काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पक्राउ परेका बिचौलियाले पैसा बुझाएको बयान दिएपछि एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलविरुद्ध पनि प्रहरीले प्रमाण जुटाउँदै छ । पक्राउ पुर्जी जारी भएपछि उनका छोरा प्रतीक फरार भइसकेका छन् ।
पक्राउ पुर्जी जारी भएपछि फरार रायमाझी ११औँ दिन आइतबार काठमाडौंको बुढानीलकण्ठबाट समातिएका हुन् । प्रहरीकै ‘सहयोग’मा २१ वैशाखदेखि फरार उनी अहिलेसम्म भारतमा लुकेका थिए । नयाँदिल्लीबाट पोखरा हुँदै काठमाडौं फर्किएको भोलिपल्टै रायमाझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढानीलकण्ठस्थित नारायण पौडेलको घरबाट पक्राउ गरिएको प्रहरी मुचुल्कामा छ ।
अर्घाखाँचीका पौडेल रायमाझीका निकट कार्यकर्ता हुन् । पक्राउ गर्न भारतमै प्रहरी टोली आएको जानकारी पाएपछि रायमाझी शुक्रबार मात्र नेपाल आएको र पछ्याउँदै पक्राउ गरिएको प्रहरी दाबी छ ।
प्रहरी स्रोतका अनुसार एमाले उपाध्यक्ष बादलका छोरा प्रतीकको ठगीमा संलग्नता पुष्टि भइसकेको छ । प्रहरीले शुक्रबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको सुइँको पाएपछि प्रतीक फरार भएका थिए ।
बादलको हकमा स्वतन्त्र प्रमाण स्थापित भइनसकेको प्रहरीले जनाएको छ । तर, गत मंगलबार पक्राउ परेका रामशरण केसीको बयानबाट उनको संलग्नता पुष्टि गर्न सकिने प्रहरीको आशा छ । सानु भण्डारीले जस्तै केसीले पनि प्रतीकलाई पैसा बुझाएको बताएका छन् । दुवैको बयानमा प्रतीकको सहयोगबारे एउटै विवरण आएपछि उनको संलग्नतामा प्रहरी विश्वस्त भएको हो । बाबुकै सहमतिमा प्रतीकले रकम बुझेको हुन सक्ने आशंका छ ।बादल गृहमन्त्री हुँदा उनी स्वकीय सचिव थिए ।
बादल गृहमन्त्री हुँदा बिचौलियाको स्वार्थअनुसार भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि कार्यदल गठन भएको थियो । त्यसको निर्णय उनले ३० जेठ ०७६ मा गरेका थिए । कार्यदल गठन गरेलगत्तै त्यसैलाई देखाएर बिचौलिया समूहले करोडौँ पैसा उठाएको थियो ।
कार्यदल गठनको औचित्यमै प्रश्न उठेको छ । हाल पक्राउ परेका बिचौलिया सानु भण्डारीले नै आफूनिकट ललितपुरका गणेश केसीलाई सो कार्यदलमा नियुक्ति दिलाएको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ ।
त्यस्तै, बादल गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईले त साढे पाँच करोड लिएको प्रमाण भेटिएका छन् । ‘मन्त्रीलगायतलाई मिलाउन’ भन्दै उनले पैसा उठाएका थिए । तर, राईले भने बयानको क्रममा पैसा लिएकोदेखि सबै इन्कार गरेका छन् ।
अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘एकातर्फ सल्लाहकारकै सल्लाहअनुसार कार्यदल गठन गर्नु, अर्कोतर्फ छोरासमेतको मिलेमतो देखिएपछि बादलमाथि अनुसन्धान सोझिनु स्वाभाविक हो ।’ कार्यदलले प्रतिवेदन तयार गरेको एक महिना नबित्दै बादलले कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा लगेका थिए । यद्यपि, १५ महिनापछि मात्र त्यसलाई कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।
गृह मन्त्रालयका त्यतिवेलाका सचिव प्रेमकुमार राई र महेश्वर न्यौपानेले पनि आफूहरूलाई सघाएको बिचौलियाको बयान छ । तर, बलियो प्रमाण भने भेटिएको छैन । त्यस्तै, कांग्रेस नेतृद्वय आरजु देउवा र मञ्जु खाण पनि मुछिएपछि प्रमाण जुटाउन प्रहरीलाई सकस परेको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: