Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन सञ्चार गृहको आग्रह

खबरडबली संवाददाता

झापा । नारी सञ्चार गृह झापाले पत्रकार महासंघले ल्याएको सदस्यता शुद्धिकरण गर्दा महिला पत्रकारहरुको सवालमा संवेदनशील हुन आग्रह गरेको छ ।

संचार गृहकी अध्यक्ष रेजिना गौतमले  नेपाल पत्रकार महासंघ झापा जिल्ला अध्यक्ष एकराज गिरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै  यस्तो आग्रह गरेकी हुन् ।

सञ्चार गृहको टोलीले नेपाल पत्रकार महासंघ झापा र शाखामार्फत पत्रकार महासंघ कोशी प्रदेश तथा  केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाउँदै   पत्रकारितामा विगत ३ वर्षयता पूर्ण रुपमा निश्क्रिय नरहेका महिला पत्रकारहरुलाई शुद्धीकरणको कसीमा नराख्न माग गर्दै महिला पत्रकारको सदस्यता शुद्धीकरण गर्नु अघि गम्भिर र संवेदनशिल हुन माग गरेको हो ।

संस्थाले बुझाएको ध्यानाकर्षण पत्रमा –‘संचार गृहले बुझाएको ध्यानाकर्षण पत्रमा शुद्धिकरण निष्पक्ष र निस्वार्थ रुपमा गराउन स्मरण गराउँदै प्राकृतिक नियम र सृष्टि संरचना निरन्तरता अन्तरगतको पाटो सम्हाल्दै पत्रकारितामा आएको महिलाहरु कुनै बेला अत्याधिक सक्रिय हुने र कुनै बेला कम सक्रिय हुनसक्छन् । तसर्थ विगत ३ वर्षयता पूर्ण निश्क्रिय नभएका महिला पत्रकारहरुलाई शुद्धिकरणको कसीमा नराख्न नेपाल पत्रकार महासंघ झापा शाखा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको नारी सञ्चार गृह झापा ध्यानाकर्षण गराउँदछ ।’ भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै महासंघ जिल्ला अध्यक्ष एकराज गिरीले शुद्धीकरण अभियानमा विभिन्न पेशागत संगठनहरु छलफलपछि संघ–संगठनले महासंघले नै गर्नुपर्ने धारणा राखेपछि महासंघको कार्यसमितिमा रहेका सबै संगसंगठनका प्रतिनिधित्व हुने गरी बनाएको कार्यदलले ल्याएको नामलाई सिफारिस गरिएको जानकारी दिए । 

शुद्धीकरणका सन्दर्भमा जिल्लाले गर्ने बाटो सकिएपनि प्रदेशले नाम सार्वजनिक गरेपछि प्रमाणसहित निवेदन हाल्न सक्ने जानकारी दिंदै केही कमीकमजोरी भए त्यसलाई सच्याउन महासंघले सकारात्मक भूमिका खेल्ने बताए ।

उनले प्रमाण सहित प्रदेशमा निवेदन दिन महासंघले यसमा सहयोग गर्ने जनाएका छन् । कार्यक्रममा महासंघका अध्यक्ष गिरी, उपाध्यक्षद्वय केशव भट्टराई र शुसिला संग्रौला थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफू खेल्ने उमेरमा दुई बहिनीको अभिभावक बने ८ वर्षीय शेखर

सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल भित्रिने, किसानलाई अभाव नहुने सरकारको दाबी

काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...

आजका लागि कालीमाटीले तोक्यो तरकारी तथा फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...

रुकुमपूर्वमा जिप दुर्घटना हुँदा ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...

देशभर वर्षाको क्रम जारी, पश्चिममा भारी वर्षाको सम्भावना, पूर्वी तराई अझै सुक्खा

काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...

बँदेल थाप्न श्रीमान्ले बिछ्याएको करेन्टको पासोमा परेर श्रीमतीको मृत्यु

बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...

उपसभामुख रुवी ठाकुरको संसद सञ्चालन शैलीमाथि बहस, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...

आठ वर्षदेखि कागजमै सीमित गण्डकीका गौरव आयोजना, संघीय निर्णय नहुँदा औद्योगिक क्षेत्र निर्माण ठप्प

पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending