Ntc summer Offer
Khabar Dabali १० फाल्गुन २०८० बिहीबार | 22nd February, 2024 Thu
NIMB

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, ठूला कम्पनीको शेयरमा हरियाली

खबरडबली संवाददाता

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो ।

कूल ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर रु दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार भएको छ । 

यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रु सात करोड १९ लाख ९७ हजार दुई सय ३३ र हिमालयन डिस्टिलरी रु छ करोड ७९ लाख छ हजार तीन सय ७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले आठ दशमलब ३७ प्रतिशतले कमाएका छन् । सनराइज फस्ट म्युचुअल फण्ड दुई, ग्लोबल आइएमई बैंकको ऋणपत्र एक दशमलब ९८, लक्ष्मी उन्नती कोष एक दशमलब ६५, लक्ष्मी बैंकको ऋणपत्र एक दशमलब ६५ र आर्दश लघुवित्तका लगानीकर्ताले एक दशमलब २३ प्रतिशतले गुमाएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३४ अर्ब बराबर पुगेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश ...

निर्वाचनपछि गठबन्धन हुनसक्छ तर चुनावमा रुखमै मत हाल्ने वातावरण बनाउँछौँ: महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावमा मतदातालाई रुखमै भोट हाल्ने वातावरण बनाउने बताएको छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम...

कांग्रेस नेता गणेश लामाले अपहरण गरेर फिरौतीवापत २० करोड मागेको आरोप

यस्तो छ घटनाको नालीबेली

रौतहट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार कार्यालयमा बुझायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ ।  मंगलबार प्रहरी ग...

रौतहट प्रहरीले बरामद गरेको अवैध सामान भन्सार कार्यालयमा बुझायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ ।  मंगलबार प्रहरी ग...

सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

बागलुङ । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलाम...

के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ? (पूर्णपाठसहित)

काठमाडौं। राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र...

नेपाल नामिबियासँग लगातार दोस्रो खेलमा पराजित

काठमाडौँ। नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले ...

रौतहटको ईशनाथमा लगाइएको कर्फ्यू ५ दिनपछि हटाइयो

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा गत शनिबारबाट जारी गरिएको कर्फ्यू आदेश बुधबार बेलुका ५ बजेदेखि लागू हुने गरी हटाइएको छ ।  ईशनाथ नगरपालिका–७ स्थित ...

राजसंस्था पुन:स्थापनासहित ४० बुँदे माग राख्दै राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुन:स्थापनासहित ४० बुँदे माग राख्दै  काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाका प्रवक्ता मो...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies