काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताएको छन् ।
समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उनले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बताए । उनले भने, “नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको छ, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहा अझै दलाल पुँजी हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ ।”
उनले अहिले पुन: प्रतिगामी शक्ति सल्बलाएको र वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत आरोप लगाए । अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रुप आएको बताउँदै अध्यक्ष नेपालले थप भने, “भूटानी शरणार्थी प्रकरण होस् वा कुनै पनि काम बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडित बनाएको होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नदिने बताएको थिए । उनले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताए । उनले भने, “यही अवस्थामा, यही स्थितिमा बजेट पास हुँदैन, हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।” भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको आरोप लगाउँदै उहाँले बजेट पक्षपातपूर्ण भएको उनको बताए।
आजदेखि सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख ‘एजेन्डा’ रहेको सङगठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए । उक्त केन्द्रीय अधिवेशनमा देशभरबाट करिब चार सय पत्रकार प्रतिनिधि सहभागी रहेको समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...
मंसिर ३० गते, २०८२ - ११:१७
काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...
मंसिर ३० गते, २०८२ - १०:५७
सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...
मंसिर ३० गते, २०८२ - १०:४३
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...
मंसिर ३० गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...
मंसिर ३० गते, २०८२ - १०:१७
नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...




प्रतिकृया लेख्नुहोस्: