Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

बजेटमा साना व्यापारीका समस्या सम्बोधन हुन सकेन : थापा

खबरडबली संवाददाता

काठमाडौ । सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी  कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उनले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गररे ।
  
नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले बजेटको आकार ठूलो छ भन्ने वास्तविकतालाई स्वीकार गरी कार्यान्वयनमा गएको खण्डमा परिणाम निस्कनेमा विश्वास व्यक्त गरे । “बजेटको आकार ठूलो छ, यो वास्तविक छैन यसलाई ख्याल गरे कार्यान्वयन गरेर परिणाम निकाल्न सक्नुपर्छ”, उनले भने “बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन अवास्तविक छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ ।”

सांसद थापाले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाइ जनतामा देखिएका निराशालाई आशामा परिणत गर्नेगरी बजेटले लिएको लक्ष्यलाई परिणाममुखी बनाउन ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले भने, “अर्थमन्त्री आफै पनि यति ठूलो बजेटको आकार ल्याउन चाहनुहुन्नथ्यो । किनकी यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि उहाँले बुझ्नुभएको छ । यहाँ प्रस्तुत भइसकेपछि बचाउ पनि गर्नुपर्‍यो । अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छ ।”
    
 अर्थमन्त्रीले बजेट भाषण टुङ्ग्याउने क्रममा बजेट कार्यान्वयनमा भएमा समग्रमा ६ प्रतिशत आर्थिक वृद्धि, मुद्रास्फिति ६ दशमलव ५ प्रतिशतमा सीमित हुन्छ भन्ने अनुमान गरेको स्मरण गर्दै सांसद थापाले बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासन कायम भई राजस्वको लक्ष्य पूरा गर्नुपर्ने बताए । 

उनले बजेटमा साना व्यापारीका समस्या सम्बोधन हुन नसकेको बताए । उनले भने, “लामो समयदेखि सञ्चालन भएका उद्योग कलकारखाना पनि समस्यामा देखिन्छन् । उनीहरु निराश छन् । उनीहरुले बजेटलाई कति अङ्क दिन्छन् भन्नेकुरा यसको कार्यान्वयनमा भर पर्छ ?”

साधरण खर्च बढेको र पुँजीगत खर्च कम भएको यथार्थतालाई ध्यान दिएर प्राथमिकतायुक्त क्षेत्रको सम्बोधन हुनेगरी बजेट कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए । विभिन्न अन्तर्राष्ट्रिय कठिनाइका बाबजुद पनि भारत र चीनको आर्थिक गतिशिलताले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको उहाँको विश्लेषण छ ।

बजेटमा कर प्रणाली सुधार, कार्यान्वयन क्षमता बढाएर साधरण खर्च घटाउने प्रस्तावित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा उहाँको जोड छ । वैदेशिक मुद्रा सन्तुलित रहेपनि राजस्व सङ्कलन घटिरहनुले अर्थतन्त्रलाई असर परेको भन्दै उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि पुँजीगत खर्च बढाउन सुझाव दिनुभयो । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि संयन्त्रलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन रास्वपाको संसदीय दलको नेतामा चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको छ। आज...

शपथलगत्तै सर्वोच्च पुगे बालेन शाह

काठमाडौँ । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वोच्च अदालत ...

बालेनलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिबाट संसदीय दल गठनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। जारी केन्द्रीय सम...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

कानेपोखरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

उर्लाबारी। टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार ब...

जिबुती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

इथियोपिया। जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप...

यातायात कार्यालयका अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा ...

ओलीको निर्देशन: संसद्मा पार्टीकै विचार बोल्नु, ती बाहेक ‘मलाई यस्तो लाग्यो’ भनेर बोल्न मिल्दैन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसद्मा पार्टीका आधिकारिक विचार मात्रै राख्न निर्देशन दिएका छन्। बिहीबार पार्टी केन...

निर्वाचन परिणाम अपत्यारिलो र ‘जादुमय’ देखियो: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम ‘जादुमय’ देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिध...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending