Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

शनिले तोड्यो बृहस्पतिको रेकर्ड

खबरडबली संवाददाता

काठमाडौं । सौर्यमण्डलका ग्रहहरूका आफ्नै उपग्रह अर्थात् ‘चन्द्रमा’ छन्। कुनैका धेरै छन् त कुनैका थोरै। पछिल्लो समय सबैभन्दा धेरै उपग्रह भएको ग्रहको उपाधिको दौडमा शनिले बृहस्पतिलाई अन्तिम पटक उछिनेको छ। केही समय अघिसम्म सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिले आफूलाई उपग्रह पनि धेरै भएको ग्रहको रूपमा स्थापित गरेको थियो। तर, त्यो स्थान लामो समय ओगट्न सकेन। 

शनिको थप ६२ उपग्रहहरू पत्ता लागेसँगै बृहस्पतिलाई फराकिलो दूरीमा उछिनेको छ। बृहस्पतिको ९५ उपग्रह हुँदा अब शनिको १ सय ४५ पुगेको छ। खगोलविद् भन्छन्, ‘अब यो प्रतिस्पर्धा रहेन। शनिलाई भेट्न बृहस्पतिलाई लामै समय लाग्न सक्छ, या नभेट्न पनि सक्छ।’ 

गत फेब्रुअरी महिनामा बृहस्पतिको नजिक १२ वटा नयाँ उपग्रह फेला परेका थिए। त्योसँगै बृहस्पतिको उपग्रहको संख्या बढेर ९५ पुगेको थियो। अन्तर्राष्ट्रिय खगोलविज्ञान संघले शनिको उपग्रह बढेकाले सर्वाधिक उपग्रह भएको ग्रहको स्थान ओगटेको पुष्टि गरेका छन्। 

क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालय ९यूबीसी०का अनुसार शनि ग्रहका पत्ता लागेका नयाँ उपग्रहको नामकरण छिट्टै गरिनेछ। यूबीसीका प्राध्यापक ब्रेट ग्लेडम्यान भन्छन्, ‘कतिपय उपग्रहलाई क्यानडाको इनउइट देवताहरूको नामबाट राखिनेछ भने कतिपयको नाम ग्यालिक तथा नर्स आदि राखिनेछ।’ शनिको ६२ वटा नयाँ उपग्रह पत्ता लगाउने टिममा प्राध्यापक ब्रेट पनि सहभागी थिए। 

नासाका अनुसार शनिको पहिलो उपग्रह टाइटनलाई सन् १६५५ मा डच वैज्ञानिक क्रिस्टियान ह्युजेन्सले पत्ता लगाएका थिए। त्यसपछि, जिन–डोमिनिक क्यासिनीले सन् १६७१ र १६८४ को बीचमा थप चार वटा पत्ता लगाए। यो क्रम खगोलविद्हरूले शताब्दीयौंदेखि जारी राखेका थिए। सन् २००४ देखि २०१७ सम्म क्यासिनीको नामको अन्तरिक्ष यानले शनि ग्रहको नजिकबाट अध्ययन गरेको थियो। यस समयमा धेरै उपग्रह पत्ता लागेको युरोपेली अन्तरिक्ष एजेन्सीले जनाएका छन्। 

अनुसन्धानमा संलग्न प्राध्यापक ब्रेटका अनुसार यदि राम्रोसँग अध्ययन गर्ने हो भने शनि ग्रहसँग बृहस्पतिको तुलनामा तीन गुणाभन्दा धेरै उपग्रह फेला पर्न सक्छन्। तर, अहिलेसम्म सबैको गणना तथा खोज हुन सकेको छैन र खोजकार्य जारी छ। 

कतिपय खगोलविद्हरूले शनि ग्रहको वरिपरि पहिले कुनै ठूलो उपग्रह रहेको हुन सक्ने र त्यो फुटेपछि यति धेरै स–साना उपग्रहहरू बनेको हुन सक्ने अनुमान गरेका छन्। पछि यी सबै उपग्रहहरू शनिको कक्षमा फरक–फरक दिशामा फैलिएको हुन सक्ने केहीको अनुमान छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending