Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

खबरडवली संवाददाता
काठमाडौं । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न सकिने भए पनि आवश्यक परेमा प्रिन्ट गर्न सकिने छ । यसअघि अनलाइनबाट आवेदन दिन पाइने व्यवस्था भए पनि एनओसी लिन सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा पुग्नुपथ्र्यो । शाखामा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यसको सुरुवात गरे । उनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विक्रम भट्टराईलाई प्रमाणपत्र प्रदान गरेका थिए ।  एनओसी लिन चाहने विद्यार्थीले उक्त कार्यालयको वेबसाइटमार्फत आवेदन तथा कागजपत्र पेस गर्नुपर्ने हुन्छ । पेस गरिएका विवरण तथा कागजपत्रको सत्यापन गरिएपछि आवेदकले सो शाखाबाट सन्देश प्राप्त गर्ने छन् । साथमा ‘रिफरेन्स’ नम्बर पनि उपलब्ध गराइन्छ । सोही नम्बरका आधारमा आवेदकले वैदेशिक मुद्रा सटही गर्न पाउनेछन् भने अध्यागमन कार्यालयमा पनि सोही नम्बर देखाए पुग्छ । एनओसीका लागि दस्तुर पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था रहेको छ । शाखाका उपसचिव वासुदेव वस्तीले विद्यार्थीलाई प्रदान गरिएको एनओसीमा शङ्का लागेमा बैङ्क तथा अध्यागमन कार्यालयले रेफरेन्स नम्बर सफ्टवेयरमा प्रवेश गराएर आवश्यक विवरण परीक्षण गर्नसक्ने बताए  ।  तत्कालका लागि यस्तो सुविधा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले मात्रै लिन सक्ने छन् किनकि एनओसी शाखाले पहिलो चरणमा बोर्डको सफ्टवेयरसँग मात्रै आफ्नो सफ्टवेयर ‘इन्ट्रिग्रेसन’ गराएको छ । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार वैदेशिक शिक्षामा जान चाहनेमध्ये ६० प्रतिशत विद्यार्थीलाई कक्षा १२ को उत्तीर्णपछि जाने गरेका छन् ।  विभिन्न विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेका र सोभन्दा माथिल्लो तहको अध्ययनमा विदेश जान चाहने विद्यार्थीले भने भौतिक रूपमै उपस्थित भएर सक्कली कागजपत्र देखाउनुपर्ने हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending