Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

एमाले नेता तथा पूर्वमन्त्री गुरुङद्वारा सर्वसाधारणमाथि हातपात

खबरडबली संवाददाता

काभ्रे । पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवामाथि हातपात गरेका छन् । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङ आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै काभ्रेको खावामा शनिबार साँझ अर्को गाडी चलाइरहेका युवामाथि हमलामा उत्रिएका हुन् । 

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं जाँदै थिए । सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कार अगाडि/पछाडि थिए । दोस्रो गाडी चलाइरहेका युवा अमित अधिकारीका अनुसार सिन्धुपाल्चोकको सुकुटेमा अस्वाभाविक रूपमा ओभरटेक गरेर अघि बढेको गुरुङको समूह अलि अघि पुगेर आराम गरिरहेको थियो । 

फेरि दोस्रो पटक पनि त्यसैगरी ओभरटेक गरेको गुरुङको गाडी पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएको थियो, त्यही बेला आइपुगेका चालक अधिकारीले ‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको ?’ भन्दै आफूले प्रश्न गरेको बताए ।

‘म पीएसओ हुँ, पूर्वमन्त्री पार्वत गुरुङको सवारी भइरहेको छ, किन डिस्टर्ब गरेको भन्दै प्रतिप्रश्न गर्दै थिए । यत्तिकैमा गुरुङ आफैं गाडीबाट झरेर मलाई झापड हाने । प्रहरी चौकी अगाडि प्रहरीकै सामुन्ने हातपात हुँदा उनीहरूले रमिता हेरे,’ अधिकारीले भने । उल्टै अधिकारीलाई प्रहरी चौकीमा पठाउन गुरुङले निर्देशन दिएपछि सोधपुछका लागि भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको थियो ।

‘गाडीमा दाइ, भाउजू, भाइ र म गरी चार जना थियौं,’ उनले भने, ‘परिवारका सबैलाई सोधपुछ गरियो, कहिले मादक पदार्थ सेवन गरेर हो भनेर आरोप लगाएपछि जाँच गर्न पनि हामीले चुनौती दियौं । तर दुर्व्यवहारमा उजुरी दिन खोज्दा भने मिल्नुपर्छ भनेर फर्काइदिए,’ अधिकारीले भने ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले भने घटनालाई ढाकछोप गर्न खोजे । ‘त्यस्तो खासै ठूलो घटना भएको होइन, कुनै हातपात भएको छैन, सडकमा गाडी चलाउने क्रममा सामान्य विवाद मात्रै हो, ओभरटेक गर्ने क्रममा सामान्य विवाद भएको रहेछ,’ उनले भने ।

उनले थपे, सोधपुछका लागि गाडी चालकलाई प्रहरी कार्यालय ल्याइएको हो, सोधपुछपछि फर्काइसकेका छौं ।’ पूर्वमन्त्री गुरुङले भने आफूले धकेलिदिएको बताए । ‘काठमाडौंमा उपचाररत बाबु भेट्न गइरहेकाले’ स्वाभाविक रूपमा इमर्जेन्सी लाइट बालेको उनको भनाइ छ । ‘किन साइड नदिएको, तिमी को हो भनेर सोधे, डिस्कस पर्‍यो,’ उनले भने, ‘पब्लिकलाई जाम गरेर हामी बस्न मिलेन नि, ल जाऊ भाइ तिमी उता भनेर मैले यसो धकेलिदिएँ ।’ स्वयम् आरोपीले धकेलेको भन्दा पनि काभ्रे प्रहरी भने केही होइन भनेर घटना दबाउने प्रयासमा लागेको छ ।

गुरुङले यस्तो हर्कत पहिलो पटक मात्र गरेका होइनन् । ०७४ को स्थानीय तह निर्वाचनमा भएको विवादलाई लिएर उनले काठमाडौंमा गुन्डागर्दी गराएका थिए । गौरीशंकर–१ का वीरध्वज खड्कालाई पिछा गर्दै गुरुङसहितको समूहले काठमाडौं गौशालामा कुटपिट गरेको थियो, यही आरोपमा उनलाई अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो । 

‘मलाई पिछा गरेर गौशालामा मरणासन्न हुने गरी कुटियो, त्यसबेला पार्वत र उनका सहयोगीले नै कुटेका हुन्,’ खड्का भन्छन्, ‘म साता दिनसम्म जुस मात्र खाएर बाँचेको हुँ । कुटाइका कारण मेरो स्वास्थ्य अहिले पनि कमजोर छ ।’ उनले जिल्ला प्रहरी कार्यालय काठमाडौंमार्फत ज्यान मार्ने उद्योगमा उजुरी गरेका थिए । जिल्ला अदालत दोलखाले गुरुङलाई पक्राउ पुर्जी जारी गरेको थियो । 

०७४ को स्थानीय निर्वाचनमा एमाले र माओवादीबीच कटु प्रतिस्पर्धा भए पनि लगत्तै संसदीय निर्वाचनमा दुई दल मिलेपछि आफ्नो मुद्दा कमजोर बनाएको उनको गुनासो छ । ‘म निम्न आयवर्गको मान्छे परें, पार्टी मिलेपछि दबाब दिएर मुद्दा निष्क्रिय बनाए,’ उनले भने ।

०७४ को संसदीय निर्वाचनमा दोलखाबाट एमाले र माओवादी गठबन्धनले जितेको थियो । प्रतिनिधिसभामा निर्वाचित गुरुङ, प्रदेशसभामा निर्वाचित पशुपति चौलागाईं र विशाल खड्का खुर्कोटको बाटो हुँदै काठमाडौं आउँदा मन्थली छेउमा गुरुङको गाडी अचानक रोकिएपछि मोटरसाइकल ठोकिएको थियो । लगत्तै गाडीमा उत्रिएका गुरुङले मोटरसाइकल चालकलाई कुटेका थिए । 

तर यो समूह हिँडेपछि मात्र सांसदहरूको टोली हो भन्ने थाहा पाएका र लगत्तै वाम गठबन्धनको सरकार बनेकाले कारबाही गर्न नसकिएको रामेछापका तत्कालीन प्रहरी अधिकारीले बताए । तर, यसैगरी सत्ताको आड पाएका गुरुङले सर्वसाधारणमाथि ज्यादती गर्दा कारबाही नहुँदा नागरिक अधिकार र कानुनको शासनमाथि प्रश्न उठिरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending