Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

खबरडबली संवाददाता

महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार सात सय ३४ उजुरी दर्ता भएका छन् । सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन ९मिटरब्याज० गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय दिएपछि अहिले महोत्तरीमा मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउनेको सङ्ख्या बढ्दै गएको हो ।

गत वैशाख १८ गतेदेखि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न थालेका हुन् । यो क्रम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गराउन आउने पीडितका लागि सूचना सङ्कलन गर्ने, परामर्श दिने र उजुरी दर्ता गर्ने काम गरिरहेको छ ।

यसअघि जिल्ला प्रशासनले मिटरब्याजीविरुद्ध सरकारको उजुरी दर्ता गराउने अवधि किटान हुनु अगाडि पनि जिल्ला प्रशासन कार्यालयले मिटरब्याजीविरुद्ध तीन सय २१ ठाडो निवेदन दर्ता गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको थियो । तीन सय २१ निवेदनमध्ये २१ वटामा मिलापत्र, ३८ वटामाथि छानबिन गरिसकेको र केही मुद्दा जिल्ला अदालतमा कारबाही प्रक्रियामा रहेको सहायक प्रजिअ न्यौपानेले बताए। जिल्ला प्रशासन कार्यालयमा आउने मिटरब्याजीपीडित बढीजसो जिल्लाको उत्तरवर्ती क्षेत्रका छन् ।  बढी ऋण दिने अनिरुद्ध साह, श्याम परदेशी र सञ्जय रौनियारविरुद्ध सबैभन्दा बढी उजुरी परेको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

सरकार रास्वपाको विधानले होइन, देशको संविधानले चल्नुपर्छ: गगन थापा

गोरखा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार सञ्चालन पार्टीको विधानअनुसार नभई देशको संविधान र कानुनअनुसार हुनुपर्ने बताएका छन्। मंगलबार ...

गोरखा पेन्सन विवाद समाधानका लागि परराष्ट्रमन्त्रीद्वारा बेलायतसँग आग्रह

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले लामो समयदेखि समाधान हुन नसकेको भूतपूर्व ब्रिटिश गोर्खाहरूको समानुपातिक पेन्सन लगायतका मागलाई न्याय, निष्पक्षता...

रास्वपा बाजुराको प्रथम अधिवेशन: सभापतिमा नवराज जैशी निर्विरोध चयन

बाजुरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। जेठ २४ गते सम्पन्न अधिवेशनले नौ सदस्यीय नयाँ क...

रास्वपा जुम्लाको सभापतिमा मक्करबहादुर भण्डारी सर्वसम्मत

जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट मक्करबहादुर भण्डारी सर्वसम्मत रूपमा...

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा गिरफ्तार

म्याग्दी। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ । लागुऔषध मुद्द...

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। लगातार विपक्षी दलहरूले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान १...

संसदमा मौनधारण विषयलाई लिएर सभामुखको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहिदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सचे...

प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण माग्दै आजपनि विपक्षीको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूको विरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्। ...

नभएका प्रमाणहरू सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देशको रूपमा प्रस्तुत गर्न खोजियो: निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहको हालैको संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending