Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन सञ्चार गृहको आग्रह

खबरडबली संवाददाता

झापा । नारी सञ्चार गृह झापाले पत्रकार महासंघले ल्याएको सदस्यता शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन आग्रह गरेको छ ।

संचार गृहकी अध्यक्ष रेजिना गौतमले  नेपाल पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै  यस्तो आग्रह गरेकी हुन् ।

सञ्चार गृहको टोलीले नेपाल पत्रकार महासंघ झापा र शाखामार्फत पत्रकार महासंघ कोशी प्रदेश तथा  केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाउँदै   पत्रकारितामा विगत ३ वर्षयता पूर्ण रुपमा निश्क्रिय नरहेका महिला पत्रकारहरुलाई शुद्धीकरणको कसीमा नराख्न माग गर्दै महिला पत्रकारको सदस्यता शुद्धीकरण गर्नु अघि गम्भिर र संवेदनशिल हुन माग गरेको हो ।

संस्थाले बुझाएको ध्यानाकर्षण पत्रमा –‘संचार गृहले बुझाएको ध्यानाकर्षण पत्रमा शुद्धिकरण निष्पक्ष र निस्वार्थ रुपमा गराउन स्मरण गराउँदै प्राकृतिक नियम र सृष्टि संरचना निरन्तरता अन्तरगतको पाटो सम्हाल्दै पत्रकारितामा आएको महिलाहरु कुनै बेला अत्याधिक सक्रिय हुने र कुनै बेला कम सक्रिय हुनसक्छन् । तसर्थ विगत ३ वर्षयता पूर्ण निश्क्रिय नभएका महिला पत्रकारहरुलाई शुद्धिकरणको कसीमा नराख्न नेपाल पत्रकार महासंघ झापा शाखा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको नारी सञ्चार गृह झापा ध्यानाकर्षण गराउँदछ ।’ भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै महासंघ जिल्ला अध्यक्ष एकराज गिरीले शुद्धीकरण अभियानमा विभिन्न पेशागत संगठनहरु छलफलपछि संघ–संगठनले महासंघले नै गर्नुपर्ने धारणा राखेपछि महासंघको कार्यसमितिमा रहेका सबै संगसंगठनका प्रतिनिधित्व हुने गरी बनाएको कार्यदलले ल्याएको नामलाई सिफारिस गरिएको जानकारी दिए । 

शुद्धीकरणका सन्दर्भमा जिल्लाले गर्ने बाटो सकिएपनि प्रदेशले नाम सार्वजनिक गरेपछि प्रमाणसहित निवेदन हाल्न सक्ने जानकारी दिंदै केही कमीकमजोरी भए त्यसलाई सच्याउन महासंघले सकारात्मक भूमिका खेल्ने बताए ।

उनले प्रमाण सहित प्रदेशमा निवेदन दिन महासंघले यसमा सहयोग गर्ने जनाएका छन् । कार्यक्रममा महासंघका अध्यक्ष गिरी, उपाध्यक्षद्वय केशव भट्टराई र शुसिला संग्रौला थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending