Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बैंकमा हाम्रो पैसा कति सुरक्षित छ ?

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय इटहरीस्थित एभरेष्ट ब्याङ्कको शाखामा ग्राहकको डेढ करोड रुपैयाँ चोरी भएको घटना चर्चामा छ। तेत्तीसजना बचतकर्ताको रकम हिनामिना भएको भन्दै प्रहरीले ब्याङ्कका शाखा प्रबन्धकसहित सातजना कर्मचारीलाई पक्राउ गरेको बताइएको छ।

कर्मचारीबाहेक बाँकी दुई जनामाथि पनि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। रकम हिनामिना भएको थाहा पाएपछि केही सेवाग्राहीले ब्याङ्कलाई खबर गरेका थिए। लगत्तै ब्याङ्कले प्रहरी कार्यालयमा आफ्नै कर्मचारीविरुद्ध जाहेरी दिएको बताइएको छ।

“ब्याङ्कले सेवाग्राहीको रकम पूर्ति गरिसक्यो। तर ठगीको आरोप लागेका सबैमाथि अनुसन्धान जारी छ,” जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले भने।

यो घटनाबारे टिकटकलगायत सञ्जालहरूमा मिथ्या सूचना र मानहानि हुने किसिमका जानकारीसमेत प्रवाह भएको उनले बताए। त्यस्ता सूचना फैलाउने व्यक्ति तथा खाताविरुद्ध साइबर अपराधमा उजुरी परेको राईले बताए।

त्यस्तै एकजना बचतकर्ताले रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित माछापुच्छ्रे ब्याङ्कबाट आफ्नो ९ लाख रुपैयाँ चोरी भएको पनि बताएका छन्। रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले हालसम्म प्रहरीमा जाहेरी नदिइए पनि प्रहरी र ब्याङ्कसँगको समन्वयमा छानबिन अगाडि बढाइएको बताएका छन्।

“औपचारिक जाहेरी नपरे पनि सार्वजनिक सूचनामा आएको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। ब्याङ्कलाई प्रश्न गरेका छौँ। विभिन्न ब्याङ्कका एटीएममार्फत् उक्त रकम निकालिएको भनिएको छ। के भएको रहेछ थप बुझ्दैछौँ,” उनले भने।

यस घटनामा ब्याङ्कको कर्मचारी वा अन्य जो कोहीको गल्ती देखिए सोहीअनुरूप कारबाही हुने उनले बताए। अहिले माछापुच्छ्रे ब्याङ्कका प्रमुख कार्यालय र सम्बन्धित अधिकारीहरूबीच छलफल भइरहेको मिश्रले बताए।

यी दुई घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालहरूमा विभिन्न ब्याङ्कका सेवाग्राही/निक्षेपकर्ताहरूले ब्याङ्कमा आफ्नो रकमको सुरक्षाबारे संशय व्यक्त गरेका छन्।

घटनालाई लिएर कतिपयले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् भने कतिपयले आक्रोश पोखेका छन्। यद्यपि ब्याङ्कको निक्षेप सुरक्षाबारे चिन्तित हुन नपर्ने यस क्षेत्रका जानकारहरू बताउँछन्।

पैसा गुम्ने डर 

ब्याङ्कमा राखेको निक्षेप शतप्रतिशत सुरक्षित हुने बताउँछन् नेपाल ब्याङ्कर्स सङ्घका पूर्वअध्यक्ष तथा नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना।

पछिल्लो समय प्रविधिको दुरुपयोग या ह्याक गरेर रकम चोरी हुने घटना सतहमा आएका छन्। यद्यपि त्यसरी नोक्सान भएको खण्डमा ब्याङ्क नै जिम्मेवार हुने उनले बताए।

“साइबर हमला वा ह्याकिङजस्तो घटनाबाट हुने नोक्सान ब्याङ्कले बेहोरेर निक्षेपकर्ताको रकम सुरक्षित राख्छ। त्यसैले जुनसुकै ब्याङ्कको हकमा पनि निक्षेपकर्ता डराउनुपर्ने अवस्था छैन,” उनले प्रस्ट्याए। रकम हिनामिनाको घटनामा ब्याङ्क नै जिम्मेवार हुने भए पनि सेवाग्राही समेत सजग रहनुपर्ने जानकारहरू बताउँछन्।

“निक्षेपकर्ताहरूमा वित्तीय साक्षरता कम भएको देखिन्छ। ह्याकरहरूले फोन गरेर ‘तपाईँको खाता व्यवस्थापन गर्नुपर्‍यो खाता नम्बर कति हो, पिन वा पासवर्ड के हो’ भनेर सोध्दा केहीले खुरुखुरु भनिदिनुहुँदो रहेछ। त्यस्तो अवस्थामा उहाँहरू पनि जागरूक हुनुपर्ने देखिन्छ,” ढुङ्गानाले भने।

ब्याङ्कबाट कहिल्यै कसैसँग पनि पासवर्ड, पिन वा ओटीपीलगायत विवरण नमाग्ने बताइन्छ। ब्याङ्कबाट चोरीको घटना सार्वजनिक हुँदा सेवाग्राहीले प्रणालीको सुरक्षामाथि प्रश्न गर्नु स्वाभाविक भए पनि “आत्तिनुको साटो सजग हुनुपर्ने” उनको सुझाव छ।

ब्याङ्किङ प्रणाली कति सुरक्षित?

नेपालमा प्रणाली नै ह्याक हुने सम्भावना एकदमै न्यून रहेको दाबी गर्छन् नेपाल राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायणप्रसाद पोख्रेल। उनका अनुसार देशमा ब्याङ्कहरूले “अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने प्रणाली” सञ्चालनमा ल्याएका छन्।

“हामीले ब्याङ्किङ प्रणाली सुरक्षित राख्न पैसामा सम्झौता गरेका छैनौँ। गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा बलियो भनिएका प्रणाली प्रयोगमा ल्याएका छौँ,” उनले थप जानकारी दिए।

त्यसैले नेपालका क, ख र ग वर्गका ब्याङ्कहरूले सेवाको गुणस्तर सुनिश्चित गर्न त्यस्तो प्रणालीमा जोड दिएको उनले बताए। ह्याकिङको जोखिम कम भए पनि बेलाबखत ब्याङ्कबाटै रकम हिनामिना हुनुलाई उनी मानवीय त्रुटिको सङ्ज्ञा दिन्छन्।

“ब्याङ्कबाट रकम ठगीको घटना प्राविधिक कमजोरीका कारण नभई मानवीय त्रुटि वा योजनाबद्ध ढङ्गमा भएको पाइन्छ,” पोख्रेलले थप प्रस्ट्याए। नेपालमा ब्याङ्कलगायत र अन्य वित्तीय संस्थाहरूको नियमन गर्ने राष्ट्र ब्याङ्कले नै यस्ता घटनामाथि छानबिन गर्छ।

कसलाई कस्तो असर?

निक्षेपकर्ताको रकम पूर्ति ब्याङ्ककै जिम्मेवारी हुने सह प्रवक्ता पोख्रेलको भनाइ छ। त्यसैले ब्याङ्ककै कर्मचारीको कमजोरी या मिलेमतोमा रकम हिनामिना भएको खण्डमा त्यसको असर सम्बन्धित ब्याङ्कलाई नै पर्ने उनी बताउँछन्।

“ब्याङ्किङ क्षेत्र भनेकै आममानिसको गोपनीयता र विश्वाससँग जोडिएको विषय हो। त्यसैले उसको साख गिरेपछि कतिपय अवस्थामा ब्याङ्क नै नरहने अवस्था पनि आउन सक्छ,” उनले भने।

त्यस्तो हुन नदिन व्यवस्थापकीय निकायले उचित नियमन गर्नुपर्ने र ब्याङ्कको लेखालगायत अन्य समितिहरू सतर्क रहनुपर्ने जानकारहरू बताउँछन्।

घटनामा व्यवस्थापकीय पक्षकै कमजोरी देखिए त्यस घटनामाथि राष्ट्र ब्याङ्कले नियन्त्रण गर्छ र कामकारबाही अघि बढाउँछ। ब्याङ्कबाट ठगीको घटनाले आम मानिसको विश्वास गुम्ने, पब्लिक सेअर होल्डर प्रभावित हुने र बोर्डका सदस्यहरूलाई असर पर्ने बताइन्छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending