Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कुशल र आसिफको अर्धशतकमा नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य

खबरडबली संवाददाता

काठमाडौ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिम जिम्बावेलाई २९१  रनको लक्ष्य दिएको छ।

ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको किर्तिमानी साझेदारी गरेपछि नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायो ।


टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको नेपाललाई कुशल र आसिफले ‘ड्रिम स्टार्ट’ दिलाएका थिए । उनीहरुले पहिलो विकेटका लागि १७१ रनको विशाल साझेदारी गरे, जुन एक दिवसीय अन्तर्राष्ट्रिय म्याचमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो । भुर्तेल दुर्भाग्यपूर्णरुपमा ९९ रनमा आउट भए । उनले ९५ रनको इनिङमा २ छक्का र १३ चौका प्रहार गरेका थिए ।


वेलिङ्टन मासाकाद्जाको बलमा भुर्तेल बोल्ड भएपछि आसिफ पनि छिट्टै पेभिलियन फर्किए । उनले १०० बलमा ७ चौकाको मद्दतले ६६ रन बनाए ।

ओपनर जोडी फर्किएपछि कप्तान रोहित पौडेल र कुशल मल्लबीच ७१ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । रोहितले २९ बलमा ५ चौकासहित ३१ रन बनाए भने मल्लले ४२ बलमा ४१ रन प्रहार गरे । मल्लको इनिङमा ३ छक्का र २ चौका समावेश थिए ।

कुशल मल्ल आउट भएपछि भने नेपालको रन गति कम भयो । अन्तिम ५ ओभरमा नेपालले अपेक्षित रन बटुल्न सकेन । पछिल्ला ओभरहरुमा लगातार विकेट गुमाएपछि नेपाल ३ सय रनको कोसेढुंगा पार गर्न सकेन । आरिफ शेख १०, गुल्शन झा १३ र भिम सार्की ० रनमा आउट भएका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर। बागमती प्रदेश सभाका विपक्षी दलहरुले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् । जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending