काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता ९एमओयु० मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गरेका छन्।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३२औँ वार्षिकोत्सव तथा साधारणसभाको बिहीबार महेन्द्रनगरमा उद्घाटन गर्दै पूर्वमन्त्री लेखकले अब तीन वर्षमा बन्दरगाह बनेर भारतसित जोडिने बताए ।
“भारतबाट सामान ल्याउने मात्रै नभई यहाँबाट पठाउने विषयमा पनि तपाईँहरू सोच्नुहोस्”, उनले भने, “भारत भ्रमणका क्रममा प्रधानमन्त्रीज्यूसित भएका सम्झौता कार्यान्वयन हुनेछन् ।” उनले सुदूरपश्चिमको डडेल्धुरास्थित शिर्ष र बैतडीको झुलाघाटमा महाकाली नदीमा पक्की पुल बनाउने घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुनु सुखद् विषय भएको बताए ।
“सुक्खा बन्दरगाह तीन वर्षमा सम्पन्न गर्न सबैको जोड हुनुपर्छ”, उनले भने, “निर्णय कार्यान्वयका लागि पूर्णरूपले लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” प्रमुख सचेतक लेखकले त्रिदेशीय नाकाका रूपमा कञ्चनपुर नाकालाई विकास गर्न खोजिएको उल्लेख गर्दै महाकाली करिडोरमार्फत चीनसित जोड्ने काम पनि अघि बढिरहेको बताए ।
“आगामी दसैँ–तिहार सेरोफोरोमा ब्रह्मदेवबाट डडेल्धुराको जोगबुढा करिडोर बनाएर पुर्याउने प्रयास हुँदैछ”, उनले भने, “यहाँको मझगाउँ विमानस्थलका बारेमा पनि प्रक्रियागतरूपले जग्गा प्राप्तिको विषय अघि बढेको छ ।” विमानस्थलका लागि नेपाली सेना र प्रति जमिन अधिग्रहणका लागि मन्त्रालयहरूबीच समन्वय भइरहेको नेता लेखकले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तारालामा तामाङ, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायतले सुदूरपश्चिमको विकास, आर्थिक तरलताका कारण व्यापारी, व्यवसायीले झेल्नुपरेको समस्यालगायत विषयमा आफ्ना धारणा राख्नुभएको थियो । नेता लेखकले मझगाउँस्थित निर्माणाधीन विमानस्थलको स्थलगत निरीक्षणसमेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: