धनगढी । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका मिटरब्याजी सेख मुनिर खानको घरमा कालो झन्डा र ब्यानर लगाएको छ । खानले मिटरब्याजमा पैसा लगानी गर्दै सम्पत्ति हडपेर कैयौँ व्यक्तिलाई घरबारविहीन बनाएको भन्दै नेकपाले धनगढी– १, पशुपति टोलमा रहेको उनको घरमा शनिबार कालो झन्डा र ब्यानर राखेको हो ।
नेकपा कैलालीका इन्चार्ज प्रकाश मल्लले मिटरब्याजका नाइके खानले थुपै सर्वसाधारणलाई घरबारविहीन बनाएकाले घर ‘कब्जा’ गरिएको बताए । मिटरब्याजपीडितलाई समेत लगेर खानको घरमा झन्डा गाडिएको र पीडितको सम्पत्ति, पैसा फिर्ता नगरे उनीमाथि थप कारबाही गरिने उनले बताए ।
अहिले घरमा झन्डा मात्र गाडीएको बताउँदै उनले मिटरब्याजपीडित सर्वसाधारणसहित त्यहाँ पुग्दा मुनिर घरमा नरहेको बताए । सर्वसाधारणको हडपेको सम्पत्ति र पैसा फिर्ता नगरी घरमा बस्न थाले थप कारबाही गर्ने उनले चेतावनी दिएका छन् । मुनिरले सम्पत्ति हडपेको भनेर ३५ जना सर्वसाधारणले पार्टीमा निवेदन दिएको नेकपाले दाबी गरेको छ ।
सर्वसाधारणबाट हडपेको सम्पत्ति र पैसा फिर्ता गर्न पटकपटक आग्रह गर्दा पनि मुनिरले नसुनेको इन्चार्ज मल्लले बताए । प्रहरी, प्रशासन र अदालतको आडमा मुनिरले सर्वसाधारणमाथि ज्यादती गरेको उनले आरोप लगाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: