Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

केशव दुलालको बयान- केपी ओलीका स्वकीय सचिवलाई बालुवाटारमै १ करोड बुझाएँ (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको बताएका छन्। 

प्रहरीसँग बयानको क्रममा उनले २०७६ साल असोजमा टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीमार्फत प्रधानमन्त्रीनिवास बालुवाटारमै पगेर एक करोड बुझाएको बयान दिएका हुन्। 

यस्तो छ बयान

जाहेरवाला गजेन्द्र बुढाथोकीसँग मेरो चिनजान छैन, निजसँग चिनजान नभएको हुँदा निजले जाहेरी दरखास्त साथ पेश गरेको भनिएको विभिन्न व्यक्तिहरूको नाममा जारी भएको भुटानी शरणार्थी परिचय पत्रहरू निजले के कहाँ बनाई के-कसरी पेश गरेका हुन् मलाई जानकारी भएन, उक्त कार्यमा मेरो कुनै संलग्नता छैन।

जाहेरवालाहरू खगेन्द्र थेवे, निजको श्रीमती र बैनी तथा जाहेरवाला भुवन सिंह लिम्बूले दाबी गरेको कुरा झूटा हो, निजहरूको चिनजान र सम्पर्कमा रहेका आफन्तहरूसँग समेत मेरो कुनै चिनजान छैन, चिनजान नै नभएको मानिससँग रकम लिई भुटानी शरणार्थी बनाई अमेरिका लगी दिने भनी मैले समेत रु.१०,००,०००।- (दश लाख) लिएको छैन र सो कुरामा कुनै सत्यता छैन।

जाहेरवाला डिल बहादुर कुसारीले दाबी गरेको कुरा झूटा हो, निज र निजको छोरा महेन्द्र कुसारीसँग मेरो चिनजान र सम्पर्क छैन, निजहरूलाई मैले भुटानी शरणार्थी बनाई अमेरिका लगि दिने भनी कुनै कुराकानी समेत नगरेको र निजले दाबी गरेको रु.२०,००,०००/-(बीस लाख) रकम मैले लिएको छैन।

मेरो जाहेरवाला तथा निजले जाहेरीमा नाम उल्लेख गरेका राजेश अर्यालसँग समेत चिनजान नभएको हुँदा मैले निजबाट कुनै रकम लिएको छैन र निज राजेश अर्यालको खातामा रकम पठाउन समेत लगाएको छैन, जाहेरवाला डम्बर बहादुर खत्रीसँग मेरो कुनै चिनजान छैन, भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी जाहेरवालाले दाबी गरेको रकम रु. १५,५०,०००।- (पन्ध्र लाख पचास हजार) मैले लिएको छैन।

जाहेरवाला सन्दीप वली र निजको दाइ असिम वलीसँग मेरो कुनै चिनजान छैन, निज असिम वलीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ सालदेखि २०७८ सालको पुससम्म पटक-पटक गरी रु.२०,००,०००।-(बीस लाख) लिएको छैन।

जाहेरवाला सुस्मा चन्द र निजका श्रीमान लोकबहादुर डि.सी.सँग मेरो कुनै चिनजान छैन, निज लोकबहादुर डि.सी.लाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ सालदेखि २०७८ सालको पुससम्म पटक-पटक गरी रु.२०,००,०००१- (बीस लाख) लिएको छैन।

जाहेरवाला मनहर खासँग मेरो कुनै चिनजान छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी २०७७ सालदेखि २०७८ सालको "सम्म पटक-पटक गरी रु.२५,००,०००/- (पच्चिस लाख) लिएको छैन।

जाहेरवाला भेषराज शर्मा लम्साल, जाहेरीमा नाम उल्लेख भएका दिवाकर बुढाथोकी र पूर्ण बहादुर पुनसँग समेत मेरो चिनजान र सम्पर्क छैन, जाहेरवालाले जाहेरीमा दाबी गरे अनुसार NMB बैंकको चेकमार्फत् दिवाकर बुढाथोकीको नाममा चेक काटी रु.१०,००,०००/- (दश लाख), सानु भण्डारीलाई रु. १,७९,४७,०००/- (एक करोड उनासी लाख सतचालिस हजार) र निज जाहेरवालाको साथी पूर्ण बहादुर पुनमार्फत रु.१,५०,००,०००।-(एक करोड पचास लाख) गरी जम्मा रकम रु.३,३९,४७,०००/- तीन करोड उनान्चालिस लाख सतचालिस हजार) मैले लिएको छैन, सानु भण्डारीले लिएको भन्ने सम्बन्धमा मलाई जानकारी भएन।

जाहेरवाला रोशन शिवाकोटीसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भनी पटक-पटक गरी जम्मा रकम रु.१५,००,०००/- (पन्ध्र लाख) बैंकमार्फत् तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झूटा हो, मैले कुनै रकम लिएको छैन।

जाहेरवाला समिर शिवाकोटीसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भनी पटक-पटक गरी जम्मा रकम रु.१५,००,०००।-(पन्ध्र लाख) बैंकमार्फत् तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झूटा हो।

जाहेरवाला सन्तोष भट्टराईसँग मेरो चिनजान र सम्पर्क छैन, निजलाई भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भनी पटक-पटक गरी जम्मा रकम रु.१४,५०,०००/-(चौध लाख पचास हजार) बैंकमार्फत तथा नगदै लिई भने अनुसार काम नगरी ठगी गरेको भन्ने व्यहोरा झूटा हो।

जाहेरवाला सन्तोष भट्टराई र रामशरण केसीसँग मेरो कुनै चिनजान छैन, चिनजान नै नभएको व्यक्तिलाई अर्कै चिनजान नभएको व्यक्तिको बैंक खातामा रकम पठाउन लगाएको भन्ने कुरामा कुनै सत्यता छैन, मैले मिति २०७६।०४।२१ मा रु.४,५०,०००/- (चार लाख पचास हजार) र पुनः मिति २०७६/०५/२० गते रु.१०,००,०००।-(दश लाख) गरी जम्मा रकम रु.१४,५०,०००/-(चौध लाख पचास हजार) रकम जम्मा गर्न लगाई उक्त रकम मैले लिई ठगी गरेको छैन।

मिति २०८०/०१/०६ गते प्रहरीले प्रतिवादी सानु भण्डारीको घरबाट बरामद गरेको डायरी देखि पाएँ, सो डायरीको 17 April आइतबार ५ वैशाख २०७३ लेखिएको पानामा भुटानी शरणार्थीको लागि उठाइएको रकम विवरण भनी मिति २०७६-०२-२९ गते देखि २०७६-०३-२७ सम्म मेरो नाम दुलाल मामा भनी उल्लेख गरी निजले बुझाएको रकमको विवरण देखि पाएँ, उक्त मेरो नामबाट जम्मा भएको रकम मेरो आफैंसँग भएको रकम हो।

उक्त रकम डा. इन्द्रजित राईले मलाई र मेरो आफन्तहरू समेतलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु त्यसको लागि केही रकम दिँदै गर्नु भनेको हुँदा निज ईन्द्रजित राईलाई बुझाउनको लागि भनी उक्त रकम मैले प्रतिवादी सानु भण्डारीलाई दिएको हुँदा मैले दिएको रकमको विवरण निजले आफ्नो डायरीमा उल्लेख गरेका रहेछन्।

म आफू र मेरो अन्य आफन्तहरू समेतलाई भुटानी शरणार्थी बनाई अमेरिका लगिदिने भनी डा. इन्द्रजित राई समेतले कुराकानी गरी रकम समेत लिई विश्वास दिलाएको र सोही विषयका समाचारहरू पत्रपत्रिकामा प्रकाशित भएको हुँदा सोही समाचारहरूमा प्रकाशित भएका विवरणहरू मैले मेरो मोबाइलमा फोटो खिचिराखेको हुँदा उक्त विवरण मेरो मोबाइलमा देखिएको हुनु पर्दछ।

मैले प्रयोग गर्ने गरेको KAI संकेत दिइएको सामसुङ कम्पनीको मोबाइलमा रहेको Viber Account Keshab+9863591446 बाट 9860052100 लाई Sir Refusee Card holder ko matra lagat liyeko xare CA, new entry & non Entery ko lagat liyeko xaina re sabaiko garne hoena r hajur, sir Bikranta Basnet name gareko manxe le hajurko name liyera Bhutanese Refuseeko 70/80 Janako card and travel Document banauxu vanera hidi raheko x are hajur भन्ने व्यहोराको म्यासेज मैले आफैंले लेखेको म्यासेज हो, उक्त म्यासेजहरू मैले तत्कालीन गृह मन्त्रालयमा गृह सचिवको रूपमा बहाल रहेका टेक नारायण पाण्डेलाई पठाएको म्यासेज हो।

निजले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी रु.१,२४,५०,०००।- (एक करोड चौबिस लाख पचास हजार रकम लिई विश्वास दिलाए। परिसरपछि हामीलाई भुटानी शरणार्थी परिचय पत्र उपलब्ध नगराएको अवस्थामा माथि म्यासेजमा उल्लेखित बस्नेतले भुटानी शरणार्थी परिचय पत्र र ट्राभल डकुमेण्ट बनाएको सूचना पाएको हुँदा सो कुरा हो होइन भनी गृह सचिवलाई हाम्रो काम किन भएन भनी बुझ्नका लागि उक्त म्यासेज पठाएको हो।

मैले म्यासेज पठाएको 9860052100 नं को मोबाइल तत्कालीन गृह सचिव टेक नारायण पाण्डेले नै चलाउने गरेको मोबाइल नं. हो।

उक्त मोबाइल नम्बर निजले नै मलाई दिई यो नम्बरमा सम्पर्क गर्न भनी निजले नै दिएको हुँदा उक्त मोबाइलमा मैले सम्पर्क गरी म्यासेज लगायत फोन सम्पर्क गर्ने गरेको थिएँ।

निजले म र मेरा आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी विश्वास दिलाएपछि मैले निजलाई रु.१,२४,५०,०००/- (एक करोड चौबिस लाख पचास हजार) रकम दिएको हुँ, रकम दिँदा के-कहाँ ल्याइदिन पर्‍यो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याइदिनु भनेको हुँदा मैले पटक-पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगि उक्त रकम नगदै बुझाएको हुँ।

उक्त रकम मध्येको रु.२५,००,०००/- (पच्चिस लाख) निजको पि.एस.ओ. को रूपमा कार्यरत कामती थरका प्रहरीले सिंहदरबार भित्र रहेको कानून मन्त्रालय अगाडि सचिव ज्यू चढ्ने गाडी ल्याई नगदै बुझी लिएका हुन्।

मैले उक्त रकम निजलाई बुझाइ सकेपछि मैले सचिव टेक नारायण पाण्डेलाई फोन गरी रकम पाउनु भयो/भएन भनी बुझ्दा निजले मैले रकम पाइसकें भनी मलाई जाकारी गराएका हुन्।

मैले प्रयोग गर्ने गरेको मोबाइलमा भएको Whats app बाट Bpanthi (9851015795), Yam2 (9851332392) लाई जिल्ला प्रशासन कार्यालय शरणार्थी समन्वय ईकाई झापाको सूचना पठाएको देखिएको सही हो, उक्त सूचनाूरु पत्र-पत्रिकामा प्रकाशित भएको र तत्कालीन गृह सचिव टेक नारायण पाण्डेसँग बुझ्दा निजले B panthi (9851015795), Yam2 (9851332392) र acc Thulung Zytha(9827379611) लाई समेत पठाई दिनु भनी निजले नै नम्बर पठाई दिएको हुँदा मैले निजले पठाई दिएको Whats app नं. मा मैले नचिनेका मानिसहरूलाई उक्त सूचना पठाउदिन भन्दा निजले केही फरक पर्दैन पठाई दिनु भनेको हुँदा मैले उक्त सूचनाहरू पठाइ दिएको हुँ।

तत्कालीन गृह सचिव टेक नारायण पाण्डेले म र मेरा आफन्त साथीहरूसँग भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिन्छु भनी माथि उल्लेखित रकम लिई काम गरी दिन्छु भनी सरकारले गरेका निर्णयका कागजपत्रहरू पठाइदिने गरेको हुँदा उक्त कागज पत्रहरू आदान प्रदान भएको हो।

हामी ठगिएको थाहा पाइ, दिएको रकम फिर्ता माग्दा हालसम्म फिर्ता पाएको छैन, आफैं पीडित भई हाल झूटा मुद्दा लगाई अनुसन्धानमा रहेको छु, हामी पीडितको रकम फिर्ता र झूटा मुद्दा खारेज गरी सफाइ पाउँ।

मैले माथि नाम उल्लेख गरेको भुटानी शरणार्थी बनाई रकम लिने भनिएका Whats app Account मा पटक-पटक कुराकानी गर्ने गरेका TN PANDAY29860052100 को मोबाइल चलाउने व्यक्ति टेक नारायण पाण्डे नै हुन्, निजले चलाउने गरेको निजको व्यक्तिगत तथा सरकारी मोबाइल नं. मा समेत मेरो पटक-पटक कुराकानी, टेक्स्ट म्यासेज र Whats app मा मैले तत्कालीन अवस्थामा चलाउने गरेको हाल हराएको मोबाइल न. ९८५११३२९९९ र ९८०११४२९९९ समेतबाट कुराकानी र म्यासेज आदान-प्रदान गर्ने गरेको थिएँ।

उक्त म्यासेज र कुराकानी समेतको विवरण हेरी पाऊँ। उक्त म्यासेज मलगायत मेरा आफन्तहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी रकम लिई ठगी गरी काम नगरेको हुँदा भुटानी शरणार्थी क्याम्पमा शरणार्थीको विवरण लिई फोटो खिच्ने काम भई राखेको सूचना पाएपछि मेरो र आफन्तको काम नभएको सिन्धुपाल्चोक तिरका मैले नचिनेका मानिसहरूको फोटो खिच्ने काम भइरहेको छ भनी निज गृह सचिव TN PANDAY2 भन्ने टेक नारायण पाण्डेलाई म्यासेज लेखी मसँग लगेको सम्पूर्ण रकम फिर्ता गरी दिनु होस् भन्दा हालसम्म फिर्ता नपाइ पीडित भएको कुरा अवगत गराउँछु।

तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलले तपाईं र तपाईंको आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिन्छु भनी निजका छोरा प्रतिक थापा मार्फत् मन्त्री क्वार्टर पुल्चोकमा बोलाई निज राम बहादुर थापा बादल राष्ट्रिय सभागृहको चुनाव हुनु भन्दा अगाडि रु.३,००,००,०००।- (तीन करोड) नगदै बुझी लिएको, प्रतिक थापाले नक्साल निलगिरी थकाली भन्सा घरको आँगनको उत्तर तर्फ रहेको होटलको माथिल्लो तलामा बोलाई मिति २०७६ साल असारमा रु.१,००,००,०००/- (एक करोड) बुझी लिएको।

त्यसै गरी तत्कालीन गृह सचिव प्रेम कुमार राईले डा.इन्द्रजित राईमार्फत गृह मन्त्रालयको सचिवको कार्य कक्षमा बोलाई मिति २०७६ साल साउन महिनामा रु.३,००,००,०००।-(तीन करोड) नगदै बुझी लिएको, तत्कालीन प्रधानमन्त्री के. पी. ओलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा ऊर्जा मन्त्री टोप बहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जि.सी. मार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा रु.१,००,००,०००/-(एक करोड) नगदै बुझी लिएको, तत्कालीन ऊर्जा मन्त्री टोप र रायमाझी प्रमुख स्वकीय सचिव लिला जि.सी.ले प्रधानमन्त्रीकोमा पैसा पुगि सक्यो, सामाजिक समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ, ऊर्जा मन्त्री ज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जा मन्त्रीको क्वार्टर पुल्चोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका रु.१,००,००,०००/-(एक करोड) नगदै बुझी लिएका हुन्।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री के.पी.शर्मा वलीका पूर्व सल्लाहकार डा.अजय क्रान्ति शाक्य (तत्कालीन इरायलका नेपाली राजदुत अन्जन शाक्यका श्रीमान) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिबाट भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकमको अपुग भयो भनी तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री राम बहादुर थापा बादल र ऊर्जा मन्त्री टोप बहादुर रायमाझीसँग मिटिङ गराई सकेपछि तपाईंहरूको काम हुने भयो भनी डा. अजय क्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही रु.१,००,००,०००।-(एक करोड) बुझी लिएका हुन्।

काम नभएपछि पटक-पटक रकम फिर्ता माग्दा धाक धम्की दिई हामी पावरमा छौं, तिमीहरूको केही लाग्दैन हामीलाई फोन सम्पर्क गर्ने, भेट्ने काम नगर्नु भनी प्रतिक थापामार्फत खबर पठाउने गरेको र तपाईंहरूले दिएको सम्पूर्ण रकमको ४० प्रतिशत हामी राख्छौं ६० प्रतिशत लानु भनी प्रतिक थापामार्फत नाम्लो रेष्टुरेन्ट पुल्चोकमा तत्कालीन गृहमन्त्रीबाट हटेको ५/६ दिनपछि मसँग भेट गरी प्रस्ताव गर्दा मैले र साथीहरूसँग ऋण खोजेर दिएको रकम हो, सम्पूर्ण रकम चाहियो भन्दा माथि उल्लेखित मानिसहरूसँग कुरा गरी खबर गर्छु भनी हालसम्म रकम फिर्ता नदिई पीडित बनाई ठगी गरेको र हाल झूटा मुद्दा लगाई थुनामा राखेको हुँदा सम्पूर्ण रकम फिर्ता गरी झूटा मुद्दाबाट सफाइ पाऊँ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाले सडक बन्द भएपछि सुनसान भए होमस्टे

बागलुङ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन्। असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भए...

घर भत्किँदा एकै घरका आठ घाइते

सुर्खेत । जाजरकोटको  छेडागाड नगरपालिका–१२ काँडागाउँमा  घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् ।  घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना...

त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि उठेका पाँच प्रश्न र तिनका उत्तर

काठमाडौं । सौर्य एअरलाइन्सको एउटा विमान बुधवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेर १८ जनाको ज्यान गएपछि...

बेनी-जोमसोम सडक फेरि अवरुद्ध

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएक...

टीआरसी विधेयकमा कार्यदल भेट्ला सहमतिको मिलनबिन्दु ?

काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक आज बस्दैछ। बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बैठक बस...

कीर्तिपुरका नगर प्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।  प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्न...

धादिङमा तीन चितुवा मृत भेटिए

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ। गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा बिहीब...

क्याप्टेन शाक्यको कस्तो छ पछिल्लो स्वास्थ्य अवस्था ?

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।  ...

३३ औँ संस्करणको ओलम्पिकको पेरिसमा आज औपचारिक रुपमा उद्धाटन हुँदै

काठमाडौं । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदैछ।  उद्धघाटन नेपाली समय अनुसार राति...

यी स्थानमा आज भारी वर्षाको पूर्वानुमान

 काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी  प्रदेशका  थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy