Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

यसअघि सांसद र गृहमन्त्री गुमाएका रविविरुद्ध फेरि किन दर्ता भयो सर्वोच्चमा मुद्दा ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले "पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको" दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

"निवेदनमा उठाएको विषयवस्तुको प्रकृति इजलासबाटै व्याख्या भई निरूपण संवैधानिक र कानुनी प्रश्न भएकोले दर्ता गराउनू भन्ने आदेश भएको हुँदा मुद्दा दर्ता भएको छ अब उहाँको नागरिकताबारे इजलासमा बहस होला," पौडेलले भने।

यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उनको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो। पुरानो नागरिकता फेरि लिएपछि उनी उपनिर्वाचनबाट प्रतिनिधिसभामा पुनः निर्वाचित भएका छन्।

अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गत माघमा उनले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताएका थिए।

पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उनले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। लामिछानेले फेरि लिएको नेपाली नागरिताको वैधताबारे उनले फेरि अदालतमा प्रश्न उठाएका छन्।

कसरी दर्ता भयो मुद्दा?

सर्वोच्च अदालतको प्रशासनले यसअघि पौडेलको निवेदन दरपिठ गरिदिएको थियो। मुद्दा दर्ता नगर्ने अदालतको निर्णयविरुद्ध पौडेलले पुनरावेदन दिएका थिए। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सोमवार उनको निवेदन दर्ता गर्ने आदेश दिएको थियो।

लामिछानेले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको जिकिर गर्दै पौडेलले उनको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गरेका छन्। मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउन समेत पौडेलले अन्तरिम आदेशको माग गरेका छन्।

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा राहदानी दुरुपयोगको मुद्दा पनि विचाराधीन छ।

उनले दोहोरो राहदानी प्रयोग गरेको उजुरीमा छानबिन गरेको महान्यायाधिवक्ताको कार्यालय यसअघि लामिछानेविरुद्ध मुद्दा चलाउन “आधार र प्रमाण” नपुगेको ठहर गरेपछि तीनै पौडेलले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए।

सर्वोच्च अदालतले यस विषयमा महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाउन आदेश दिएको छ।

यसअघि किन सांसद र गृहमन्त्री पद गुमाए?

सञ्चारकर्मीका रूपमा चर्चा कमाएका रवि लामिछाने छुट्टै पार्टी खोल्दै गत वर्ष राजनीतिमा होमिएका हुन्। उनको दलले मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेको थियो।

तर पौडेलले नै दायर गरेको रिट निवेदनमा अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता बिउँताउने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो।

दुई महिनामै सांसद पद गुमाएका रवि लामिछाने चितवन-२ मा गत वैशाख १० गते भएको उपनिर्वाचनमा फेरि निर्वाचित भएका छन्।

उपनिर्वाचनमा तनहुँ-१ मा पनि उनको दलका स्वर्णिम वाग्लेले जित हासिल गरेपछि यो दलसँग प्रतिनिधिसभामा २१ जना सांसद छन्।

संसद्‌को चौथो ठूलो दलका नेता लामिछाने गृहमन्त्री समेत बनेका थिए। तर सांसद पद गुमेपछि उनले पार्टी सभापति र गृहमन्त्रीबाट समेत राजीनामा दिए।

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर पुन: सांसद बनेसँगै उनलाई पार्टी सभापति र संसदीय दलको नेतामा फेरि चयन गरिएको थियो। तर प्रधानमन्त्रीले राहदानी मुद्दा नटुङ्गिएको कारण देखाउँदै उनलाई गृहमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार गरेको विवरण आएका थिए।

त्यसपछि उनको पार्टी सरकारबाट बाहिरियो। हालै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।

युवराज पौडेल को हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटकपटक मुद्दा लिएर जाने युवराज पौडेल अधिवक्ता होइनन्। उनी आफूलाई राजनीतिज्ञ भनेर चिनाउन खोज्छन्।

सिन्धुलीको कमलामाई नगरपालिकाका पौडेल आफू विसं २०५४ सालदेखि राजनीतिमा आबद्ध रहेको दाबी गरे।

उनका अनुसार उनी अहिले समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता हुन्। यो दल सङ्घीय र प्रदेशसभामा सांसदहरू भएको पार्टी चाहिँ होइन।

उनी विगतमा नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए। पौडेलका अनुसार माओवादी र नेकपा एमाले एकताको घोषणाअघि नै माओवादी छोडेर उनी नयाँ दलमा आबद्ध भएका थिए।

अरू विवाद के हुन्?

लामो समय अमेरिका बसेर नेपाल फर्किएका रवि लामिछाने समयसमयमा मुद्दामामिला र विवादका बेलाबेलामा चर्चामा आइरहन्छन्।

यसअघि न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाइरहँदा श्रमस्वीकृति नलिई नेपालमा काम गरेको उजुरी उनीविरुद्ध परेको थियो।

त्यसपछि उनले अमेरिकी नागरिकता र राहदानी त्यागेर नेपाली नागरिकका रूपमा स्वदेशमा रहने घोषणा गरेका थिए। एक पूर्वसहकर्मीले आत्महत्या गरेपछि लामिछानेविरुद्ध २०७६ सालमा आत्महत्या दुरुत्साहनको मुद्दा पर्‍यो।

चितवनमा आत्महत्या गरेका सालिकराम पुडासैनीले आफ्नो मोबाइल फोनमा लामिछाने सहितका सहकर्मीका कारण ‘आफू मर्न बाध्य भएको’ भन्दै खिचेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। उक्त प्रकरणमा लामिछानेले पछि अदालतबाट सफाइ पाए।

गत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएपछि लामिछानेको नागरिकता अवैध भएको दाबी गर्दै निर्वाचन आयोगमा उनीविरुद्ध उजुरी पर्‍यो। 

आयोगले नागरिकताको विषय आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरीमा छानबिन गरेन। त्यसपछि उनको नागरिकता प्रकरणको मुद्दा अदालतमा पुगेको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending