Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

ताप्लेजुङमा ५१ घर उच्च जोखिममा

खोज तथा उद्धारकार्यका लागि सास्ती

खबरडबली संवाददाता

ताप्लेजुङ । निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्णरुपमा क्षति भएको छ । निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो । शनिबार रात गएको बाढी पहिरोले ताप्लेजुङको सिदिङवा–५ मेहेलेमा एक युवकको मृत्यु भएको छ । 

त्यस्तै तीनजना बेपत्ता रहेका छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक घाइते भएको हुनुभएको । उहाँको उपचार भइरहेको छ । सिरिजङ्गा गाउँपालिकामा सात घर सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका एक गरी ५१ घर परिवार उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

यता सिरिजङ्गामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीन  पक्की मोटरेबल पुल पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ । सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा गाई पाँच, भैँसी दुई बाख्रा आठ बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ । 

सिरिजङ्गामा चार, सिदिङवामा चार र पाथीभरा याङवरकामा एक गरि नौ घर पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

त्यस्तै सिदिङवामा एक र सिरिजंगामा एक गरी दुई  विद्युत् गृह पूर्णरुपमा क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा–८ याम्फुदीनमा र ७ खेवाङमा गरी सात  सरकारी कार्यालय पूर्ण रुपमा क्षति भएको छ । सिरिजङ्गा –८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै एक कुखुरा फर्म पूर्ण रुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा –८ याम्फुदीनमा एक सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ । 

उद्धारमा सास्ती 

ताप्लेजुङमा आइतबार आन्तरिक तथा बाह्य यातायातका साधन सञ्चालन हुन सकेन । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको लागि खोज तथा उद्धारकार्यका लागि सास्ती भएको हो । 

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताउनुभयो । तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्धएकाले छोटो र लामो दूरी छुट्ने सवारी साधन ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गए राति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ । सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए ।

व्यवस्थापन समितिकाका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् । सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् । विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ । 

गए रात ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिर सडक र पुलमा क्षति पुर्‍याउँदा करिब रु ५० करोड रकम बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रलयाले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending