ललितपुर । काठमाडौँका विभिन्न स्थानबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको खोलामा मिसाएको भन्दै ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ । सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको क्षेत्रमा पर्ने खोलामा मिसाएको भेटेपछि महानगरले ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
गत जेठ २५ गते ललितपुर महानगरले धोबिखोला क्षेत्रमा रहेको करिडोरबाट खोलामा दिशा पिसाबसहितको फोहोर फाल्दै गरेको अवस्थामा दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रति सवारीसाधन ५० हजार जरिवाना तिराएको ललितपुर महानगरका सुरक्षा प्रमुख सीताराम हाछेथुले बताए ।
काठमाडौँका विभिन्न क्षेत्रबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा तथा पिशाब ललितपुरको च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको स्थान भित्रबाट धोबीखोला फाल्ने गरेको पाइए पछि सवारी साधन नियन्त्रणमा लिएकाे ललितपुर महानगरपालिकाले जनाएकाे छ । अनुगमनका क्रममा महानगर प्रहरीले बा ३ ख २८० र बा३ख ९४०३ नम्बरको गाडी नियन्त्रणमा लिएको थियो । त्यसपछि कारवाहीको प्रक्रिया अगाडि बढाएको महानगरले आइतबार प्रति सवारीसाधन ५० हजार रुपैयाँका जरिवाना तिराएर फेरि फोहोर नफाल्ने शर्तमा छाडेको छ ।
ललितपुर महानगरपालिकाले महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ को उपदफा ६ बमोजिम ती सवारी साधनलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: