काठमाडाैं । नेकपा माओवादी केन्द्रसहितका वामपन्थी पार्टीहरुको समाजवादी मोर्चा घोषणा आज नहुने भएको छ । दलहरुकाे आन्तरिक तयारी नपुगेको भन्दै आज हुने भनिएको मोर्चा घोषणा केहीदिन पछाडि सारेकाे हाे ।
मोर्चाबारे निर्णय गर्न बसेको एकीकृत समाजवादीको बैठकपछि सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले एक-दुई दिनमा मोर्चा घोषणा हुने जानकारी दिए । आफ्नो पार्टी मोर्चामा सामेल हुने र त्यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको उनले बताए ।
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी सहभागी हुने बताइएको छ । तर, पार्टीहरुले औपचारिक निर्णय भने गरिसकेका छैनन् ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच यस विषयमा कुराकानी भएको छ । बालुवाटार पुगेर प्रधानमन्त्री भेटेपछि डा. भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धीहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार,नीति,कार्यक्रम,संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी जुटेको जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: