बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्।
उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्छ।
गाउँमा उनी 'नमूना कृषक’का नामले पनि चिनिन्छन्। साउँद तीन वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीबाट उनी वार्षिक चार लाख रूपैयाँसम्म कमाउँछन्।
साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले मन नलोभ्याउने शायदै होलान्।
आफूले पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी गोलभेँडा र बन्दासँगै बोडी, अदुवा, बेसारखेती पनि गर्दै आएको साउँद बताउँछन्। 'गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गरिदिँदा सहज भएको छ,' उनले भने।
साउदको परिवारमा पाँच जना छन्। जागिरबाट आउने पैसाले घर चलाउनै मुस्किल परेपछि उनी तरकारी खेतिमा पनि लागेका हुन्। तरकारी खेतीबाट जीवन निर्वाह सहज हुन थालेपछि अहिले छोरालाई स्नातक पढाउन काठमाडौं पठाएका छन्।
तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उनको भनाइ छ।
'गाउँका अन्य किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो । आर्थिक अवस्था कमजोर भएकाले तलबले सबै आवश्यकता पूरा हुन नसकेपछि तरकारी खेती थाले । अहिले राम्रै भएको छ,' उनले भने।
तर, सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजारको अभाव र यातायात सेवा सहज नहुँदा बजारीकरणमा समस्या हुने उनले बताए।
'सिचाइँ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा सङ्कलन गर्न ट्याङ्की छैन,' उनले भने।
सडक विस्तार नभएकाले उत्पादित तरकारी डोकोमा बोकेर सुल्लेखानसम्म पुर्याउनुपर्ने उनले सुनाए। डोकोमा बोकेर बजार लगिएको तरकारी बिकेन भने बोकेरै फिर्ता ल्याउनुपर्छ।
'मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन,' उनले भने।
शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा उक्त क्षेत्रमा सडक अवरुद्ध हुन्छ।
तरकारी खेती आबद्ध किसानलाई व्यवसायिक खेतीका लागि आवश्यक सहयोग गरिँदै आएको शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योति नायकले बताए।
'यो वर्ष पालिकाभित्रका दुई सय ६५ किसानलाई ८० प्रतिशन अनुदानमा बीउबिजन, बाली संरक्षणका दुई सय ९९ लाई नि:शुल्क विषादी दिएका छौँ,' उनले भने, '९० प्रतिशत अनुदानका लागि ८८ कृषकको पोलिहाउसका लागि निवेदन सङ्कलन भएको छ।'
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावसायिक किसानलाई अनुदान सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने,'कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यावसायिक किसानलाई व्यवसायिक कृषिमा आबद्ध गराउने उद्देश्यले सहयोग गर्दै आएका छौँ।'
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एकघर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउँदले जानकारी दिए।
गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमश: विस्तार गरिँदै लगिने उनको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १३:३९
काठमाडौँ । अर्जुननरसिंह केसी ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा पद...
चैत्र ११ गते, २०८२ - १३:२३
सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–...
चैत्र ११ गते, २०८२ - १३:०१
दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म प...
चैत्र ११ गते, २०८२ - १२:४६
विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजे...
चैत्र ११ गते, २०८२ - १२:३४
सुनसरी । सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरबाट आगलागी सुरु भएको हो। ...
चैत्र ११ गते, २०८२ - १२:१२
काठमाडौं । अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेल ले ...
चैत्र ११ गते, २०८२ - ११:४०
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार शपथ लिने तयारी भइरहँदा रवि लामिछाने को शपथ हुने वा नहुने विषयमा व्यापक चासो देखिएको छ। यस वि...
चैत्र ११ गते, २०८२ - ११:१४
लमजुङ। जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्। जिल्ला भित्रका विभिन्न कार्यालयको सेवाप्रवाहसँ...
चैत्र ११ गते, २०८२ - ११:०५
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ । नेप...
चैत्र ११ गते, २०८२ - १०:५९
नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको नि:शुल्क प्राथमिक कान उपचार शिविरमा ८१६ जनाको कानको उपचार गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सा...


प्रतिकृया लेख्नुहोस्: