Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

अविरल वर्षका कारण आएको बाढी र पहिरोमा परी २ को मृत्यु २८ जना बेपत्ता

खबरडबली संवाददाता

काठमाडाैं । कोशी प्रदेशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।  कोशी प्रदेश प्रहरी कार्यालयका  अनुसार सङ्खुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गएको हो । 

हालसम्म २८ जना बेपत्ता रहेका कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका खनुसार सबैभन्दा धेरै बेपत्ता हुने जिल्ला सङ्खुवासभा रहेकाे छ  । सङ्खुवासभामा २० जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।

सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कविहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । यस्तै सोही जिल्लाको मकालु गाउँपालिकामा चार जना बेपत्ता भएको उनले बताए । एक जनाको शव भेटिएको र उनी अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने मजदुर हुन सक्ने अनुमान रहेको छ । बाढीले सङ्खुवासभाको चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा ठूलाे क्षति गरेको छ । 

यस्तै पाँचथर पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एक जना रहेका छन् । 

बाढी पहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ । पुल बगेसँगै राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको डिआइजी बास्तोलाले बताए । 

उता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । बेपत्ता परिवारमध्ये एक जनाको शव निकालिएको छ । यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एक जना भरत तामाङ पनि बेपता भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठुलो क्षति भएको छ । तीन जिल्लाको धेरै ठाउँमा पुलपुलेसाहरु भत्किएको र केही हाइड्रोहरूमा क्षति पुगेको प्रहरीले जनाएको  छ । हाल प्राप्त विवरण अनुसार पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुल पूर्ण रूपमा क्षति पुगेको छ भने तमोर कोरिडोरमा विभिन्न पुलहरू भत्किएका र त्यहाँबाट धनकुटा मुलघाटतिर जाने बाटोको आगमन बन्द भएको प्रहरी प्रमुख डिआइजी बास्तोलाले बताए ।

‘वर्षा रोकिने र पुनः पाजी पर्ने क्रम जारी रहेको हुँदा तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारीहरू तत् ठाउँमा उद्धार कार्यमा लागेका उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन् । कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था रहेको बताउँदै उनले  पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली समेत गएको जानकारी दिए । जोखिममा भएका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending