काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् । खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् ।
अभियोगपत्रअनुसार खाँणलाई २७ चैतमा उनको घरबाट पक्राउ गर्दा केही कागजात बरामद भएको थियो । त्यसमध्ये यो प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले एउटा कागज पठाएका थिए, जसमा केशव दुलालको बयान फेर्न लगाउनुपर्यो, नभए खाँणविरुद्ध मुद्दा चल्नसक्छ भनिएको थियो ।
पक्राउ परेपछि खाँणले यो कागज च्यात्ने प्रयास गरेका थिए । प्रहरीले यसलाई जोडजाड पारेर प्रयोगशालामा पठायो र पाण्डेले नै लेखेको पुष्टि पनि भएको छ । पाण्डेले पनि बयानमा यो आफूले लेखेको स्वीकार गरेका छन्, तर पक्राउ पूर्जी जारी भएपछि हतास भावमा डायरीमा मात्र लेखेको दाबी गरेका छन् ।
बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरे । उनले अगाडि भने, ‘हस्ताक्षर र ल्याप्चेबिनाको कागजलाई प्रमाण मान्न मिल्दैन ।’
उनले तत्कालीन गृहसचिव पाण्डेलाई रानीपोखरीस्थित प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलले बयान लिएको समेत दाबी गरे । तत्कालिन गृहसचिव पाण्डेको बयान उधृत गर्दै उनले भने, ‘राति निद्रामा लगेर बयान गराइएको रहेछ ।’
खाँणलाई मन्त्रालयमै रकम बुझाएको बयानमा प्रश्न उछन्दै उनले भने, ‘केशव दुलालले झोला बोकेर मन्त्रालय गए कि गाडीमा गए रु सीसीटीभी प्रमाण मगाउनुपर्छ र हेर्नुपर्छ ।’
अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने उनले बताए । ‘मलाई बार अध्यक्ष भएको मान्छे मुद्दा लड्न आयो भनेका छन्’, घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ?’
अर्का वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रूपान्तरण नहुने जिकिर गरेका थिए । बालकृष्ण खाणको विश्वसनीयता सिध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको जिकिर थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: