गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको धर्मशाला भाडामा लगाउनका लागि गुठी संस्थानले बोलपत्र खुलाएपछि विवाद सुरु भएको छ । मन्दिर अगाडि रहेको धर्मशालामा गुठी संस्थानले व्यवसाय सञ्चालन गर्नका लागि बोलपत्र आह्वान गरेपछि स्थानीयवासीले विरोध गरेका छन् ।
धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा मन्दिरमा आउने भक्तजनलाई बास बस्नका लागि सेवा सुविधा गरी धर्मशाला सञ्चालनमा ल्याउनुपर्ने जनाउँदै श्री मनकामना माई गुठीका गुठियार र स्थानीयवासीले विरोध गरेको स्थानीयवासी दिनेश श्रेष्ठले बताए ।
मनकामना क्षेत्र विकास समितिले मन्दिरको गुरुयोजनामै धर्मशालामा भक्तजनलाई सुलभ मूल्यमा बसोबासका लागि व्यवस्था मिलाउने योजना प्रस्ताव गरेको भन्दै पुनः व्यक्तिलाई दिएर व्यवसाय सञ्चालन गर्न खोज्नु गलत भएको स्थानीयवासीको भनाइ छ ।
मनकामना गुठीले यही असार २ गते होटल सञ्चालनका लागि भन्दै गरिएको बोलपत्र रद्द गर्न गुठी संस्थानलाई पत्र पठाएको मनकामना गुठीका प्रमुख भीमबहादुर श्रेष्ठले बताए ।
“धर्मशाला हाल जीर्ण भइसकेको र विसं २०७२ को भूकम्पपश्चात प्राविधिक जाँचका क्रममा रातो चिह्न लगाई जोखिमपूर्ण निर्धारण भएको भन्दै धर्मशालालाई पुनःनिर्माण गर्नुपर्ने भनेर संस्थानलाई जानकारी गराइसकिएको भए पनि मर्मत गर्नुको साटो उल्टै पुनः बोलपत्रको आह्वान गर्नु सरासर जनमतको खिलाफ हो”, मनकामना गुठीले संस्थानलाई पठाएको पत्रमा भनिएको छ ।
पत्रमा भवनलाई पुनः व्यापारिक प्रयोजनमा ल्याउन खोजे मनकामना गुठी परिवार तथा सम्पूर्ण जनसमुदाय कडा प्रतिकारमा उत्रन बाध्य हुने उल्लेख गरिएको छ । विसं २०७२ को गोरखा भूकम्पपछि मनकामना मन्दिर जीर्णोद्वारसँगै धर्मशालालाई पनि धर्मशालाकै रूपमा विकास गरी भक्तजनलाई सेवा सुविधा दिने गरी गुरुयोजना तयार भएको स्थानीयवासीको भनाइ छ ।
गुरुयोजनाअनुसार धर्मशाला पछाडि रहेको स्थानलाई समेत समेटेर वनभोजस्थलका रूपमा विकास गर्ने लक्ष्य मनकामना क्षेत्र विकास समितिले राखेको छ । स्थानीवासीकोे अनुरोध र आग्रहलाई बेवास्ता गर्दै पुनः बोलपत्र आह्वान भएकाले यसमा ठूलो आर्थिक चलखेल हुनसक्ने श्रेष्ठले बताए ।
चौतर्फी विरोध हुँदा पनि गुठी संस्थान यस विषयमा मौन बस्नु झनै शङ्कास्पद देखिएको उद्योग वाणिज्य सङ्घ मनकामना एकाइका अध्यक्ष हरि श्रेष्ठले बताए । उनले धर्मशालालाई पुनःनिर्माण गरी धर्मशालाकै रूपमा सञ्चालन गर्नुपर्ने भन्दै अब कुनै हालतमा अन्य व्यावसायिक प्रयोजनका लागि भाडामा लगाउन नदिने बताए ।
गएको ४० वर्षदेखि धर्मशालालाई गुठी संस्थानले व्यापारिक प्रयोजनका लागि भन्दै व्यक्तिलाई भाडामा दिएर आम्दानी गर्दै आएको थियो । संस्थानले व्यवसाय सञ्चालन गर्न जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर बोलपत्र आह्वान गरेसँगै मनकामनावासीले धर्मशालामा होटल सञ्चालन गर्न नहुने भन्दै विरोध सुरु गरेका हुन् । गुठी संस्थानले मासिक न्यूनतम रु एक लाख भाडा तिनुपर्ने गरी धर्मशालामा व्यवसाय सञ्चालनका लागि बोलपत्र आह्वान गरेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: