काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चामा रहन अस्वीकार गरेका छन् । नेकपा (एमाले)सँग पार्टी एकताका लागि नजिकिएपछि उनले माेर्चामा रहन अस्वीकार गरेका हुन् ।
सत्तारुढ तीन दलले गौतमलाई पनि मोर्चामा ल्याउन पहल गरेका भए पनि गौतमले उक्त मोर्चामा रहन अस्वीकार गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मात्रै रहने गरी सोमबार मोर्चा घोषणा हुने भएकाे हाे ।
बामदेवकाे पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले नेताहरुबाट मोर्चामा रहन प्रस्ताव आएको तर समाजवादका विषयमा आफूहरुले राखेको प्रस्तावमा मोर्चामा रहेका दलहरुले चासो नदेखाएको बताए । पार्टीको तर्फबाट एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई अवधारणा पत्र दिइएको उनले बताए । जसमा एमालेले भने चासो देखाएकाे उनको भनाइ छ ।
समाजवाद प्राप्ति गर्नका लागि कृषि कार्यक्रम के गर्ने ? औद्योगिक कार्यक्रम के गर्ने ? जलसम्बन्धी नीति कस्तो बनाउने ? रोजगारी सिर्जना कसरी गर्ने ? लगायतका विषयमा अवधारणा पत्र दिएकाे उनले बताए । हाम्रो अवधारणापत्रमा तीन दल उदासिन भएको र त्यसमा चासोका साथ एमाले अघि आइरहेकोले एमालेसँग वार्ता चलिरहेको उनले बताए ।
पार्टीले राखेको अवधारणापत्रमा सहमति नभएपछि मोर्चामा नजाने पाण्डेकाे भनाइ छ । अवधारणापत्रमा सहमति भएपछि समाजवादी केन्द्रमा जाने प्रष्ट भएकाे भएपाि त्यहाँ सहमतिको लक्षण नदेखिएको उनले बताए ।
पार्टी कम्युनिस्ट पार्टीको एकताका पक्षमा रहेकाले एमालेबाहेकको मोर्चा अस्वीकार्य रहेको पाण्डे बताउँछन् । उनले हाम्रो उद्देश्य कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने रहेकाे र एमालेलाई एक्लो बनाएर यिनीभन्दा एमाले ठिक–बेठिक भन्ने कोणबाट हाम्रो दृष्टिकोण हुन नसक्न् बताए ।
एमालेले पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद निलम्बन गरेपछि गौतम अहिले पार्टीमा फर्कने र आफूसँग रहेका नेताहरुको व्यवस्थापनका विषयमा छलफलको तयारीमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: