Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

खाँणका वकिलको बहस: प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो

खबरडबली संवाददाता

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट १५ जना वकिलले बहस गरेका छन् ।  खाँणका कानुन व्यवसायीहरुले प्रधानमन्त्री हुने सम्भावना भएका व्यक्तिको चरित्र हत्या भएको दाबी गरेका छन् ।

अभियोगपत्रअनुसार खाँणलाई २७ चैतमा उनको घरबाट पक्राउ गर्दा केही कागजात बरामद भएको थियो । त्यसमध्ये यो प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले एउटा कागज पठाएका थिए, जसमा केशव दुलालको बयान फेर्न लगाउनुपर्‍यो, नभए खाँणविरुद्ध मुद्दा चल्नसक्छ भनिएको थियो ।

पक्राउ परेपछि खाँणले यो कागज च्यात्ने प्रयास गरेका थिए । प्रहरीले यसलाई जोडजाड पारेर प्रयोगशालामा पठायो र पाण्डेले नै लेखेको पुष्टि पनि भएको छ । पाण्डेले पनि बयानमा यो आफूले लेखेको स्वीकार गरेका छन्, तर पक्राउ पूर्जी जारी भएपछि हतास भावमा डायरीमा मात्र लेखेको दाबी गरेका छन् ।

बुधबार खाँणको बचाउ गर्ने क्रममा वरिष्ठ अधिवक्ता घिमिरेले खाँणको घरबाट बरामद भएको भनिएको त्यो कागज टाँसिएको र त्यसमा फरक मसी प्रयोग भएको दाबी गरे । उनले अगाडि भने, ‘हस्ताक्षर र ल्याप्चेबिनाको कागजलाई प्रमाण मान्न मिल्दैन ।’

उनले तत्कालीन गृहसचिव पाण्डेलाई रानीपोखरीस्थित प्रहरी कार्यालयमा पुर्‍याएर सरकारी वकिलले बयान लिएको समेत दाबी गरे । तत्कालिन गृहसचिव पाण्डेको बयान उधृत गर्दै उनले भने, ‘राति निद्रामा लगेर बयान गराइएको रहेछ ।’

खाँणलाई मन्त्रालयमै रकम बुझाएको बयानमा प्रश्न उछन्दै उनले भने, ‘केशव दुलालले झोला बोकेर मन्त्रालय गए कि गाडीमा गए रु सीसीटीभी प्रमाण मगाउनुपर्छ र हेर्नुपर्छ ।’

अनुमानको भरमा कसैलाई जेल पठाउन नहुने उनले बताए । ‘मलाई बार अध्यक्ष भएको मान्छे मुद्दा लड्न आयो भनेका छन्’, घिमिरेले भने, ‘मेरो पक्षको राजनीतिक चरित्रहत्या भएको छ । प्रधानमन्त्री हुने सम्भावना भएको मान्छेको चरित्रहत्या भयो । यसको क्षतिपूर्ति कसरी हुन्छ ?’

अर्का वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काले आरोपित पक्राउ गरेको २२ औँ दिनपछि प्रहरी प्रतिवेदनको भरमा मुद्दा ‘सङ्गठित’मा रूपान्तरण नहुने जिकिर गरेका थिए । बालकृष्ण खाणको विश्वसनीयता सिध्याउन सचिव टेकनारायण पाण्डेलाई दोस्रो पटक बयानमा पोल्न बाध्य पारेको खड्काको जिकिर थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending