Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भक्तपुरमा ट्राफिकसचेतना कक्षा शुभारम्भ

खबरडबली संवाददाता

भक्तपुर । ट्राफिक कारबाहीमा परेकाले जरिवाना तिरेर लिने सचेतना कक्षाका लागि अब काठमाडौँस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जानु नपर्ने भएको छ । ट्राफिक नियम उल्लङ्घन गर्दा हुने सजायस्वरुप तिर्नुपर्ने जरिवाना र लिनुपर्ने ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा असार ३ गते आइतबारदेखि भक्तपुरममा सञ्चालन हुने भएपछि भक्तपुरवासीलाई सहज हुने भएको छ ।

मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको, लेन अनुशासन उल्लङ्घन गरेको, तीव्र गति र रातोबत्ती उल्लङ्घन गरी कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टा सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक राजु कार्कीले भने, “असार ३ गते आइतबार बिहान काठमाडौँ उपत्यका ट्राफिक प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले भक्तपुरमा सुरु हुने सचेतना कक्षाको  उद्घाटन गर्नु हुनेछ । आइतबार उहाँकै उपस्थितिमा ट्राफिक कारबाहीमा परेका चालकलाई पहिलो सचेतना कक्षा सञ्चालन गरिनेछ ।”

मादक पदार्थ सेवन गरेका बाहेक लेन अनुशासन, रातो बत्ती र तीव्र गतिका कारण कारबाहीमा पर्ने चालक अब जरिवाना तिर्न र सचेतना कक्षा लिन काठमाडौँ जानु नपर्ने भन्दै उनले जरिवानालगायत सचेतना कक्षाको व्यवस्था ट्राफिक कार्यालय भक्तपुरमा  गरिएको जानकारी दिए । मापसेमा परेकाका हकमा भने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ नै पुगेर सचेतना कक्षा लिनुपर्ने व्यवस्था कायमै रहेको प्रहरी निरीक्षक कार्कीले बताए । उनले भने, “भोलिदेखि मापसे बाहेकका ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना तिर्न र सचेतना कक्षा लिन भक्तपुरमै व्यवस्था गरिएको छ, यसले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने विश्वास लिएका छौँ ।”

जिल्लाबाहिर कारबाहीमा परी सचेतना कक्षा लिनुपर्नेका हकमा पनि निकट भविष्यमै पायक पर्ने जिल्ला रोजेर कक्षा लिन पाइने व्यवस्था मिलाउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending