ललितपुर । काठमाडौँका विभिन्न स्थानबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको खोलामा मिसाएको भन्दै ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ । सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको क्षेत्रमा पर्ने खोलामा मिसाएको भेटेपछि महानगरले ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
गत जेठ २५ गते ललितपुर महानगरले धोबिखोला क्षेत्रमा रहेको करिडोरबाट खोलामा दिशा पिसाबसहितको फोहोर फाल्दै गरेको अवस्थामा दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रति सवारीसाधन ५० हजार जरिवाना तिराएको ललितपुर महानगरका सुरक्षा प्रमुख सीताराम हाछेथुले बताए ।
काठमाडौँका विभिन्न क्षेत्रबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा तथा पिशाब ललितपुरको च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको स्थान भित्रबाट धोबीखोला फाल्ने गरेको पाइए पछि सवारी साधन नियन्त्रणमा लिएकाे ललितपुर महानगरपालिकाले जनाएकाे छ । अनुगमनका क्रममा महानगर प्रहरीले बा ३ ख २८० र बा३ख ९४०३ नम्बरको गाडी नियन्त्रणमा लिएको थियो । त्यसपछि कारवाहीको प्रक्रिया अगाडि बढाएको महानगरले आइतबार प्रति सवारीसाधन ५० हजार रुपैयाँका जरिवाना तिराएर फेरि फोहोर नफाल्ने शर्तमा छाडेको छ ।
ललितपुर महानगरपालिकाले महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ को उपदफा ६ बमोजिम ती सवारी साधनलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - ०९:३२
सिरहा। अधिकांश बालबालिका खेल्दै, रमाउँदै बाल्यकाल बिताइरहेका हुन्छन्। तर सिरहाको गोलबजार नगरपालिका–९ डण्डाका ८ वर्षीय शेखर यादवको बाल्यकाल भने दुई सान...
आषाढ़ १७ गते, २०८३ - ०८:५७
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। धान रोपाइँ...
आषाढ़ १७ गते, २०८३ - ०८:४७
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज ठूलो नेप...
आषाढ़ १७ गते, २०८३ - ०८:४५
कैलाली । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । अस्पतालमा ती ...
आषाढ़ १७ गते, २०८३ - ०८:४२
रुकुमपूर्व । सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट-दादिङ भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा ६ महिनाका एक शिशुसहित ५ जना घाइते भएका छन् । र...
आषाढ़ १७ गते, २०८३ - ०८:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ । चितवनको भरतपुरमा भएको पहि...
आषाढ़ १७ गते, २०८३ - ०८:३२
काठमाडौं। मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका धेरै क्षेत्रमा पानी परिरहेको भए पनि पश्चिम ...
आषाढ़ १७ गते, २०८३ - ०८:३१
बुटवल। गुल्मीमा जंगली बँदेलबाट बाली जोगाउन थापिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र...
आषाढ़ १७ गते, २०८३ - ०८:२८
काठमाडौं। संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहस चुलिएको छ। बैठक सञ्चा...
आषाढ़ १७ गते, २०८३ - ०८:२७
पुँडीटार र लोकाहाखोला औद्योगिक क्षेत्रका लागि डीपीआर तयार, तर जग्गा भोगाधिकार नपाउँदा निर्माण सुरु हुन सकेन



प्रतिकृया लेख्नुहोस्: