Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

राष्ट्रिय ललितकला उत्सव : यसपटक दुई ठाउँमा चित्र प्रदर्शनी

खबरडबली संवाददाता

काठमाडौँ । यही जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि सुरु हुन लागेको ललितकला क्षेत्रको महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ मा समावेश सिर्जना यसपटक दुई स्थानमा प्रदर्शन हुने भएको छ ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का अनुसार यसपटक नक्सालस्थित प्रतिष्ठान कार्यालय नक्सालको बालमन्दिरस्थित प्रदर्शनीस्थल र नेपाल कला परिषद् (आर्ट काउन्सिल) मा प्रदर्शन गर्ने निर्णय भएको छ ।

प्रदर्शनीको तयारी तीव्ररुपमा भइरहेको र आवश्यक सिर्जना छनोट सकिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रम संयोजक नादरमणि हार्तम्छालीले जानकारी दिए । यसपटक ‘म मेरो देश र मेरो सिर्जना’ विषयमा आधारित रहेर कला प्रदर्शनी गरिनेछ । नेपाल कला परिषदमा हुने प्रदर्शनीमा लोक तथा परम्परागत चित्रकलासँग सम्बन्धित सिर्जना प्रदर्शनी हुने प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को कार्यकारी समितिका संयोजक लालकाजी लामाले बताए ।

उनका अनुसार प्रदर्शनी अवधिमा साँझको समयमा परिषद्मा शास्त्रीय सङ्गीतसमेत प्रस्तुत हुनेछ । हरेक वर्ष वैशाख २ गतेबाट सुरु हुने गरिएकोमा यसपालीबाट उक्त प्रदर्शनी जेठ १५ गते गणतन्त्र दिवसकै अवसर पारेर सुरुवात गर्न लागिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिए । उनका अनुसार यसरी जेठ १५ बाट प्रदर्शनी सुरु गर्ने यो पहिलो अभ्यास हुनेछ । यसपटक जेठ १५ देखि ३० गतेसम्म १५ दिन मात्रै प्रदर्शनी हुनेछ । प्रदर्शनीको कार्यकारी समितिका संयोजक, लामाका अनुसार यसपटक प्रदर्शनीमा सर्वाधिक सात सय ८२ वटा कलाकृति छनोट भएका छन् । त्यसमा ८२ वटा कृति भने अप्रतियोगी छन् ।

यसपटक  सद्भावना दूतसम्मान र कला प्रवद्र्धन सम्मान थप गरिएको छ । यस्तै दुई विधामा समीक्षा लेखन प्रतियोगिता पनि आयोजना हुनेछ । यस्तै प्रदर्शनीबारेमा उत्कृष्ट लेख तथा समाचार लेख्ने पाँच जनालाई समेत पुरस्कृत गरिनेछ । 

यसपटकको प्रदर्शनीका समयमा कला गोष्ठीसमेत आयोजना गरिनेछ । कलालाई व्यवसायसँग जोड्नुपर्छ भनेर यसपटक व्यावसायिक दृष्टिकोणबाट विभिन्न उच्च पदस्थ व्यक्ति तथा राजदूतावासका प्रतिनिधिको भ्रमण गराउने योजनासमेत अघि सारिएको लामाले बताए । यसका साथै विगतका प्रतियोगितात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदर्शनीले ललितकला विकास तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वस गरिएको छ । यसले नयाँ कलाकारलाई सिक्ने र सिकाउने अवसर पनि प्रदान गर्नेछ । 

यस्ता प्रदर्शनीले मुलुकको मौलिक पहिचानलाई विश्वसामु पुर्याउनसमेत सहभोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगितातमक कार्यक्रमले कलाकारलाई कलाकृतिमा निखारता ल्याउनसमेत हौसला प्राप्त हुने उनले बताए ।

विधागत प्रदर्शनी र प्रतियोगिता

प्रदर्शनीमा परम्परागत चित्रकला (पौभा, थाङ्का) आधुनिक चित्रकला ९चित्र तथा मुद्रणकला०, परम्परागत मूर्तिकला, लोककला ९विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीय कला०, हस्तकला/शिल्पकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलालगायतका विधाका कलाकृति सहभागी गराइएको छ । साथै     अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन तथा भावभङ्गीमा कला, ग्राफिक्स कम्युनिकेशन, सिर्जनात्मक छवीकला तथा भिडियोकला पनि समावेश हुने छ । 

यसरी प्रदर्शनीमा समावेश कलाकृतिमध्ये उत्कृष्ट कृतिलाई विधागत र प्रादेशिक रुपमा पुरस्कार प्रदान गरिने नाफाले जनाएको छ । एक जना कलाकारले बढीमा तीन पटकसम्म ललितकला पुरस्कार प्राप्त गर्ने छन् भने तीन पटक एउटै विधामा पुरस्कार पाएमा त्यस्तो कलाकारलाई स्वर्णपदक प्रदान गरिने जनाइएको छ ।  विधागत रुपमा उत्कृष्ट छनोट भएका कलाकारलाई रु ६० हजारका दरले पुरस्कार प्रदान गरिनेछ भने ललितकला विशेष पुरस्कार प्राप्त गर्ने कलाकारलाई रु २५ हजार प्रदान गरिनेछ । 

यस्तै हरेक प्रदेशबाट एक/एक जना पर्ने गरी प्रादेशिक पुरस्कार दिइने र उक्त पुरस्कारको राशी पनि रु २५ हजार नै रहने जनाइएको छ । प्रदर्शनीका अवसरमा कला लेखक र कला पत्रकारलाई पुरस्कृति गरिनेछ । दुई जना विशिष्ट कलाकारलाई एक/एक लाख राशीको अरनिको सम्मान प्रदान गरिनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्...

महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले गर्याे अस्वीकार

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...

ओलीलाई रिहा गर्न अदालतको अस्वीकार, कारण देखाऊ आदेश जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाध...

छात्रावृत्ति रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति...

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उ...

अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न प्रधानमन्त्रीसँग एमाले सांसदहरुको माग

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग ग...

ज्यान मार्ने धम्की दिनेमाथी हर्क साम्पाङले दिए प्रहरी साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पा...

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठक बालेन शाह नेतृत्वमा बसेको दोस्रो ब...

ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्ज पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...

अर्थ मन्त्रालयले एकैपटक गर्याे ३० उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending