Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

पर्यटन मन्त्रालयले कोशी नलेखेकोमा एमालेको विरोध

खबरडबली संवाददाता

काठमाडौ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशको नाम नचिनेको भन्दै नियमापत्ति जनाएका छन्। 

आइतबार प्रतिनिधि सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा विनियोजन विधेयक २०८० को खर्च शिर्षक र वार्षिक विकास पुस्तिकामाथि छलफल गर्ने कार्यसूची छ। तर सांसदहरूलाई दिइएको पुस्तिकामा प्रदेशको नामहरू उल्लेख नगरी संख्या लेखिएको भन्दै बर्तौलाले नियमापत्ति जनाएका हुन्। 

त्यसबारे उनले, ‘संविधानको धारा २९५ को उपधार २ बमोजिमको व्यवस्था प्रतिकुल विषयमा हामी छलफल गर्न गइरहेका छौं । आजको कार्यसूचीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गरिरहेका छौं । हामी वार्षिक विकास पुस्तिकामा पनि छलफल गरिरहेका छौं । तर, यो पुस्तकमा नेपालको संविधानले दिएको अधिकारभन्दा बाहिर गएर केही विषय उल्लेख गर्नुभएको छ। हाम्रो संविधान र देशले प्रदेश १ चिन्दैन ।’

प्रदेश सभाको दुई तिहाईले नामकरण गरेपनि मन्त्रालयले अस्विकार गरेको उनको भनाई थियो। त्रुटि भएको भएमा त्यसलाई सच्याउनुपर्ने वा कार्यसूचीबाटै हटाउन समेत उनले माग गरेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँके बैजनाथमा ८१६ जनाको कानको उपचार

नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क प्राथमिक कान उपचार शिविरमा ८१६ जनाको कानको उपचार गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सा...

मकवानपुरमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।  ...

स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

लमजुङ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । उनले बुधबार बिहान सामाजिक सञ्जाल ‘फेस...

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, सामान निजी निवासमा सारियो

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...

अदालतको फैसला नआएसम्म महाधिवेशन हुन सक्दैन : श्याम घिमिरे

देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप

कांग्रेसको १५ औँ महाधिवेशन भदौमा

काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...

तौल घटाउने औषधिमा भारतको चेतावनी

नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...

‘तेल भिसा’चलचित्र निर्माता शिवराज कार्की पक्राउ

काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...

कांग्रेसद्वारा संविधान संशोधन अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...

बित्थडचिर गाउँपालिकाका प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: