक्षित हुने अवस्था रहने भन्दै सुरक्षा प्रबन्ध गर्न अनुरोध गरेकी छिन् । प्रहरीले सुरक्षाको सुनिश्चिता गर्ने प्रतिबद्धता जनाएर फर्किएको छ । भिक्टिम रि भिजिटमा प्रहरीले बलात्कार तथा यौनजन्य हिंसाका पीडितहरुलाई भने गोपनियता भंग हुने भएकाले भेटघाट गरेको छैन ।

अभियानले नागरिक–प्रहरी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने र प्रहरीले हाम्रो पक्षमा काम गरिरहेको छ भन्ने सन्देश प्रवाह हुने कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले बताए । खोटाङबाट परिक्षणका रुपमा शुरु गरिएको कार्यक्रम प्रभावकारी देखिएकाले अर्को हप्ताबाट अन्य जिल्लाहरुमा विस्तार गरिने पनि डिआइजी बास्तोलाले जानकारी दिए । 

घटना घट्दा तत्काल सुवत प्रमाण र घटनाको पृष्ठभूमिमा केन्द्रित हुने प्रहरी त्यसपछि फर्किएर नजाँदा त्रसित भइरहने पीडितको पछिल्लो अवस्था थाहा पाउन यस्ता कार्यक्रम प्रभावकारी हुने स्थानीय बताउँछन् । बेलाबेलामा पीडितसँग भेटघाट गर्दा पीडामा रहेलाई सान्त्वना प्राप्त हुने, अनुसन्धानमा थप कुरा पत्ता लाउन पनि सहयोग पुग्ने अपेक्षा लिइएको छ । यस्ता कार्यक्रमले प्रहरी गाउँ गाउँमा पुगिरहने भएकाले अपराधका घटना पनि कम हुने सरोकारबालाको भनाइ छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending