Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

पोखरामा चाँडै चीनबाट विमान आउन सक्ने, भारत उडान कहिले होला ?

पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिँदै

खबरडबली संवाददाता

काठमाडौं । गत ज्यानुअरीमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसै महिना पहिलो पटक अन्तर्राष्ट्रिय उडान अवतरण हुने सम्भावना प्रबल बन्दै गएको अधिकारीहरूले बताएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक कम्पनीले चीनबाट पोखरामा चार्टर्ड उडान सञ्चालन गर्ने विषयबारे छलफल गरिरहेको छ। तर उक्त कम्पनीले आधिकारिक रूपमा चार्टर्ड उडानका लागि अनुमति माग गरिसकेको भने छैन।

‘‘हाम्रो पोखरा कार्यालयमा ट्रान्स हिमालय (कम्पनी) भन्नेले त्यहाँ के के सुविधा छ, विमानस्थलका फिचर के छन् भनेर सोधेको रहेछ,’’ प्राधिकरणका उप महानिर्देशक जगन्नाथ निरौलाले भने, ‘‘जुन महिनाको २१ र २२ तारिखमा (उडान) गर्ने गरी तयारी गरेको भन्ने बुझिएको छ। तर औपचारिक पत्र आइसकेको छैन।’’

प्रारम्भिक छलफल अनुसार दुई दिनमा दुई वटा उडान हुने गरेर कुराकानी अघि बढाइएको छ। आधिकारिकरूपमा अनुमति माग भएको अवस्थामा आफूहरू स्वीकृत गर्न तयार रहेको प्राधिकरणको भनाइ छ।

जुन २३ र २४ तारिखमा पोखरामा हुन लागेको नेपाल-चीन फ्रेन्डशिप ड्रयागन बोट रेस फेस्टिभलका सहभागीहरू सवार गराएर चीनको चेङ्दुस्थित टिएन्फू अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान पोखराका लागि उड्ने विषयबारे हाल छलफल भइरहेको छ।

विमानस्थल तयार

पोखरास्थित विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि सबै किसिमका पूर्वाधार तयार रहेको अधिकारीहरूको भनाइ छ।

अघिल्लो वर्ष उक्त विमानस्थलको ऋण लगानीकर्ता एक्जिम ब्याङ्कले जारी गरेको एउटा विज्ञप्तिमा पोखरा विमानस्थलमा एअरबस ३२० र बोइङ ७५७ एवम् अन्य जेट मोडलहरूको उडान र अवतरण हुन सक्ने जनाएको थियो।

त्यसमा पोखराबाट चेङ्दु, कुन्मिङ, ग्वाङ्जाओ र अन्य चिनियाँ सहरमा उडान हुनसक्ने भन्दै यो नेपाल र चीनले विकास गरेको 'हिमालयवारपार बहुउद्देश्यीय सम्पर्क सञ्जाल'को महत्त्वपूर्ण पूर्वाधार रहेको उल्लेख गरिएको छ।

सुरुवाती चरणमा उक्त विमानस्थलबाट भीएफआर (भिजुअल फ्लाइट रुल्स) उडान मात्रै गर्न मिल्ने अवस्था थियो। हाल त्यहाँबाट आईएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) विधिबाट पनि सेवा सञ्चालन गर्न सकिने अधिकारीहरूले बताएका छन्।

पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतम जुन २१ तारिखमा उडान हुने कुराकानी भएको भए पनि प्राधिकरणले उडान स्वीकृत वा स्लट दिएको निश्चित नभएसम्म उडानको विषय आधिकारिक रूपमा टुङ्गोमा नपुग्ने बताउँछन्।

उनका अनुसार ट्रान्स हिमालय एभियसन कम्पनीले माग गरे अनुसार विमानस्थलको सेवा, ग्राउन्ड ह्यान्डलिङ लगायतका विषयहरूबारे जानकारी गराइएको छ। ट्रान्स हिमालय एभियसन चार्टर्ड उडानको संयोजन गर्ने एजेन्ट हो। उक्त कम्पनीले विश्वको जुन कुनै देशबाट हुनसक्ने चार्टर्ड उडान संयोजन गर्न सक्ने अधिकारीहरू बताउँछन्।

त्यस्तै विमानस्थलमा जडान भएका केही उपकरणबारे पनि उक्त कम्पनीलाई जानकारी उपलब्ध गराइएको बताइएको छ। ‘‘२१ तारिखमा (उडान) गर्ने भनेर आधिकारिक रूपमै माननीय मन्त्रीज्यूले बोलिसक्नु भएको छ। मलाई लाग्छ उडान हुन्छ होला २१ तारिखमा,’’ गौतमले भने।

त्यसमै आधारित रहेर आधिकारिक रूपमा सूचना प्राप्त भइनसेकको भए पनि आफूहरूले तयारी अघि बढाएको गौतम बताँउछन्।

भारत उडानमा के छ प्रगति ?

चिनियाँ एक्जिम ब्याङ्कबाट २८ अर्ब रुपियाँ भन्दा बढी ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा आएको झन्डै ६ महिना हुन लाग्दासमेत पोखरा विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

बुद्ध एअरले भारतका केही सहरहरूमा पोखराबाट हवाई सेवा उपलब्ध गराउने तयारी गरेको भए पनि भारतीय पक्षले अझै सहमति नजनाउदाँ उडान सञ्चालन हुन सकेको छैन।

बुद्धले गत डिसेम्बरमै पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रक्रिया थालेको हो। बुद्ध एअरले सुरुमा पोखरालाई बनारससँग जोड्ने अनि भविष्यमा दिल्ली र देहरादूनमा पनि उडान गर्ने योजना बनाएको प्राधिकरणले जनाएको छ।

त्यसबाहेक हिमालय एअर, कोरिअन एअर, बाङ्ग्लादेश, भुटान, श्रीलङ्काले पोखराबाट उडान गर्न चासो व्यक्त गरेको भए पनि सहमति भने हुन सकेको छैन। ‘‘मौखिक कुराकानी, उनीहरूका टोली नेपाल आउँदा पोखरा (विमानस्थल) जाने कामहरू भएका छन्। तर औपचारिक पत्र भने पेस गरिएको छैन,’’ निरौलाले भने।

हवाई सेवा उपलब्ध गराउने कम्पनीहरूलाई आकर्षित गर्नका लागि पोखरामा ल्यान्डिङ, पार्किङ र न्याभिगेसन शुल्कमा शत प्रतिशत छुट उपलब्ध गराइएको छ।

विमानस्थलको क्षमता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको बताइएको छ। त्यहाँ एक पटकमा तीन वटा अन्तर्राष्ट्रिय विमान र ठूलासाना ४-४ वटा गरेर आठ वटा आन्तरिक सेवाका विमान रहन सक्ने अधिकारीहरूको भनाइ छ।

धावन मार्ग २,५०० मिटर रहेको विमानस्थललाई ठूला विमानहरूतर्फ एअरबस ए३२०, बोइङ ७३७-७०० सिरिज वा बोइङ ७५७-२०० जस्ता न्यारोबडी विमानका उडानका लागि अनुकूल मानिएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending