काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा नेपालको आकाशलाई हवाई सुरक्षा सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिए ।
युरोपेली सङ्घ (इयू) ले नेपाललाई विगत ११ वर्षदेखि हवाई सुरक्षा सूचिमा राखेको छ । इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै उडान सुरक्षा सूचीमा राखेको हो ।
सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।
नेपालले हवाई सूरक्षामा गरेको प्रगतिलाई लिएर इयूसँग प्रतिवन्ध फुकुवाका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । आइकाओको पछिल्लो ‘अडिट’ले नेपालको हवाई क्षेत्रमा उल्लेख्य प्रगति भएको देखाएको छ ।
उडान सुरक्षा अडिटमा विश्वको औसत उडान सुरक्षा दर ६७ र एशिया प्यासिफिक दर ६३ प्रतिशत रहेको सन्दर्भमा नेपालले हवाई उडानको इतिहासमै पहिलो पटक ७० दशमलव एक प्रतिशत अङ्क प्राप्त गरेको छ जुन एशिया र विश्वको औसत अङ्क हवाई सुरक्षा तथा नियमनमा नेपालले गरेको प्रतिफल भएको प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले अष्ट्रेलियाको सिड्नीमा सिधा उडानका लागि प्रक्रिया थालेको सन्दर्भमा यो भेटलाई निकै चासोका साथ हेरिएको छ । वायुसेवा निगमले बेलायतको लण्डनमा विगतमा सिधा उडान गरेको थियो ।
यस्तै भुतपूर्वगोर्खा सैनिकको समस्या दुई देशबीचको सवाल भएकोले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - १७:५४
काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्...
चैत्र १६ गते, २०८२ - १७:२१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...
चैत्र १६ गते, २०८२ - १७:११
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाध...
चैत्र १६ गते, २०८२ - १७:०३
काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति...
चैत्र १६ गते, २०८२ - १६:५४
काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उ...
चैत्र १६ गते, २०८२ - १६:४८
काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग ग...
चैत्र १६ गते, २०८२ - १६:३८
काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पा...
चैत्र १६ गते, २०८२ - १६:३०
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठक बालेन शाह नेतृत्वमा बसेको दोस्रो ब...
चैत्र १६ गते, २०८२ - १६:२१
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...
चैत्र १६ गते, २०८२ - १६:०६
काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...


प्रतिकृया लेख्नुहोस्: